नागेन्द्रकुमार कर्ण
महोत्तरी समाचारदाता
जलेश्वर, असार ७ गते । महोत्तरी जिल्लाको सहसौलामा अत्याधिक रक्सी सेवनले एकै परिवारका पाँच जनाको मृत्यु भएपछि प्रहरी अहिले मदिरा भट्ठी उन्मूलन गर्न लागिपरेका छन् ।
अत्याधिक रक्सी सेवनका कारण सहसौला वडानं. ६ बस्ने वर्ष ७० का रामवृक्ष मल्लिक डोम, उनका छोरा वर्ष ४० का प्रकाश मल्लिक डोम, उनका छोरी कलावती डोम, उनका छोरी ज्वाँई गौशाला ७ बस्ने पंचु मल्लिक डोम तथा उनका आफन्त औरही वडानं. ३ बस्ने बद्रि मल्लिक डोमको मृत्यु भएको हो ।
रामवृक्ष, उनका छोरा प्रकाश र छोरी ज्वाँई पंचुको शनिबार राति मृत्यु भएको हो भने बद्रि र कलावतीको आईतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
लोकल मदिरा खाएर एकै परिवारका आफन्तसहितको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवको निर्देशनमा गाउँघरमा रहेका मदिरा भट्ठीहरुमा प्रहरीले छापामार्न शुरु गरेका हुन् ।
प्रहरीले शनिवार र आईतवार मात्रै लोकल मदिरा पसल र भट्ठीबाट ४ हजार दुईसय लिटर मदिरा बनाउने कच्चा पदार्थ र ८ सय ३५ लिटर मदिरा नियन्त्रणमा लिई नष्ट गरेको प्रहरी उपरिक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
सो परिमाणका मदिरा तथा सो बनाउन प्रयोग गरिने कच्चा पदार्थ भने जिल्लाकै धर्मपुर, मटिहानी, सरपल्लो र गोनरपुरा गाविसबाट प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको जनाईएको छ ।
लोकल मदिरा नियन्त्रण गर्न गत वैशाखदेखि नै अभियान चलाइए पनि अहिले यसलाई तीव्र पारिएको जानकारी दिनुहुदै प्रहरी उपरिक्षक भट्टराईले भन्नुभयो, ‘हामीले यो अवधिमा ३७ भट्ठीबाट ४ हजार ६ सय ५५ लिटर मदिरा तथा २० हजार २ सय ६५ लिटर मदिरा बनाउन सकिने कच्चा पदार्थ नष्ट गरिसकेका छौं ।’
प्रहरीले सहसौलामा पाँच जनाको मृत्यु भएदेखि नै तीव्र बनाएको यो अभियानको क्रममा जिल्ला मातहतका सवै प्रहरी चौकीहरुमा लोकल मदिरा नियन्त्रण गर्न सर्कुलर जारी गरिएको र सोहि अनुरुप दैनिकरुपमा हजारौ लिटरको परिमाणमा मदिरा र कच्चा पदार्थ नष्ट गर्ने गरिएको प्रहरी उपरिक्षक भट्टराईले जानकारी दिनुभयो ।
प्रहरीले छापामारी गरी मदिरा नष्ट गरेपनि भट्टी संचालकहरु भने पक्राउ पर्ने गरेका छैनन् । प्रहरी उपरिक्षक भट्टराईले अबदेखिको अभियानमा लोकल मदिरा वा सो बनाउने पदार्थ फेला परेमा संचालकको फाईल समेत अन्तःशुल्क कार्यालयमा पठाउने र त्यो व्यक्तिको पछिसम्म पनि खोजविन गरि कार्यवाहीको दायरामा ल्याउने नया अभ्यासको थालनी गरिएको बताउनुभयो ।
जलेश्वर अस्पतालका मेडिकल अधिकृत डा.राजिव झाले लोकल मदिरामा मिलाईने स्प्रिट र युरियाले मिथाईल अल्कोहल बन्ने र सो मिथाईल अल्कोहलले स्नायुु प्रणालीमा असर गरि श्वासप्रश्वास र धड्कनमा असर पुर्याउदा मानिसको मृत्यु हुने गरेको जानकारी दिनुभयो ।
स्थानीयबासीहरुले प्रहरीको यो अभियान राम्रो भएपनि भट्ठी संचालक पक्राउ नपर्नुले प्रहरीको यो अभियानमा खोट लगाउने प्रशस्त ठाउँ भएको बताएका छन् ।