الجمعة، 2 أكتوبر 2015

वेलकम इण्डिया भन्दै मुस्लिम समुदायले निकाले जुलुस

वेलकम इण्डिया भन्दै मुस्लिम समुदायले निकाले जुलुस
महोत्तरी समाचारदाता
जलेश्वर, असोज १५ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ विकास समितिमा मुस्लिम समुदायले पनि भारतको भुमिकाको सराहना गर्दै वेलकम इण्डिया भन्दै जुलुस प्रर्दशन गरेको छ ।
सयौं मोटरसाइकलमा सवार मुस्लिम समुदायका युवा, वृद्ध, बालबालिकाहरुले जय मधेश, वेलकम इण्डिया, मधेशको माँग पुरा गर जस्ता नाराबाजी गर्दै जलेश्वर सहित भिठामोड, मटिहानी, धिरापुर, बरदाहा, भ्रमरपुरासहित विभिन्न गाविसमा पुगेर प्रर्दशन गरेको थियो ।
विगत ५० दिनदेखि बन्द रहेको  मधेशको माँग पुरा नगरेको भन्दै सरकारप्रति आक्रोशित देखिएका मुस्लिम समुदायले भिठामोडमा पुगेर आन्दोलनमा शहादत दिएकाहरुप्रति श्रद्धाञ्जली दिएको थियो ।
विगत डेढ महिनाभन्दा बढीसमयदेखिको बन्दले मधेशको जनजीवन पूर्णतः प्रभावित बन्दै गएको छ । विद्यालय खुल्न सकेको छैन् भने पसल र यातायात पूर्णत बन्द छ ।




ليست هناك تعليقات:

إرسال تعليق