Sunday, September 27, 2015

भट्टराईको राजिनामा छलावा ः महेन्द्र राय यादव

भट्टराईको राजिनामा छलावा ः महेन्द्र राय यादव
महोत्तरी समाचारदाता
जलेश्वर, असोज १० गते । तराई मधेश सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष महेन्द्र राय यादवले डा.बाबुराम भट्टराईले पार्टीबाट दिनुभएको राजिनामा छलावा भएको वताउनुहुदै मधेशमा कुनै पनि हालतमा स्वागत नगरिने वताउनुभएको छ ।
महोत्तरी जिल्लाको मुख्य सिमानाका भिठामोडमा धर्ना दिन आउनुभएका बेला पत्रकारहरुसंगको कुराकानीमा अध्यक्ष यादवले डा. भट्टराईले नयाँ पार्टी खोल्न एमाओवादी छाडेको स्पष्ट गर्नुभयो ।

पार्टी छोडेर आए डा.भट्टराईलाई मधेशमा स्वागत गछौं मोर्चाले भनेकोमा अब के स्वागत गर्नुहुन्छ त ? भन्ने पत्रकारहरुको प्रश्नमा उहाँले मधेशसंग धोका गरेकोलाई कुनै पनि हालतमा स्वागत नगरिने वताउनुभयो । उहाँले सम्वाद समितिको संयोजक भएपनि मधेशको लागि केही नगरेको भन्नुहुदै उहाँले संविधान जारी भन्दा पहिला नै संविधानसभा छोडेर आएको भए स्वागत गथ्यौं स्पष्ट गर्नुभयो ।
सरकारलाई झुकाउन नेपालमा दुईवटा अस्त्र रहेको र हामीहरु अहिले दुइटै अस्त्रको प्रयोग गरिरहेको वताउनुहुदै अध्यक्ष यादवले अब केही दिन भित्रै नेपाल सरकार झुकेर आफुहरुको माँग सम्बोधन गर्ने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालको मुख्य मुटु सिमानाका र राजमार्ग छ, हामी दुवैलाई अब बन्द गरेर सरकारलाई माँग पुरा गराउन विवश बनाउँछौं ।’
असोज १४ गते राजमार्गमा प्रर्दशन गरिने कार्यक्रम रहेको जानकारी दिनुहुदै सो कार्यक्रममा बढी भन्दा बढी उपस्थितीको लागि कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । बन्द भएपनि राजमार्गमा स्कटिंग गरी सवारीसाधन आवागमन भईरहेकोले त्यसलाई ठप्प बनाउने उहाँले स्पष्ट गर्नुभयो ।
अधिकारसम्पन्न संघीयता सहितको मधेश नलिइकन यो आन्दोलन नरोकिने चेतावनी दिनुहुदै मधेश आन्दोलनमा शहादत दिएकाहरुको शहादत खेर नजाने दावी समेत गर्नुभयो ।
उहाँले पहाडको आन्दोलनमा पानीको फोहरा तथा तराईमा आन्दोलन हुँदा गोली बर्षाउने सरकारको द्धैध चरित्र रहेको वताउनुहुदै अहिलेको आन्दोलन अन्तिम र निर्णायक हुने दावी समेत गर्नुभयो ।
सिमानाका ठप्प संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले गरे पनि नेपालका शासकहरुले भारतलाई वदनाम गराउन भारतले नाकावन्दी गरेको गलत, भ्रामक समाचारहरु बाहिर ल्याएको बताउनुहुदै नेपाली मिडियालाई यसबाट सजग र सचेत हुन उहाँले आग्रह समेत गर्नुभयो ।
सो अवसरमा तमसपाका राष्ट्रिय उपाध्यक्ष रानी शर्मासहित जिल्लाका विभिन्न पार्टीका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष र कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
जिल्लाको तिनवटा नाकामा संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले सिमानाका ठप्प पारेका छन् । जिल्लाको मुख्य नाका भिठामोड, मटिहानी र सम्सीमा मोर्चाका कार्यकर्ताहरु धर्नामा बसेर कुनै पनि सामग्रीहरु आउन दिएका छैनन् ।

No comments:

Post a Comment