मैथिल ब्राह्रमण समाज सुगाले तिन वृद्धालाई गरे सम्मान

तिन वृद्धालाई सम्मानीत गरियो
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २३ गते । मैथिल ब्राह्रमण समाज सुगाले एक समारोहकाबीच तिन वृद्धालाई दोसल्ला ओढेर सम्मानित गरेको छ ।
समाजले दोस्रो वार्षिकोत्सव तथा साधारणसभामा सुगाका वृद्धा चुल्हीया देवी झा, सोनदाई झा, जननी झालाई दोसल्ला ओढाएर सम्मानित गरेको हो ।

समाजका अध्यक्ष शम्भुचन्द्र झा तथा कार्यक्रमका प्रमुख अतिथी डा.रामचन्द्र झाले वृद्धवृद्धाहरुलाई आदर गर्नुपर्ने तथा उनीहरुको अनुभवलाई समाजमा लागुगर्नुपर्ने दायित्वका साथ उहाँहरुलाई सम्मान गर्नुभएको हो ।
सो अवसरमा प्रमुख अतिथी डा.रामचन्द्र झाले जातिय उत्थान, संरक्षण, संर्वद्धनका साथसाथै गाउँसमाज प्रति यस संस्थाको ठुलो योगदान गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुदै अहिलेको समयमा सबैलाई संगठित हुन आग्रह गर्नुभयो ।

उहाँले शिक्षा, जनचेतना, सीप लगायतका कामहरु मिथिलानी (मिथिलाका महिला)हरुको लागि अति जरुरी रहेको बताउनुहुदै समाजले यसक्षेत्रमा पनि काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
सो अवसरमा पत्रकार कृष्णचन्द्र झा, राकेशप्रसाद चौधरी, रत्नेश्वर झासहित गाउँका भद्रभलादमीहरुले समाजले गाउँमा गरेको कार्यको प्रशंसा गर्नुहुदै अझ यसक्षेत्रमा काम गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभएको थियो ।
कार्यक्रममा समाजका अध्यक्ष शम्भुचन्द्र झाले विगतको आयव्यय सार्वजनिक गर्नुहुदै आगामी योजनाबारे जानकारी दिनुभएको थियो ।