आन्दोलनकारी र प्रहरीबीचको झडपमा तीनजनाको मृत्यु, ८ बजेदेखि जलेश्वरमा कफ्र्यु, बनौटा सशस्त्र क्याम्प वरिपरी पनि निषेधाज्ञा Mahottari

आन्दोलनकारी र प्रहरीबीचको झडपमा तीनजनाको मृत्यु, ८ बजेदेखि जलेश्वरमा कफ्र्यु, बनौटा सशस्त्र क्याम्प वरिपरी पनि निषेधाज्ञा
महोत्तरी समाचारदाता
जलेश्वर, भदौ २३ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सुरक्षाकर्मीको गोलीप्रहारबाट तीनजनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाईते भएका छन् । घाइते मध्ये केहीको अवस्था चिन्ताजनक रहेको छ ।
सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु हुनेहरुमा महोत्तरी गाविस वडानं. ५ बस्ने रामविवेक यादव, जलेश्वर नगरपालिका वडानं. ७ बस्ने रोहन चौधरी र जलेश्वर नपा १४ बखरी बस्ने अमित कापर रहेको छ ।
अपराहृन प्रहरी प्रदर्शनकारीवीच भएको झडपमा प्रहरीको गोली लागेर गम्भिर घाइते भएका जनालाई नेपाली सेनाको नाइट भिजन हेलिकप्टरबाट काठमाणडौं लगिएको छ। झडपमा टाउँकोमा गोली लागि गम्भिर घाइते भएका पिगौनाका ३५ वर्षीय विरेन्द्र विक्षाको उपचार जलेश्वर जिल्ला अस्पतालमा सम्भव नभएपछि जनकपुर अंचल अस्पतालमा पठाइएकोमा यहाँ पनि उपचार सम्भव नभएको हुँदा अहिले नेपाली सेनाको नाइट भिजन हेलिकप्टरबाट काठमाण्डौं पठाइएको छ। विरेन्द्र संगै गम्भिर घाइते शिवेन्द्र महतो शंकर पासवानलाई पनि त्यहि हेलिकप्टरबाट काठमाण्डौं पठाइएको त्यसैगरी जलेश्वरको सन्तोष कुमार साहको ढाँडमा गोली लागेर जनकपुर स्थित जानकी हेल्थ केयरमा उपचार भईरहेको खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
यादव र चौधरीको छातीमा गोली लागेको छ भने कापरको कोखामा गोली लागेको छ र शव अहिले जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । अस्पताल परिसरमा मृतकका परिजनसहित आन्दोलनकारीको भिड लागेको छ ।



जिल्ला प्रशासन कार्यालयले स्थितीको मद्देनजर गर्दै जलेश्वर नगरक्षेत्रमा दिउँसो ४ बजेदेखि निषेधाज्ञा जारी गरेको छ भने राती ८ बजेदेखि लागुहुने गरी अनिश्चितकालिन कफ्र्यु लगाइएको छ । प्रमुख जिल्ला अधिकारी दिपक काँप्mलेले स्थितीको मद्देनजर गर्दै जलेश्वरनगरक्षेत्रमा निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो । उहाँले जिल्ला प्रहरी कार्यालय तथा न्यायाधिश निवासमा तोडफोड गर्ने जाने समूहमाथि सामान्य बल प्रयोग मात्रै भएको दावी समेत गर्नुभयो ।
सिडिओ काफ्लेले दिएको जानकारी अनुसार पूर्वमा प्रकौली ब्यारेक देखि जीरोमाइल चोक, सीनेमा हल चोक, हुँदै मठिहानी चोक सम्म, पश्चिममा नगरपालिका चोक देखि आर्युवेद कार्यालय सम्म, उत्तरमा नगरपालिका चोक देखि कारागार हुँदै जिल्ला अस्पतालसम्म दक्षिणमा खैरा चोक देखि धवौली जाने बाटो सम्म निषेधित क्षेत्र घोषणा गरी कफ्र्यु आदेश जारी गरिएको हो स्थानीय प्रशासन ऐन २०२८ को दफा को उपदफा बमोजिम आज राती बजे देखि लागु हुने गरि निषेधाज्ञा जारी गरिएको हो यस क्षेत्रमा पाँच जनाको समूहमा हिडडुल गर्न, सभा तथा जुलुस प्रदर्शनमा पनि रोक लगाईएको
जलेश्वरको महेन्द्रचोकमा हजार भन्दा बढीको उपस्थितीमा भइरहेको प्रर्दशनको क्रममा प्रहरीमाथि ढुँगा प्रहार भएपछि सुरक्षाकर्मीले एक्कासी अश्रुग्याँस र गोली चलाएपछि तीनजनाको मृत्युसंगै दर्जनभन्दा बढीलाई गोली लागेको छ । 
गोली लागेर घाइते हुनेहरुमा जलेश्वरका रेडियोकर्मी विकास मिश्र, जलेश्वर ४ बस्ने मुकेशकुमार पासमान, कोल्हुवावगेया बस्ने लालेन्द्र मण्डल, बहेडाका रामबाबु साह, भटौलियाका अविनाश तथा मडैका सुर्यनारायण यादवसहितका रहेका छन् । उनीहरु मध्ये केहीको उपचार जिल्ला अस्पताल जलेश्वरमा, केहीको शान्ति कम्प्युनिटीमा तथा अन्यको उपचार जनकपुर अंचल अस्पतालमा भइरहेको छ ।
    निषेधाज्ञा र कफ्र्यु पश्चात जलेश्वरको विभिन्न चोकहरुमा सुरक्षाकर्मीको उपस्थिती देखिएको छ भने गोली प्रहार पश्चात जलेश्वरको अवस्था तनावग्रस्त बनेको छ ।
यसैबीच जिल्लाको बनौटामा सशस्त्र क्याम्पको वरपर सुरक्षाको दृष्टिकोणले निषेधाज्ञा जारी गरिएको छ । बलवा र मनरामा प्रहरी चौकीमा आन्दोलनकारीहरुले आगजनी गरेका छन् ।