नागेन्द्रकुमार कर्ण
महोत्तरी समाचारदाता
जलेश्वर, असार २७ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार विश्व जनसंख्या दिवस २०१६ अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ ।
जिल्ला विकास समिति महोत्तरीको आयोजना तथा शान्ति तथा विकासका लागि युवा सञ्जालको सहआयोजना र युएनएफपीएको सहयोगमा सुखद भविष्यको लागि किशोरीहरुमा लगानी विषयमा अन्तरक्रिया गरिएको थियो ।
सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालयका संतोष ठाकुरले एक कार्यपत्र प्रस्तुत गर्नुहुदै नेपालमा २४.१९ प्रतिशत जनसंख्या १० वर्षदेखि १९ वर्षसमूहका अर्थात किशोर र किशोरीहरुको रहेको जानकारी दिनुभयो । उहाँले कार्यपत्रमा २८.८ प्रतिशत किशोर किशोरीहरुको विवाह १५ देखि १९ वर्ष अवधिमा हुने गरेको उल्लेख गर्नुहुदै यो अवधिको भोगाईले जीवनपर्यन्तसम्म गहिरो छाप छोडने उहाँले जानकारी गराउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवले किशोर किशोरीहरुलाई शिक्षासहित सीपमूलक तालिमको आवश्यकतामाथि जोड दिनुभयो । यो उमेरका महिला पुरुषहरुमा जोश जाँगर अत्याधिक हुने गरेपनि त्यसको व्यवस्थापन गर्न सकिएन भने ठुलो दुर्घटना निम्त्निे सकिने चेतावनी समेत दिनुभयो । उहाँले यो उमेरका किशोर किशोरीहरुलाई विशेष हेरचाहको जरुरी रहेको समेत उहाँले जानकारी दिनुभयो ।
जिल्ला विकास समिति अन्तर्गत रहेका एलजीसीडीपीका फोकल पर्सन सुनिल मिश्रको सभापतित्वमा भएको कार्यक्रममा युवा सञ्जालका अध्यक्ष सुरेश ठाकुरसहितका वक्ताहरुले आ–आप्mनो मन्तव्य राख्नुभएको थियो ।