थुनिएको सुनकोशी ओभर फ्लो भएर बग्न थाल्यो
२०७१ साउन १७ गते ६:०१ मा प्रकाशित sukoshi-2 १७ साउन, काठमाडौं ।
सिन्धुपाल्चोकको राम्चे ५को जुरेमा चझरेको पहिरोले थुनिएको सुनकोशी नदी बग्न थालेको छ । पानी भरिएपछि पहिरोले थुपारेको माटो र लेदीको एक छेउबाट ओभर फ्लो भएर सुनकोशी बग्न थालेको हो । पानीको बहाव सामान्य नै देखिएको छ । पानी बग्न थालेपछि नेपाली सेनाको टोलीले एउटा बम विस्फोट गराएको छ । पानी बग्न थालेपछि माथिल्लो क्षेत्रको क्षतिको सम्भावना टरेको छ । तर, तर, पानीको बहाव बढेमा भने तल्लो भागमा ठूलो क्षति पुर्याउने अनुमान छ । यसका लागि सम्भावित क्षेत्रका मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको गहृ मन्त्रालयका सहसचिव यादव कोइरालाले जानकारी दिए । सिन्धुपाल्चोक, काभ्रे, उदयपुर, सप्तरी, सुनसरी र ओखलढुंगाको सुनकोशी नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । राति करिव ३ बजेतिर आएको पहिरोले नदी थुनिएको थियो । जसका कारण भोटेकोसी दोभानसम्मको नदी किनार डुवानमा परेको छ । ८० लाख क्यूविक पानी जम्मा भएको अनुमान छ । ८ को मृत्यु उद्दारमा खटिएका सुरक्षाकर्मीहरुका अनुसार अहिलेसम्म पहिरोमा परेका ८ जनाको शव भेटिएको छ भने १६ जनाको उद्दार गरिएको छ । उनीहरुमध्ये चार जनालाई च्यापिएको अवस्थामा उद्दार गरिएका सशस्त्र प्रहरीका एसपी लक्ष्मण सिंहले बताए । उद्दार गरिएका मध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहरुलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । अरनिको राजर्माग अवरुद्ध भएको छ । स्थानीय प्रशासनले धुलिखेलबाट सवारी जान दिएको छैन । प्रधानमन्त्री सुशील कोइरालाले सुनकोशी नदीको बहावलाई सावधानिपूर्वक नियमित गर्न र धनजनको क्षतिबाट बचाउन गृहमन्त्रालयलाई निर्देशन दिएका छन् । अपडेटः सुरक्षित स्थान खोज्दै नदी किनारका बासिन्दा हाम्रा सहकर्मी मात्रिका पौडेलका अनुसार ताल फुटेपछि हुने सम्भावित जोखिमका कारण नदी किनारका बासिन्दा निकै हतास र तनावमा छन् । अचानकको भबितब्यले उनीहरु आफ्नो ज्यान जोगाउने धाउन्नमा छन भने ताल फुटेपछि आउने बाढीले हुने भौतिक क्षतिको चिन्तामा छन् । प्रशासनको आग्रहअनुसार उनीहरु बस्ती खाली गरेर अग्लो स्थानतिर लागिरहेका देखिन्छन् । काभ्रेका पूर्व जिविस सभापति सरेश नेपालका अनुसार खाडीचौर र त्यसमाथिको पाङ्ग्रेटार क्षेत्र उच्च जोखिममा छन् । त्यस क्षेत्रबाट करिव ५ हजार मानिस सुरक्षित स्थानतिर लागेका छन् । यसैगरि बलेसी क्षेत्रका करिव दुई हजार बासिन्दा जोखिममा छन् । उनीहरु पनि सुरक्षित स्थानतिर लाग्दैछन् । पहिरो गएको स्थानभन्दा करिव १८ किलोमिटर तलको तल्लो दोलालघाट खाली भइसक्यो । त्यसबाहेक सुनकोसी किनारका सानातिना बस्ती पनि खाली भइसकेको छ । रामेछापको सिट्खा बजार र वारीपारीको क्षेत्र, सिन्धुुली मुलकोट, झाँगाझोली र खाल्टे, त्रिवेणी, खुर्कोट, सेलेघाट, लुभुघाटका करिव १० हजार मानिस जोखिममा छन् । सिन्धुलाल्चोक क्षेत्र न १ एमाले क्षेत्रीय अध्यक्ष केशव नेपालका अनुसार सुनकोसी पहिरोले करिव ४० घर बगाएको, १० जना मानिस बेपत्ता छन् । sunkosi-10 sunkosi-4 सामाजिक सञ्जालबाट प्राप्त तस्वीरहरूः sunkosi-5 sunkosi-6sunkosi-7 sunkoshi-11sunkoshi-block