الثلاثاء، 1 سبتمبر 2015

लोकसेवा कक्षा

#‎राजस्व‬ भनेको के हो ? -प्रचलित कानून बमोजिम सरकारलाई तिर्नु वा बुझाउनुपर्ने भन्सार महशुल अन्तशल्क, आयकर, मूल्य अभिबृद्धि कर, सवारी साधन कर, घर बहाल कर, सम्पत्ति कर, घर जग्गा कर, रजिष्ट्रशन दस्तुर तथा प्रचलित कानून बमोजिम लाग्ने अन्य कर तथा गैरकर लाई राजस्व भनिन्छ । ‪#‎गैर_कर‬ भनेको के हो ? -सबै प्रकारको प्रशासनिक दस्तुर (मालपोत, रोयल्टी), सेवा शुल्क, रोयल्टी लाभांश, साँवा ब्याज, सार्वजनिक सम्पत्तिको विक्रिबाट प्राप्त आय तथा नेपाल सरकारले प्रचलित कानून बमोजिम लगाएको सबै दस्तुर तथा शुल्कलाई गैरकर भनिन्छ । ‪#‎राजस्व_चुहावट‬ भनेको के हो ? :- राजस्व नतिर्ने वा कम तिर्ने नियतले कुनै काम गरेमा, :- राजस्व कम तिर्ने वा नतिर्ने उद्देश्यले गलत लेखा, विवरण वा कागजात प्रस्तुत गरेमा, :- भन्सार विन्दुमा तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिरेमा वा कम तिरेमा, :- कुनै व्यक्तिले अर्काको नाममा उद्योग व्यापार वा व्यवसाय गरी निकासी पैठारी गरेमा वा कुनै विदेशी कम्पनी वा संघ संस्थाको एजेन्ट भएमा सो कुरा देखाई तिर्नु वा बुझाउनुपर्ने राजस्व नतिरेमा वा छलेमा, :- कर्मचारीको कार्यमा वाधा विरोध गरेमा, कर्मचारीलाई प्रभाव पारी तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिरे वा कम तिरेमा,वा मिलेमतो गरी गलत लिखत वा कागजात तयार गरेमा

ليست هناك تعليقات:

إرسال تعليق