एकिकृत माओवादीका कार्यकर्ताहरुद्वारा राजिनामा, दुई प्रहरी बिट जलाइयो
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २१ गते । महोत्तरी जिल्लामा एकीकृत नेकपा माओवादीको जिल्ला, नगर तथा गाबिस कमिटिका सम्पूर्ण सदस्यले राजिनामा दिई मधेश आन्दोलनमा उत्रेका छन् ।
जनयुद्धको बेला मधेश सरकार प्रमुख समेत गठन गरेर सत्तामा पुगेको माओवादीले अहिले काँग्रेस र एमालेसमक्ष आत्मसम्पर्ण गरी मधेशलाई नहेरेको भन्दै राजिनामा दिईएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसरी पार्टीबाट राजीनामा दिई मधेशी मुक्ति जनआन्दोलनमा होमिएकोहरुमा जिल्ला सदस्य कौशलेन्द्र शर्मा, सत्येन्द्र यादव, अरबिन्द दास, मनोज साहसहितकाहरु रहेका छन् ।

यता, यस सम्बन्धमा जिल्ला इन्चार्ज राजु खड्कालाई फोन सम्पर्क गरी सोध्दा उहाँले आफु काठमाण्डौंमा रहेको र यसबारे कुनै जानकारी नरहेको बताउनुभयो । उहाँले सदस्यहरुले उठाएको माग जायज भएपनि पार्टीभित्रमा कुनै राजिनामा नआएकोले यस सम्बन्धमा बुझ्ने काम भइरहेको बताउनुभयो ।
यसैबीच महोत्तरी जिल्लाको नवघोषित गौशाला नगरपालिकामा संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले दुईवटा प्रहरी बिटलाई आगजनी गरेका छन् । गौशाला बजारमा रहेको एउटा तथा निगौलमा रहेको अर्को प्रहरीबिटलाई आन्दोलनकारीहरुले आगजनी गरेको जनाइएको छ ।