الثلاثاء، 18 فبراير 2014

खरिदार तयारी कक्षा सकियो


महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा जिल्ला विकास समिति महोत्तरीद्वारा आयोजित महिलाहरुका लागि एक महिने निःशुल्क लोकसेवाको खरिदार तयारी कक्षा सोमबार सम्पन्न भएको छ ।
लोकसेवा आयोगको माध्यमबाट नेपाल सरकारको जागिरमा महिलाको सहभागिता बढाउने उद्देश्यले जिल्ला विकास समिति महोत्तरीले निःशुल्क खरिदार तयारी कक्षा सञ्चालन शुरु गरेको थियो । महिलाहरुको लागि मात्र सञ्चालन भएको सो तयारी कक्षामा ६० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो  ।
जिल्ला विकास समितिले आफ्नो कार्यालयमा रहेको महिला कार्यक्रमको बजेट अन्तर्गत खरिदार तयारी कक्षा सञ्चालन गरेको जनाइएको छ ।


प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा स्थानीय विकास अधिकारी तिर्थराज भट्टराई, लोकसेवा आयोग जनकपुर अंचलका प्रमुख दिनेश साह, महिला तथा बालबालिका कार्यालयका प्रमुख चन्द्रकुमारी व्यञ्जनकार, गाविस हकहित संरक्षण केन्द्रका केन्द्रीय सदस्य राजेशकुमार शर्मा, नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सभापति हरिप्रसाद मण्डल, जिविसका कार्यक्रम अधिकृत शैलेन्द्र पाण्डे, जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर लक्ष्मण सेठ, जिविसका योजना अधिकृत राधेश्याम गिरी सहित सहभागीहरुले यस्ता कार्यक्रमको निरन्तरता दिइनुपर्ने वताएका थिए ।

ليست هناك تعليقات:

إرسال تعليق