Mahottari mahasangh

महोत्तरी महासंघमा सर्वसम्मती
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन ४ गते । नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले सर्वसम्मतीबाट अध्यक्षमा हरिप्रसाद मण्डललाई तेस्रो पल्ट चयन गरेको छ ।
जिल्ला शाखाको वुधबार भएको आठौं अधिवेशनले सर्वसम्मतीबाट मण्डलको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको हो ।
सर्वसम्मतीबाट चयन हुनेमा उपाध्यक्षमा कृष्णचन्द्र झा, सचिवमा गोरखापत्रका नागेन्द्रकुमार कर्ण, सहसचिवमा महेशकुमार दास, कोषाध्यषमा कुँवरकान्त झा रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा लक्ष्मी तिवारी, ममता विश्वकर्मा, खुश्वु झा, दिपिका साह, धिरेन्द्र राय र संजीतकुमार मण्डल चयन भएको हो ।
त्यसैगरी केन्द्रीय सभासदमा (पार्षद) चार जना चयन भएको निर्वाचन कमिटिका इश्वरी पौडेलले जानकारी दिनुभयो । सभासदहरुमा कमलेश मण्डल, अजयकुमार सिंह, इश्वरी काँफ्ले र राकेश प्रसाद चौधरी चयन भएको हो ।
बन्द सत्रमा केन्द्रीय प्रतिनिधी शम्भु झाले उहाँहरुले चयन भएको घोषणा गर्नुहुदै प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको नवनिर्मित भवनमा भएको आठौं महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्नुहुदै पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले अहिले पत्रकारहरुले संविधान निर्माणमा दवाव दिनुपर्नेमा जोड दिनुभएको थियो । अध्यक्ष झाले संविधान नबने सम्म शान्ति नहुने र कुनै पनि क्षेत्रको अधिकार नभेटने भएकोले संविधानको लागि दवाव दिनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभएको थियो ।