महोत्तरीमा पनि मानव साँङ्गलो

सुगाका स्थानीय युवाहरु
बिहीबार मेचीदेखि महाकालीसम्मको हुलाकी सडकमा गरिने “मानव साङ्गलो” अन्तर्गत महोत्तरीमा पनि मानव साँङ्गलोको कार्यक्रम गरिएको छ ।
जिल्लाको हुलाकी राजमार्ग सहित सदरमुकाम जलेश्वर र सुगाका युवाहरुले पनि मानव साङ्गलो कार्यक्रम गरेको हो ।
सुगाबाट शुरु भएको मानव साङ्गलो जलेश्वरको सुगाचोक, दुर्गाचोक, शंकर चोक हुदै नगरपालिकासम्म फैलिएको थियो । सो मानव साङ्गलो कार्यक्रममा हजारौं युवाका साथसाथै स्थानीयहरुको सहभागिता रहेको थियो ।
मोर्चाको बैठकले ‘२०७२ असोज १४ गते मधेश र थरुहटका जनताको अधिकार र पहिचान स्थापित गर्न दबाबस्वरुप आयोजित मेचीदेखि महाकालीसम्मको हुलाकी सडकमा गरिने मानव साङ्गलो प्रदर्शन कार्यक्रम गरिने निर्णय स्वरुप यो गरिएको हो ।
हुलाकी राजमार्गमा ११५५ किमि लामो मानव साङ्लो बनेको हो । यसभन्दा पहिले अहिले सम्मकै सबैभन्दा लामो मानव साङ्लो सन् २०१० मा बङलादेशमा बनेको थियो । उक्त मानव साङ्लो १०५० किमि लामो थियो ।
मानव साङ्लोको बनाएर विश्वकै ध्यान मधेशको मुद्दातर्फ आकृष्ट गर्ने र मधेशको मुद्दासँग सबैलाई परिचित गराउने उद्देष्य रहेको आन्दोलनरत मोर्चाले जनाएको छ ।
कहाँ(कहाँ पर्छ हुलाकी मार्ग रु
हुलाकी राजमार्गले तराईका १७ जिल्लालाई छुन्छ । झापामा चन्द्रगढी(चारआली(केचनालाई हुलाकीमार्ग भनिन्छ भने मोरङमा कानेपोखरी(रंगेली सडकलाई हुलाकी मार्ग भनिन्छ । त्यस्तै सप्तरीको बर्साइन(सूवर्णपट्टी, धनुषाको यदुकुवा(महिनाथुर र जनकपुर(यदुकुवा हुलाकी मार्ग परियोजना अन्तरगत पर्दछ । जनकपुर जताही र भिट्टामोढ क्षेत्र पनि यसै अन्तरगत पर्दछ ।
महोत्तरीको जलेश्वरदेखि हर्दिनगरसम्मको बाटो पनि यसैअन्तरगत पर्छ । महोत्तरीको गौशालाबजारदेखि साम्सी, सर्लाहीकार बरहथ्वा(मधुवनी, बाराको तामागढीदेखि सिम्रौनगढ र कलैयादेखि मतियार्वासम्म हुलाकी मार्गअन्तरगत पर्दछ । त्यस्तै बाँकेको नेपालगञ्ज(बगौडा र बर्दियाको गुलरिया मूर्तियाको बाटोलाई हुलाकी मार्गका रुपमा चिनिन्छ । कैलालीको लम्की(टीकापुर(खकुराउला एवं सती(भजनी(धनगढी मार्ग पनि हुलाकी राजमार्गअन्तरगत पर्छ । दाङको लमहीदेखि कोइलाबास र पर्साको वीरगञ्जदेखि ठोरीसम्मको बाटोलाई पनि हुलाकी राजामार्गका नामले चिनिन्छ ।


सुगाका युवाहरु सुगाबाटै सहभागी हुदै

जलेश्वरमा मानव साँगोलमा सहभागी भएकाहरु

जलेश्वरमा मानव साँगोलमा सहभागी भएकाहरु

जलेश्वरमा मानव साँगोलमा सहभागी भएकाहरु

जलेश्वरमा मानव साँगोलमा सहभागी भएकाहरु

सुगाका युवाहरु जलेश्वरमा मानव साँगलोमो रमाउदै

सुगाका युवाहरु जलेश्वरमा मानव साँगलोमो रमाउदै

सुगाका युवाहरु जलेश्वरमा मानव साँगलो पश्चात छलफल गदै