अबको आन्दोलन अन्तिम: महतो
- मङ्गलबार २९ भाद्र, २०७२
- महेशकुमार दास
महोत्तरी–सदभावना पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले अवको लडाई
वारको पार हुने
बताए। महोत्तरीको जलेश्वरमा मृत्यु
भएका ६ जनाको
शव यात्रामा सहभागी
हुन मंगलबार जलेश्वर अस्पताल आई
पुगेका अध्यक्ष महतोले
शव यात्रा अगाडी
संचारकर्मीसँग
कुरा गर्दै अवको
लडाई वारको पार
हुने दाबी गरे।
महतोले मधेस र
मधेसीको अधिकारका लागि भई रहेको
आन्दोलनको क्रममा निकालिएको शान्तिपूर्ण जुलुसमा राज्यले दमन
गरेको बताए। 'निहत्था र
निर्दोश प्रर्दशनकारीलाई
ताकेर नै टाउको
र छातीमा गोली
हानेर मार्ने कार्य
अमानवीय हो,' उनले भने।
आन्दोलनको क्रममा सहादत प्राप्त गरेका मधेसीको बलिदान खेर जान नदिने दाबी गरे। आगमी दिनमा आन्दोलन थप कडा हुने चेतावनी दिँदै उनले आन्दोलनको क्रममा शहिद भएकाहरुको शवमा पनि सरकारले राजनीति गर्न खोजेको आरोप लगाउँदै शव यात्रा गर्नमा प्रतिवन्ध लगाएको प्रति आपत्ति जनाए.
छुट्टा छुट्टै आन्दोलन गर्दा प्रभावकारी नभएको भन्दै उनले आगामी आन्दोलनमा सबै मोर्चा एक भई विगतमा भएको सम्झौता कार्यन्व्यन गराउने लाग्नुपर्ने बताए। उनले सरकारले जारी गर्न लागेको संविधान आफूहरुले स्वीकार नगर्ने बताए।
यसैबीच शव यात्रामै सहभागी हुन जलेश्वर आएका तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवले पनि अव आन्दोलनलाई अझ उचाईमा लाने बताए। शव यात्रामा सहभागी हुन आएका नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मधेसमा जारी आन्दोलनमा सबैको एउटै माग पनि अलग अलग आन्दोलन गर्दा लक्ष्यमा पुग्न कठिन भएको बताए।