जलेश्वरमा कालो झण्डासहित विरोध ¥याली, सुरक्षाको कारण बोर्डर बन्द
महोत्तरी समाचारदाता
जलेश्वर, असोज ३ गते । सरकारले तराई मधेशको भावना बिपरीत संविधान जारी गरिरहेको विरोधमा जिल्लाको सदरमुकाम सहित विभिन्न गाउँहरुमा कालोझण्डा सहितविरोध प्रर्दशन गरिएको छ ।
संविधान जारीको विरोधमा सदरमुकाम जलेश्वरमा चारसय भन्दा बढीको संख्यामा विशाल मोटरसाइकल ¥याली निकालिएको छ ।
जिल्लाको पडौल, बलवा, सरपल्लो, बन्चौरी, हरिगोरगम्मा, धमौरा, तिलगढ, बनौटा, जलेश्वरसहित विभिन्न गाविसबाट सयौंको मोटरसाइकलमा आएको आन्दोलनकारीहरुले मुखमा कालोपट्टी बाँधेर सदरमुकाम जलेश्वरमा प्रर्दशन गरेका थिए ।
जिल्ला शिक्षा कार्यालयबाट शुरु भएको सो मोटरसाइकल जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः शिक्षा कार्यालयमा पुगेर सम्पन्न भएको थियो ।
संविधान जारीको विरोधमा सदरमुकाम जलेश्वरसहित जिल्लाको विभिन्न गाउँको हरेक घर घरमा कालो झण्डा गाडिएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाको सदरमुकाम जलेश्वरमा लगाउने गरेको कफ्र्यु आइतबार साँझ ८ बजेसम्मको लागि हटाएपनि रेडक्रसदेखि खैराचोक तथा जिल्ला प्रहरी कार्यालयदेखि ५ सय मिटरसम्मको क्षेत्रमा भने निषेधाज्ञा जारी गरेको थियो ।
यसैबीच, मधेशको जिल्लामा कालो दिन मनाइरहेको भन्दै सिमाक्षेत्र बन्द गरिएको छ ।
सुरक्षाको कारण देखाउदै सिमानाका भिठामोडमा भारतीय सुरक्षाकर्मीले बोर्डर बन्द गरेको हो ।