मंसिर १७, २०७२-
मधेसमा आन्दोलन चलेको सय दिनभन्दा पनि बढी भइसकेको छ । यस आन्दोलनमा हजारौंको संख्यामा मधेसी महिलाहरूको सहभागिता छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूबाट धेरै महिला हिंसाका घटनाहरू भएको कुरा विभिन्न अधिकारवादी संस्थाहरूले सार्वजनिक गरेको रिपोर्टहरूमा उल्लेख छ । आन्दोलनको क्रममा सुरक्षाकर्मीहरूले घर–घरमा पसेर महिलाहरूलाई कुटपिट, गालीगलौजदेखि टाउकोमा गोली हान्नेसम्मका घटनाहरू सार्वजनिक भइसकेका छन् । अहिले पनि दिनदिनै यस्ता घटनाहरू हुने क्रम जारी नै छ । यसको ताजा उदाहरण राजविराजको पछिल्लो घटनालाई लिन सकिन्छ । मंसिर ६ गते राजविराजमा सात वर्षीय मुस्कान साहलाई बुबा दिलिप साहसँगै आफ्नै घरको छतमा बसिरहेको बेला प्रहरीको गोली लागेर घाइते भएकी थिइन् । उक्त घटनामा परेर दिलिप साहको मृत्यु भएको थियो ।
केही अघि महोत्तरीको जलेश्वरमा ४१ वर्षीया रामशिला मण्डलको हत्यालाई अर्को उदाहरणका रूपमा लिन सकिन्छ । वर्षा भइरहेको बेला स्थानीय जुली ब्युटी पार्लरमा ओत लागेको बेला प्रहरीले उनको दुवै आँखा बीचमा गोली हानिएको थियो । उनी आन्दोलन भएको ठाउँभन्दा २० मिटर टाढा थिइन् । तर पनि प्रहरीले उनलाई गोली हान्यो । रामशिलाको मृत्युबाट उनको परिवार, बच्चाहरूको कन्तविजोग भएको छ ।
तर विडम्बना मधेसमा यतिका महिला हिंसाका घटनाहरू भइरहँदा काठमाडांैमा रहेका महिला अधिकारकर्मीहरूले कुनै चासो लिएको देखिँदैन । मधेसमा महिलाहरूमाथि सुरक्षाकर्मीहरूबाट दिनदिनै हिंसाका घटना हुने गर्छन्, तर अहिलेसम्म कुनै पनि महिला अधिकारकर्मीहरू मधेस पुगेका छैनन् । मधेस जानु त कता हो कता एउटा विज्ञप्तिसम्म निकालेको देखिन्न । काठमाडांैमा महिलाहरूको हकहितका लागि भनेर दिनदिनै सभा–सेमिनार हुन्छन्, तर कसैको प्राथमिकतामा मधेसी महिलाहरूको पीडा परेको छैन ।
नेपालमा दर्जनौं संघ—संस्थाहरू महिलाको क्षेत्रका काम गर्छन् । सयौं अधिकारकर्मीहरू महिलाको पक्षमा वकालत गर्छन् । तर मधेसी महिला हिंसामा परिरहँदा कसैले चुइँक्कसम्म बोलेको छैन । अचम्म लाग्छ, यिनै महिला अधिकारकर्मीहरू हुन्, जसले यसअघि मधेसमा दाइजो, बालविवाह, बोक्सी, छुवाछूतका घटनाहरू हुँदा तिललाई तार बनाएर होच्याउन तल्लिन देखिन्थे ।
तर आज ती अधिकारकर्मीहरू कुन दुलोभित्र पसेका छन् ? मैले यस्तो भन्नुको तात्पर्य यो होइन कि मधेसमा हुने दाइजो लगायत कुप्रथाको बारेमा बोल्नु हँुदैन । तर त्यतिबेला मधेसी महिलाप्रति सहानुभूति देखाउनेहरू आज किन मौन भए ? के आज तिनीहरूको प्राथमिकतामा मधेसी महिला पर्दैनन् ? कि मधेसी महिलाको हक–अधिकार, सुरक्षाको कुरा मधेसीहरू मात्रैले उठाउनुपर्ने सोच हो ? कतै महिला अधिकारकर्मीहरू पनि मधेसी र पहाडीको कित्तामा बाँडिएका त होइनन् ?
महिला हिंसाका घटनाहरूको अनुगमन, मूल्यांकन गर्ने सरकारको आधिकारिक निकाय हो– राष्ट्रिय महिला आयोग । यसले देशभरिमा हुने महिला हिंसाका घटनाहरूको छानबिनदेखि मुद्दा चलाउनेसम्मको काम गर्छ । तर हाल भइरहेको मधेस आन्दोलनमा सुरक्षाकर्मीहरूबाट भएको महिला हिंसाको घटनाहरूमा चासो लिएको देखिँदैन ।
प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विश्वभरि अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवस मनाइने गरिन्छ । अहिले नेपालमा पनि ‘घर शान्ति नै विश्व शान्तिको आधार, पुनर्निर्माण, शिक्षा र समान व्यवहार’ भन्ने राष्ट्रिय नाराका साथ १६ दिने महिला हिंसा विरुद्धको दिवस मनाइँदैछ । यस अभियानलाई विभिन्न चेतनामूलक कार्यक्रम, विचार गोष्ठी आदि गरेर मनाइन्छ । एकातिर महिला हिंसा विरुद्धको दिवस मनाइँदैछ भने अर्कोतिर मधेसका महिलाहरू दिनदिनै हिंसा खेप्न बाध्य छन् । यस्तो अवस्थामा महिला हिंसा विरुद्धको अभियान काठमाडौंको ठूलठूला होटलमा गर्नुको औचित्यमाथि प्रश्न उठेको छ । नेपालमा महिला हिंसाको बहसले तबमात्र सार्थकता पाउँछ, जब मधेस, पहाड, हिमालका सबै समुदाय, क्षेत्रका महिलाहरूको मुद्दालाई समेटिन्छ ।
- विराटनगरकी २८ वर्षीया सदिना खातुनले जारी मधेस आन्दोलनका क्रममा जोगवनी नाकामा धर्ना बसेको बेला पुरुष प्रहरीले कपाल तानेर लछारपछार गरेको, भद्दा गाली गर्दै कुटपिट गरेको घाउ—खत देखाइन् ।
- संविधानको मस्यौदामाथि राय—सुझाव संकलनको कार्यक्रम सप्तरी जिल्ला विकास समितिको हलमा आयोजना गरिएको थियो । फोरम नेपालकी महिलाहरूले त्यसको विरोध गर्दा महिला प्रहरीहरूलाई अगाडि राखेर पुरुष प्रहरीले लाठी लिएर पछाडिबाट संवेदनशील अंगहरूमा घोच्ने, पिट्ने तथा साडीसमेत तान्दै कुटपिट गरेको थियो । यो घटना विवरण राजविराजकी गीता यादवले सुनाएकी हुन् । यसो भनिरहँदा उनको आँखा रसाएको थियो ।
- वीरगन्जकी करिमा वेगम लगायतका महिलाहरूलाई नाकामा धर्नामा बसेको बेला पुरुष प्रहरीले लुगा तानेर लछारपछार गदै, घिसार्दै निर्मम तरिकाले कुटपिट गरेको थियो । रातभरि थुनामा पनि राखेको थियो । उक्त घटनामा घाइते भएकी करिमा वेगम हालसम्म पनि कम्मरमा बेल्ट लगाएर मात्र हिँडडुल गर्न सक्छिन् ।
मधेसमा आन्दोलन चलेको सय दिनभन्दा पनि बढी भइसकेको छ । यस आन्दोलनमा हजारौंको संख्यामा मधेसी महिलाहरूको सहभागिता छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूबाट धेरै महिला हिंसाका घटनाहरू भएको कुरा विभिन्न अधिकारवादी संस्थाहरूले सार्वजनिक गरेको रिपोर्टहरूमा उल्लेख छ । आन्दोलनको क्रममा सुरक्षाकर्मीहरूले घर–घरमा पसेर महिलाहरूलाई कुटपिट, गालीगलौजदेखि टाउकोमा गोली हान्नेसम्मका घटनाहरू सार्वजनिक भइसकेका छन् । अहिले पनि दिनदिनै यस्ता घटनाहरू हुने क्रम जारी नै छ । यसको ताजा उदाहरण राजविराजको पछिल्लो घटनालाई लिन सकिन्छ । मंसिर ६ गते राजविराजमा सात वर्षीय मुस्कान साहलाई बुबा दिलिप साहसँगै आफ्नै घरको छतमा बसिरहेको बेला प्रहरीको गोली लागेर घाइते भएकी थिइन् । उक्त घटनामा परेर दिलिप साहको मृत्यु भएको थियो ।
केही अघि महोत्तरीको जलेश्वरमा ४१ वर्षीया रामशिला मण्डलको हत्यालाई अर्को उदाहरणका रूपमा लिन सकिन्छ । वर्षा भइरहेको बेला स्थानीय जुली ब्युटी पार्लरमा ओत लागेको बेला प्रहरीले उनको दुवै आँखा बीचमा गोली हानिएको थियो । उनी आन्दोलन भएको ठाउँभन्दा २० मिटर टाढा थिइन् । तर पनि प्रहरीले उनलाई गोली हान्यो । रामशिलाको मृत्युबाट उनको परिवार, बच्चाहरूको कन्तविजोग भएको छ ।
तर विडम्बना मधेसमा यतिका महिला हिंसाका घटनाहरू भइरहँदा काठमाडांैमा रहेका महिला अधिकारकर्मीहरूले कुनै चासो लिएको देखिँदैन । मधेसमा महिलाहरूमाथि सुरक्षाकर्मीहरूबाट दिनदिनै हिंसाका घटना हुने गर्छन्, तर अहिलेसम्म कुनै पनि महिला अधिकारकर्मीहरू मधेस पुगेका छैनन् । मधेस जानु त कता हो कता एउटा विज्ञप्तिसम्म निकालेको देखिन्न । काठमाडांैमा महिलाहरूको हकहितका लागि भनेर दिनदिनै सभा–सेमिनार हुन्छन्, तर कसैको प्राथमिकतामा मधेसी महिलाहरूको पीडा परेको छैन ।
नेपालमा दर्जनौं संघ—संस्थाहरू महिलाको क्षेत्रका काम गर्छन् । सयौं अधिकारकर्मीहरू महिलाको पक्षमा वकालत गर्छन् । तर मधेसी महिला हिंसामा परिरहँदा कसैले चुइँक्कसम्म बोलेको छैन । अचम्म लाग्छ, यिनै महिला अधिकारकर्मीहरू हुन्, जसले यसअघि मधेसमा दाइजो, बालविवाह, बोक्सी, छुवाछूतका घटनाहरू हुँदा तिललाई तार बनाएर होच्याउन तल्लिन देखिन्थे ।
तर आज ती अधिकारकर्मीहरू कुन दुलोभित्र पसेका छन् ? मैले यस्तो भन्नुको तात्पर्य यो होइन कि मधेसमा हुने दाइजो लगायत कुप्रथाको बारेमा बोल्नु हँुदैन । तर त्यतिबेला मधेसी महिलाप्रति सहानुभूति देखाउनेहरू आज किन मौन भए ? के आज तिनीहरूको प्राथमिकतामा मधेसी महिला पर्दैनन् ? कि मधेसी महिलाको हक–अधिकार, सुरक्षाको कुरा मधेसीहरू मात्रैले उठाउनुपर्ने सोच हो ? कतै महिला अधिकारकर्मीहरू पनि मधेसी र पहाडीको कित्तामा बाँडिएका त होइनन् ?
महिला हिंसाका घटनाहरूको अनुगमन, मूल्यांकन गर्ने सरकारको आधिकारिक निकाय हो– राष्ट्रिय महिला आयोग । यसले देशभरिमा हुने महिला हिंसाका घटनाहरूको छानबिनदेखि मुद्दा चलाउनेसम्मको काम गर्छ । तर हाल भइरहेको मधेस आन्दोलनमा सुरक्षाकर्मीहरूबाट भएको महिला हिंसाको घटनाहरूमा चासो लिएको देखिँदैन ।
प्रत्येक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विश्वभरि अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवस मनाइने गरिन्छ । अहिले नेपालमा पनि ‘घर शान्ति नै विश्व शान्तिको आधार, पुनर्निर्माण, शिक्षा र समान व्यवहार’ भन्ने राष्ट्रिय नाराका साथ १६ दिने महिला हिंसा विरुद्धको दिवस मनाइँदैछ । यस अभियानलाई विभिन्न चेतनामूलक कार्यक्रम, विचार गोष्ठी आदि गरेर मनाइन्छ । एकातिर महिला हिंसा विरुद्धको दिवस मनाइँदैछ भने अर्कोतिर मधेसका महिलाहरू दिनदिनै हिंसा खेप्न बाध्य छन् । यस्तो अवस्थामा महिला हिंसा विरुद्धको अभियान काठमाडौंको ठूलठूला होटलमा गर्नुको औचित्यमाथि प्रश्न उठेको छ । नेपालमा महिला हिंसाको बहसले तबमात्र सार्थकता पाउँछ, जब मधेस, पहाड, हिमालका सबै समुदाय, क्षेत्रका महिलाहरूको मुद्दालाई समेटिन्छ ।
प्रकाशित: मंसिर १७, २०७२
http://kantipur.ekantipur.com/news/2015-12-03/20151203080638.html