महोत्तरी समाचारदाता
जलेश्वर, मङ्सिर २५ गते । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका १६ सुगा स्थित शुक्देव उच्च माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले ६७ औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर शुक्रबार हाजिरी जवाफ प्रतियोगिता गरेका छन् ।
एसएलसीको परिक्षाको तयारीका वावजुद शुक्रबार अतिरिक्त क्रियाक्लाप अन्तर्गत विद्यालयस्तरिय हाजिरी जवाफ प्रतियोगिता गरेका थिए ।
कक्षा ६ देखि कक्षा १० सम्मको विद्यार्थीहरुलाई क देखि घ सम्मको ४ समूहमा राखेर गराईएको सो प्रतियोगितामा ‘ख’ समूहले प्रतियोगिता जितेका थिए ।
प्रतियोगिताका विजयी विद्यार्थीहरु तथा सहभागी विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका सल्लाहकार तथा पूर्व शिक्षा अधिकारी कृष्णचन्द्र झाले मेडल तथा शिल्डसहित पुरस्कृत गर्नुभएको थियो । त्यसैगरी प्रधानाध्यापक कृष्णचन्द्र चौधरी, शिक्षिका मंजु कर्ण, गोरखापत्रका पत्रकार नागेन्द्रकुमार कर्णले समेत सहभागी विद्यार्थीहरुलाई मेडल दिएर पुरस्कृत गर्नुभएको थियो ।
सो अवसरमा प्रधानाध्यापक कृष्णचन्द्र चौधरीले कक्षा ११ र १२ का विद्यार्थीहरुको लागि विद्यालय पोशाक सार्वजनिक गर्नुहुदै छिटै नै सम्पूर्ण विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो ।
प्रतियोगिताको क्रममा विद्यार्थीहरुले नृत्य, गीतहरु समेत प्रस्तुत गर्नुभएको थियो । सो क्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थी बिट्टु पासवानले सम्पूर्णपक्षहरुलाई मानवअधिकारको संरक्षण गर्नुपर्ने वताउनुहुदैं विद्यार्थीको पठनपाठनको वातावरण कायम राख्न आग्रह गर्नुभएको थियो ।
प्रतियोगितामा विद्यालयका शिक्षक, शिक्षिकासहित विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका सल्लाहकार तथा पूर्व शिक्ष अधिकारी कृष्णचन्द्र झा विद्यार्थीलाई मेडल दिनुहुदै |
शिक्षिका मंजु कर्ण विद्यार्थीलाई मेडल दिनुहुदै |
प्रधानाध्यापक कृष्णचन्द्र चौधरी विद्यार्थीलाई मेडल दिनुहुदै |
एसएलसीको परिक्षाको तयारीका वावजुद शुक्रबार अतिरिक्त क्रियाक्लाप अन्तर्गत विद्यालयस्तरिय हाजिरी जवाफ प्रतियोगिता गरेका थिए ।
कक्षा ६ देखि कक्षा १० सम्मको विद्यार्थीहरुलाई क देखि घ सम्मको ४ समूहमा राखेर गराईएको सो प्रतियोगितामा ‘ख’ समूहले प्रतियोगिता जितेका थिए ।
प्रतियोगिताका विजयी विद्यार्थीहरु तथा सहभागी विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितिका सल्लाहकार तथा पूर्व शिक्षा अधिकारी कृष्णचन्द्र झाले मेडल तथा शिल्डसहित पुरस्कृत गर्नुभएको थियो । त्यसैगरी प्रधानाध्यापक कृष्णचन्द्र चौधरी, शिक्षिका मंजु कर्ण, गोरखापत्रका पत्रकार नागेन्द्रकुमार कर्णले समेत सहभागी विद्यार्थीहरुलाई मेडल दिएर पुरस्कृत गर्नुभएको थियो ।
प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका सल्लाहकार तथा पूर्व शिक्ष अधिकारी कृष्णचन्द्र झा विद्यार्थीलाई शिल्ड दिनुहुदै |
सो अवसरमा प्रधानाध्यापक कृष्णचन्द्र चौधरीले कक्षा ११ र १२ का विद्यार्थीहरुको लागि विद्यालय पोशाक सार्वजनिक गर्नुहुदै छिटै नै सम्पूर्ण विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभएको थियो ।
प्रतियोगिताको क्रममा विद्यार्थीहरुले नृत्य, गीतहरु समेत प्रस्तुत गर्नुभएको थियो । सो क्रममा कक्षा १० मा अध्ययनरत विद्यार्थी बिट्टु पासवानले सम्पूर्णपक्षहरुलाई मानवअधिकारको संरक्षण गर्नुपर्ने वताउनुहुदैं विद्यार्थीको पठनपाठनको वातावरण कायम राख्न आग्रह गर्नुभएको थियो ।
शुक्देव उच्च मावि सुगाको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु सामुहिक फोटो खिचाउँदै |