महोत्तरी समाचारदाता
जलेश्वर, पुस १२ गते । देशद्रोहको मुद्दा लागेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतको नेपालमा चलाउन वन्देज गरिएको सिडीहरु भारतीय सिमानाका मधवापुरमा एक कार्यक्रममा दिनभरी बजाइएको छ ।
विहार राज्यको मधुवनी जिल्लाको मधवापुर महोत्तरी जिल्लाको सिमानाका मटिहानीसंगै रहेको छ । जहाँ अहिले संयुक्त मधेशी मोर्चाले नाकावन्दी गरिरहेका छन् ।
मधवापुरमा मधेश आन्दोलनको समर्थन गर्दै नेपाल भारत मैत्री समाजले आयोजना गरेको संवाद कार्यक्रममा प्रमुख अतिथी रहनुभएका भारतका राष्ट्रिय जनता दलका राष्ट्रिय उपाध्यक्ष तथा पूर्व केन्द्रीय मन्त्री प्रा.डा.रघुवंशप्रसाद सिंह आउन ढिला रहेको समयमा सीके राउतका गीतहरु बजाइएका छन् ।
‘चल भैया आजादी ले, चल बहिना आजादी ले, चल मधेशी आजादी ले’, गीतसहित कार्यकर्तामा उर्जा भर्न बनाइएको भिडियो समेत कार्यक्रममा बजाइएको थियो । मधेश गठबन्धनले सिराहा जिल्लामा गरिरहेको जनमत संग्रहको समयमा यसरी सिमानाकामा उनका गीत बजाईनुलाई जिल्लाबासीहरुले अर्थपूर्ण रुपमा हेरिरहेका छन् ।
संवाद कार्यक्रममा सीके राउतका ठुलो संख्यामा रहेका कार्यकर्ताहरुले उनको नाउँ लेखेको टोपी लगाएर कार्यक्रममा पुगेका थिए । कार्यक्रममा उनको स्वराजसम्बन्धी गीत बजाईनुका साथसाथै पर्चा समेत बाँडिएको थियो ।
महोत्तरी जिल्लाको बलवा सरपल्लोमा केही महिना अगाडी मात्रै सीके राउतको सिडी चलाउने विषयलाई लिएर प्रहरी र स्थानीयबिच झडप हुँदा दर्जन भन्दा बढी घाइते समेत भएका थिए ।
सिमानाकामा आयोजित संवाद कार्यक्रममा महोत्तरी जिल्लाका मोर्चाका नेताहरु सहित जिल्लाका हजारौं कार्यकर्ता तथा स्थानीयहरुका साथसाथै भारतीय मधवापुर, बासुकीविहारी, रामपुरसहित दर्जनौगाउँका स्थानीयहरुको उपस्थिती रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथी राजदका राष्ट्रिय उपाध्यक्ष सिंहले नागरिकतासहित विभिन्न प्रावधानहरु नेपाल सरकारले संशोधन नगरे ठुलो क्षति व्योहोर्नुपर्ने चेतावनी दिनुभयो । उहाँले भारतमा नेपाली महिलाको विहे हुँदा भारतले आफ्ना अन्य नागरिक झै सवै क्षेत्रमा समान अधिकार दिएको तर नेपालमा जारी नयाँ संबिधानले भारतिय मुलकी महिलाको हकमा सो व्यवस्था नगरि नेपाल भारतको सम्बन्ध चिस्याउन खोजेको आरोप लगाउनुभयो ।
उहाँले आफुले नेपाल सरकारसहित भारत सरकारलाई पनि यस विषयमा गम्भीर बनाउनको लागि पुर्वदेखि पश्चिमसम्मको बोर्डरमा आमसभा गरिरहेको जानकारी दिनुभयो । एक सयवटा आमसभा पश्चात आफु काठमाण्डौं गएर पनि यस्तो कार्यक्रम गर्ने चेतावनी समेत दिनुभयो । मधवापुरमा गरिएको कार्यक्रम डा.सिंहको अठारऔ आमसभा हो ।
मधवापुरमा डा.सिंहको मधेश आन्दोलन प्रतिको समर्थन कार्यक्रममा आन्दोलनरत मोर्चा र गठबन्धन आवद्ध नेताहरु सुरिता साह, सुरेश पाण्डेय, अभिराम शर्मा, डा.सुरेन्द्र यादव, जानकी शरण साह, रामशंकर मिश्र(साहीजी) र विनोद चौधरी लगायतका मधेशी नेताहरुको उपस्थिति रहेको थियो भने भारतवाट राजकिशोर यादव, रामशरण अग्रवाल, रघुनाथ प्रसाद, उमेश आर्य लगायत दर्जनौ विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।