जलेश्वरमा संविधानको प्रतिलिपी जलाइयो, मधेशको माग सम्बोधन नभएकोमा एकद्वारा आत्महत्या
महोत्तरी, ४ आश्विन ।
महोत्तरी जिल्लामा भएको बिभिन्न आन्दोलनकै इतिहासमा पहिलोचोटी सदरमुकाम जलेश्वरमा हजारौं आन्दोलनकारी सडकमा उत्रिएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतका सम्पुर्ण मधेशवादीदलहरुले आइतबार साँझ जारी भएको संविधानको विरोधमा सोमबार निकालिएको जुलुसमा २० हजार भन्दा बढीको सहभागिता रह्यो । जलेश्वर क्याम्पसबाट शुुरु भएको सो जुलुस महालिङ्ग मन्दिर, दुर्गा चोक, हुदै बुद्धिजिवी चोकमा आएर नेपालको संबिधान २०७२ को प्रतिलिपी तथा तीनदलका शिर्षनेताहरुको पुतला दहन गरेका थिए ।
त्यस्तै जिल्लाको विभिन्न गाउँ विकास समितिका एक हजार भन्दा बढीले मोटरसाइकलसहितको जुलुस निकाल्नुका साथै केही अज्ञात व्यक्तिको समुहले महोत्तरी क्षेत्र नं. ६ का सभासद सिताराम भण्डारीको निजी निवास भरतपुरमा रहेको पुख्र्यौली घरमा आगजनी गरे । केही बर्ष अगाडिदेखि भण्डारीका परिवार राजधानीमा बस्दै आएकोले घर सुनसान रहदै आएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
यसैबीच संविधानमा मधेशको माग नसमेटिएको भन्दै गौशाला नगरपालिका ५ रजखोरका रामप्रदिप महतोले आत्महत्या गरेका छन् ।
महतोलाई शहीद घोषणा गर्नुपर्ने भन्दै जलेश्वरमा आयोजित बिरोध जुलुसमा मोर्चाले माग गरे । महतोले आइतबारराति गाँउको छेउमा रहेको आँपको रुखमा आफ्नै गमछाले पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । उनलाई शहीद घोषणा नगरिएसम्म जिल्ला अस्पतालबाट शव नउठाउने संयुक्त मधेशी मोर्चाका सम्वाद समितिका संयोजक लालबाबु यादवले बताए ।
महोत्तरी, ४ आश्विन ।
महोत्तरी जिल्लामा भएको बिभिन्न आन्दोलनकै इतिहासमा पहिलोचोटी सदरमुकाम जलेश्वरमा हजारौं आन्दोलनकारी सडकमा उत्रिएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतका सम्पुर्ण मधेशवादीदलहरुले आइतबार साँझ जारी भएको संविधानको विरोधमा सोमबार निकालिएको जुलुसमा २० हजार भन्दा बढीको सहभागिता रह्यो । जलेश्वर क्याम्पसबाट शुुरु भएको सो जुलुस महालिङ्ग मन्दिर, दुर्गा चोक, हुदै बुद्धिजिवी चोकमा आएर नेपालको संबिधान २०७२ को प्रतिलिपी तथा तीनदलका शिर्षनेताहरुको पुतला दहन गरेका थिए ।
त्यस्तै जिल्लाको विभिन्न गाउँ विकास समितिका एक हजार भन्दा बढीले मोटरसाइकलसहितको जुलुस निकाल्नुका साथै केही अज्ञात व्यक्तिको समुहले महोत्तरी क्षेत्र नं. ६ का सभासद सिताराम भण्डारीको निजी निवास भरतपुरमा रहेको पुख्र्यौली घरमा आगजनी गरे । केही बर्ष अगाडिदेखि भण्डारीका परिवार राजधानीमा बस्दै आएकोले घर सुनसान रहदै आएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
यसैबीच संविधानमा मधेशको माग नसमेटिएको भन्दै गौशाला नगरपालिका ५ रजखोरका रामप्रदिप महतोले आत्महत्या गरेका छन् ।
रामप्रदिप महतो |