नागेन्द्रकुमार कर्ण
भनिन्छ समय परिवर्तनशील छ । आज जे छ भोली हुदैन्, भए पनि त्यही आवृत्ति, त्यही गति, त्यही ताल र त्यही तस्वीरमा हुँदैन् । उनीहरुमा केही न केही परिवर्तन भएकै हुन्छ र परिवर्तन हुन्छ पनि । यो कुरा व्यक्तिगत जीवनमा होस्, सामाजिक जीवनमा होस्, आर्थिक जीवनमा होस् वा अन्यान्य
![]() |
मेरो घरबाट मूल सडकमा निस्कने बाटो |
![]() |
चोकबाट गाउँमा जाने मूल सडकको बाटो |
![]() |
चोकबाट गाउँमा जाने मूल सडकको बाटो |
सुगा गाविस अर्थात अहिलेको जलेश्वर नगरपालिका १५ को अवस्था देख्दा नगरपालिका हो जस्तो लाग्दै लाग्दैन् । जलेश्वर मटिहानी सडकखण्डमा पर्ने ‘शुक्देव नदी’ (सुगाको अदालत चोकमा हुने जलजमाव, जो अलिकति पानी पर्दा पनि दुईफिट सम्म पानी जम्छ, त्यो सधैं हुन्छ) विकराल रुपमा उभिएका छन् । सानो तिनो दुर्घटना सधैं हुने यस नदिमा कुनै ठुलो दुर्घटनाको सम्भावना त्यत्तिकै छ । यसको उद्धार कहिले हुन्छ ? जलेश्वर मटिहानी खण्डको सडक सडक विभाग वा भारत सरकारले परिक्रमा सडक बनाएको खण्डमा उद्धार हुन्छ भन्ने लागेको छ यसमा नगरपालिकाले केही नगर्ला भन्ने आमवुझाई छ तर प्रभु महतोको पसलदेखि दक्षिणको बाटोमा अहिले तिनफिट पानी जमेको छ । त्यो पनि महिनादिन देखि । यसमा कसले चासो दिने । के नगरपालिकाको यसमा कुनै चासो हुँदैन् । नगरपालिकाले यसमा केही गर्न सक्दैन् । तर दुःख लाग्छ न त नगरपालिकाको कुनै चासो छ न त अरु कसैको । पानीको निकास नभएको कारणले पानी जमेको स्थिती देखिएको छ । त्यो बाटो भएर जाँदा सबैले ओ पत्रकार जी यही हो हाम्रो नगरपालिका भनेर प्रश्न सोध्छन् । म निरुत्तर हुन्छ । त्यसको जवाफ दिने आँट आउँदैन् । एकवर्ष पहिला अर्थात असोजमा सुगा नगरपालिकामा गाभिएपछि म खुशी भएको थिएँ । अब केही त विकास हुन्छ । दुई चारजनाको चंगुलमा रहेको सुगा गाविस अब मुक्त हुनेछन् । सबैको पहुँच, सबैको अधिकारको सम्मान हुने छ । विकास पनि तीव्र गतिमा हुनेछ । तर नगरपालिकाको काम गराईको गति हेर्दा आशा नमरे पनि आशाको सिसामा भने दाग लागिसकेको अवस्था छ ।
![]() |
मटिहानी जलेश्वर सडकखण्डमा रहेको बाटो, जसलाई मैले शुकदेव नदी भन्छु |
हरेक भाषणवाजीमा नगरप्रमुख माघवेन्द्र चौधरीले टोल सुधार समिति गठन गरिसकिएको र त्यही समिति मार्फत काम गराउने नगरपालिकाको नीति रहेको वताउनुहुन्छ । खोई त ? १५ वडाको टोल सुधार समिति । समितिलाई यसबारे जानकारी छैन कि ? के उनीहरुको कार्यक्षेत्र भित्र यी कुरा पदैनन् । मात्रै पैसा ल्याएर काम गर्नुपर्ने रोडम्याप टोल सुधार समितिलाई छ । यदि होइन, साँच्चै समितिले यसबारे पनि काम गरेको छ भने त्यसबारे सबैलाई जानकारी हुनुपर्यो होइन भने समितिको कामै छैन् । १५ वडाको टोल सुधार समितिलाई मैले १० पूर्णाङ्गमा नम्बर दिनुपर्दा १ भन्दा बढी दिन सक्दिन् । मात्रै कसरी माल हत्याउने परिपाटीका मानिसहरुको हालीमूहाली त्यसमा छ । यदि, त्यस्तो मानिसको हालीमुहाली नभएको भए हाम्रो वडामा पनि केही विकास भएको हुन्थ्यो । तर १५ जना टोल सुधार समितिबाट १ जना संयोजक छान्नै महिनौं लगाउने यस समितिबाट हामीले के आश राख्ने ? यो भन्दा त राम्रो बरु नगरपालिकाले सिधै विकास निर्माणको कामलाई अगाडी बढाए हुन्छ । यसले ति राजनीतिक मान्छेलाई लाज त हुन्छ । गल्ती हामीजस्ता युवाको पनि छ । हामीले पनि कुनै समिति निर्माणमा उनीहरुलाई नै खुलेआम समर्थन गरेको तथा आफुहरुले पनि विकास निर्माणमा भुमिका खेल्नुपर्नेमा त्यसबाट भाग्ने चेष्टा गरेका छौं ।
शुक्देव ऋषीको तपोभूमि मानिने सुगा गाविस (हाल जलेश्वर नपा १५,१६) जिल्लाको प्रतिष्ठित गाउँमा पर्छन् । एक से एक दिग्गजहरु यस गाविसमा जन्मिएका हुन् । यस गाविसका मानिसहरु ठुलठुलो जिम्मेवारी बोकेका छन् । दुनियाँले उनीहरुको नाम लिन्छन् तर दुःख लाग्दो कुरा उनीहरुको लगानी भने गाउँमा शुन्य छ । गाउँको माया, प्रेम मुटु भित्र मात्रै छ । हिन्दी फिल्मको गीत झै, ‘...चार पैसे कमाने मै आया शहर, गाउँ मेरा मुझे याद आता रहा...’ । म नाम लिन चाहन्न् । तर आग्रह गर्न चाहन्छु उहाँहरुसंग । तपाईहरुले जसरी गाउँको नाम विश्वस्तरमा पु¥याउनुभएको छ । गाउँको जुन गरिमा तपाईहरुले बनाउनुभएको छ यसलाई व्यवहारमा देखाउनुस् । वर्षमा एकपल्ट भएपनि तपाइ जहाँ भएपनि त्यही गाउँलेहरुसंग मिलेर गाउँमा के गर्न सकिन्छ भन्ने कुरामा वहस गर्नुस । विकास निर्माणमा तपाईहरु सघाउनुस । म विश्वासका साथ दावी गर्दछु कि यदि सुगा गाउँकै व्यक्तिहरु (जो प्रतिष्ठित ठाउँमा र प्रतिष्ठित काममा लाग्नुभएको छ) उहाँहरु वर्षमा एकपल्ट मात्रै विकासको काममा वहस थाल्नुभयो भने हामीलाई गाउँको विकासको लागि कुनै पनि निकायको मुख ताक्नुपर्ने विवशता रहँदैन् हामी शिक्षित गाउँ, प्रतिष्ठित गाउँको रुपमा मात्रै होइन विकासशील गाउँको रुपमा पनि पहिचान बनाउन सक्छौं । तपाईहरुको एकदिन मात्रै हामीलाई चाहिएको छ । प्लिज ‘जननी जन्मभुमिश्च स्वार्गादपी गरियसी’ भावनाको ताकत तपाईहरुले देखाइदिनुस् । तपाईहरुमा यो भावनाको विस्तार हुनेछ भन्नेमा म आशावादी छु । आमेन ! यस्तो अवस्था आइदियो भने हामीलाई न त नगरपालिकालाई गाली गर्नुपर्छ न त हामी कुनै क्षेत्रमा पछाडी हेनुपर्छ । हामी सधै सधैको लागि हिलो र पानीको टापुबाट मुक्त हुन्छौं । पहिलादेखि नै मैले भन्दै आएको छु कि यहाँ तिनथरीको मानिसको बसोबास छ । सत्प्रतिशतमा ९० प्रतिशत आफ्नै कामसंग मतलव राख्छन् अर्थात कमाउँछन्, खान्छन् । सामाजिक कार्यमा त्यत्ति खुलेर लाग्दैन् । कुनै सामाजिक कार्यसंग त्यत्ति लगाव हुँदैनन् । चन्दा माँग्न आयो दियो, भयो । खासै सामाजिक कार्यमा योगदान दिदैनन् । त्यस्तै, ८ प्रतिशत हरेक कार्यमा चासो राख्छन् । अगाडी बढने कोशिश पनि गर्छन तर वेईज्जती हुने डरले, मारपिटको डरले, लोकलाजको डरले र ईज्जत, मान, मर्यादामा आँच नआओस् भनेर अगाडी बढन हिच्किचाउँछन् । उनीहरुले सामाजिक कार्यमा योगदान दिने चाहना राखेपनि विविध कारणले गर्न सक्दैनन् । उनीहरु सर्प पनि मरोस् र लाठी पनि नभाँचियोस् भन्ने चाहनाले काम गर्न खोज्छन् जुन अहिलेको कलियुगमा सम्भव मात्रै होइन् असम्भव नै छ । त्यही भएर उनीहरु सामाजिक कार्यमा अग्रसरता लिदैनन् । तर, २ प्रतिशत भने हरेक कार्यमा अगाडी बढछन् । त्यहीबाट खान्छन् । रोजीरोटी त्यसैबाट चल्छ । उनीहरु केही काम गर्छन् अरु गोजी भर्छन् । उनीहरुलाई जति गालि, वेईज्जती गरेपनि काम आखिर यिनीहरुले नै गर्छन् र सरकारी कर्मचारीहरु, अफिसरहरु यिनीहरुलाई नै पत्याउँछन् । पहिलाको सुगा गाविस र अहिलेको जलेश्वर नगरपालिकाको वडानं. १५ र १६ यी २ प्रतिशतले चलाउँछन् । नगरपालिकामा गएपछि पनि यी २ प्रतिशतको हालीमुहाली विद्यमान छ । त्यसकै कारणले होला विकास निर्माणको गति सुस्त छ । नगरपालिका र स्वयं गाउँका वुद्धिजीवीहरु तथा अवकाशप्राप्त ज्येष्ठ नागरिकहरुलाई अगाडी आउने आवश्यकता छ । उनीहरुको अनुभवले अवश्यै नै विकास निर्माणमा टेवा पु¥याउने छ । अन्त्यमा, पुनः जलेश्वर नगरपालिकाका प्रमुख माघवेन्द्र चौधरीलाई जलेश्वर नगरपालिकाको वडानं. १५ को पूर्वारी टोलको अवस्था अवलोकन गर्न आग्रह गदै करमात्रै लिने र सेवा नदिने सोचबाट अगाडी बढन आग्रह गर्दै उहाँकै कार्यकालमा हामीहरुले पनि विकासको महसुस गर्न सकून र हामीहरु पनि हिलो र पानीको टापुबाट मुक्त हुन पाऊँ भन्ने आग्रह छ । अस्तु ।