الأحد، 27 سبتمبر 2015

श्रद्धाञ्जली दिइयो

श्रद्धाञ्जली दिइयो
महोत्तरी समाचारदाता
जलेश्वर, असोज ९ गते । जारी मधेश आन्दोलनमा महोत्तरीबाट शहादत दिनुभएका ६ जनाको शनिबार एक समारोहकाबीच श्रद्धाञ्जली सभा गरिएको छ ।
जिल्लाको परिकौलीमा संस्थागत नीजि विद्यालय परिवार महोत्तरीको तर्फबाट एक समारोहकाबीच शहादत प्राप्त गरेकाहरुको श्रद्धाञ्जली दिइएको हो ।

तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स) का मानवअधिकार अधिकृत रंधिर चौधरी

जिल्लाको २५ स्कुलको सहभागिता रहेको सो श्रद्धाञ्जली सभामा विभिन्न विद्यालयका शिक्षक, शिक्षिकाहरु, विभिन्न पार्टीका नेताहरु, संचारकर्मीहरु तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।
महोत्तरी जिल्लामा जारी आन्दोलनमा पिगौनाका विरेन्द्र बिच्छा, जलेश्वर नगरपालिका ७ बजराहीका रोहन चौधरी, गणेश चौधरी, महोत्तरी गाविस ५ का रामविवेक यादव, जलेश्वर नपा १४ बजराहीका अमित कापड तथा हात्तिलेटका रामशीला मण्डलको सुरक्षाकर्मीको गोली लागी मृत्यु भएको थियो ।
सो श्रद्धाञ्जली सभामा तराई मानवअधिकार रक्षक संजाल (थर्ड एलायन्स) का मानवअधिकार अधिकृत रंधिर चौधरी, सदभावनाका जिल्ला अध्यक्ष रामबाबु साह, लालबाबु यादव, नेता विनोद चौधरी, पत्रकार दशरथ भण्डारी सहितका वक्ताहरुले श्रद्धाञ्जली दिनुहुदै मधेशको माँग तत्काल पुरा गर्न सरकारलाई आग्रह गर्नुभएको थियो ।

ليست هناك تعليقات:

إرسال تعليق