गुठीको जग्गामा अतिक्रम हुँदै
२०६७ - माघ - २१
लक्ष्मी सापकोटा/राजधानी
काठमाडौं, २१ माघ
गुठीको जग्गामा अतिक्रमण बढ्न थालेको छ । मुलुकका विभिन्न जिल्लामा धार्मिक तर्ीथस्थलका रूपमा रहेको गुठीको जग्गामा बाली लगाउने र घर बनाइ मानिस बसोवास गर्न थालेपछि दैनिक रूपमा अतिक्रमण बढ्दै गएको हो ।
उपत्यकालगायतका तर्राईका विभिन्न जिल्लामा बढी मात्रामा जग्गाको अतिक्रमण हुने गरेको गुठी संस्थानले जनाएको छ ।
गुठी स्ांस्थानका सह-प्रशासक हेमराज सुवेदी सरकारले धार्मिक तर्ीथ स्थलका रूपमा राखेका गुठीमा केही समययता अतिक्रमण बढ्दै गएपछि त्यसलाई व्यवस्थापन गर्न समस्या परेको बताए । संस्थान एक्लैले व्यवस्थापन गर्न नसक्ने भन्दै प्रशासक सुवेदीले भने, 'सरकारी तवरबाट यसलाई नियन्त्रण गर्न विशेष कार्यक्रम सञ्चालन गर्नर्ुपर्छ ।'
सरकारले यसलाई व्यवस्थापन गर्न छलफल गरिरहे पनि अहिलेसम्म कुनै निचोड नआउँदा गुठीको जग्गा दैनिक रूपमा दुरुपयोग हुँदै गएको उनले बताए । विशेषगरी जनकपुर, धनुषा, महोत्तरी, बारा, पर्सर्ााकाठमाडौं र दाङमा बढी मात्रामा जग्गाको अतिक्रम भएको संस्थानले जनाएको छ । विभिन्न जिल्लामा गुठीको जग्गामा लगाइएको खाद्यान्न-बाली संस्थानलाई नदिइ आफंै उपभोगसमेत गर्ने गरेको संस्थानले जनाएको । मुलुकभर ६६ हजार तीन सय ३० बिघा र पाँच लाख ६२ हजार रोपनी जग्गा गुठीका नाममा रहेको छ । सुकुम्बासीलगायतका अन्य व्यक्तिबाट समेत जग्गाको अतिक्रमण हुन थालेको संस्थानले जनाएको छ ।
विभिन्न ६८ जिल्लामा गुठीको जग्गा रहेको छ । उपत्यकाको पशुपति मन्दिरवरपरको जग्गासमेत अतिक्रमण हुन थालेको छ । व्यवस्थापिका
संस्ाद्को प्राकृतिक स्रोत र साधन समितिले पाल्पा, दाङ, जनकपुर, महोत्तरी, सिन्धुपाल्चोक र धादिङलगायतका अन्य जिल्लामा रहेको गुठीलाई व्यवस्थित गर्ने अवधारण १५ दिनभित्रमा पेस गर्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको समितिका सचिव रामशरण घिमिरले जानकारी दिए । गुठीको जग्गा मठ, मन्दिर, पाटी, पौवा, चौतारी, धार्मिक स्थलका रूपमा प्रयोग हुँदै आएको छ ।