الجمعة، 15 يوليو 2016

आफ्नैले विरानो बनायो

जिल्लाकै एक ग्रामिण वस्तीमा दलित समुदायमा दुई दलित परिवारको भातपानी काटिएको छ । भातपानी काटिएकोमा एकडारा वेला वडा नं. ५ का झगरु पासमान र सोहि ठाउ निवासी उग नारायण पासमानको परिवार रहेका छन । गाउमै मजदुरी गरेर आफ्नो परिवारको भरण पोषण गर्दै आएका दुवै परिवारले विगत पाच वर्ष देखि भात पानी काटिएका सोहि गाउ निवासी सुरेश पासमानलाई समाजमा मिलाउनु होस भनेपछि यिनीहरु वहिष्करणमा परिएको दुवै परिवारको गुनासो छ । उनीहरु गाउमा जग्गा आफ्नो जग्गा सम्बन्धि विवाद समेत अदालतमा चल्दै गरेकोले पनि विपक्षीहरुले समाजलाई उक्साएर आफुहरुलाई वहिष्करणमा पारेको आरोप लगाउछन ।


उग नारायण पासमान कि श्रीमति शोशिला देवीका अनुसार शुक्रवार हुने सल्हेश महाराजको पुजामा समेत आफ्नो परिवारलाई नजान गाउका पन्चले उर्दी जारी गरेका छन । पासमान जातिका पन्चहरुले ति  परिवारलाई कुनैपनि जातिय कार्य तथा भोज भतेर तथा विवाह र संस्कारमा अव उप्रान्त सहभागी नहुन समेत भनेका छन । समाज विकास तर्फ उन्मुख भईरहेको वेला अझै जातिय निति नियम र फैसलाले मानवको सामाजिक अधिकार कुण्ठित भईरहेको वेला सरोकारवालाहरु यतातिर गम्भिर हुनु आवश्यक छ । हाल न्यायको लागि सदरमुकाममा भौतारिरहेका दुवै परिवार समाजले विना कारण दिएको सजायले अपमानित गरेको बताउछन ।

ليست هناك تعليقات:

إرسال تعليق