जितिया पर्वको सान्दर्भिकता (आलेख)
जितिया ब्रतको कथा सारः
जितिया ब्रत कथालाई जितबाहनको कथा पनि भनिन्छ । यो कथा परापूर्वकाल
देखि प्रत्येक बर्ष जितियामा ब्रत बस्ने महिलाहरुले अनिवार्य सुन्नै पर्ने
हुन्छ । यो कथा नसुन्ने ब्रतालुहरुको ब्रत अपुरो भएको मानिन्छ । वास्तवमा,
यो कथा एउटा पौराणिक तथा नैतिक कथा हो । यसले ब्रतालुहरुलाई अनुशासित र
कर्तव्यपरायण बनाउनमा निकै महत्वपूर्ण भूमिका खेल्छ । यो कथाको पुरा अंश
भन्न सात आठ घण्टा लाग्छ तर अचेल एक दुई घण्टामै पनि सिध्याइन्छ । कथालाई
मुख्य दुई खण्मा ब्याख्या गरिन्छ । ती दुई खण्डमा पनि अन्य सहायक खण्डहरु
छन् । यहा“ पहिलो खण्डको मात्र सारांश उल्लेख गरिएको छ । कथा अनुसार एउटा
छुट्टै संसारमा छुट्टै राज्यको उदय हुन्छ जहा“ दुई वर्गको पनि अस्तित्व
हुन्छ । एउट वर्ग राजखान्दान र अर्को रैति । सोहि राज्यमा एउटा अविवाहित
बुढीकन्याले कुनै पुरुषको संसर्ग विना नै एउटा छोराको जन्म दिन्छ । उमेर
पाको भएकोले सबैले ती कन्यालाई “मस्वासी बुढीया” भन्थे र उनको छोरोलाई
“मस्वासी बुढीयाको छोरा” । बुवाको कुनै अत्तोपत्तो नभएकोले छोराको नामाकरण
नै भएन । आमाले छोरालाई “बबुवा” भनी सम्बोधन गर्थे । हुर्किदै बढ्दै जाने
क्रममा त्यो बालक अति नै तीक्ष्ण बुद्धि भएको र निकै प्रतिभावान बन्दै गए ।
जुनसुकै खेलकुदमा उसलाई हराउन सक्ने कोही पनि भएन । राजखन्दानका
बालकहरुस“ग खेल्ने क्रममा पनि सबैलाई जित्दै जान्थे । हारेको रिस पोख्ने
क्रममा ती राजखान्दानका बालकहरुले उनलाई निकै पिट्थे । तर एकदिन पिटाइसगै
गाली गरे । उनलाई भनिएको थियो– “बिना बाउको छोरो” । त्यो बचन बाणको शब्दले
उनी निकै रोए । ऊ सधंै झंै रु“दै घर आउ“थे तर त्यस दिन आमाबाट आफ्नो बाबाको
बारेमा जान्ने अडान लिन्छ । केही सीप नलागी आमाले बाध्य भएर आफ्नो जीवनमा
घटेको घटनाको वृतान्त सुनाउ“छिन् । वास्तवमा उक्त गरीब बुढी एक्लै बस्थे ।
एकदिन राजपरिवारका सदस्यको क्रियाक्रमका लागि बुढीलाई पनि रक्सी बनाउन धान
ल्याइ दिएका हुन्थे । तर वर्षात को मौसमका कारण धेरै दिन झरी बादल लागेर
धान सुकाउन नपाएकोले बुढीले भगवानको जप गर्दै जसरी भए पनि धान सुकाउने
व्यवस्था मिलाई दिन प्रार्थना गरिन् र आफ्नो भाकल पूरा भए पछि आफूले
भगवानले चाहेको कुरा अर्पण गर्ने भाकल गरिन् । भाकल पुरा भएपछि बुढिले
आफ्नो बाचा बिर्सिइन् जसले गर्दा भगवानले श्राप दिदै घरको करेसाबारीमा
पिसाब फेरिदिए । पिसाबबाट हरियो लहलहाउ“दो साग उब्जियो तर श्रापको कारणले
वरिपरिका सबै तरकारीका बोट सुकेर गए । तरकारीको अनिकालमा बुढिले भगवानले
पिसाब फेरेको ठाउ“मा उम्रेको साग पकाएर खाएपछि सोही दिन देखि गर्भवती भएको
सबै कहानी बुढिले आफ्ना छोरालाई बताउ“दै “बाबु तिम्रो बाबा स्वयम् भगवान नै
हुन्” भनी आश्वस्त पारिन् । अब भने छोराको मन शान्त त भयो तर छोराको अर्को
अडान बुढीआमाले थेग्न सकेन । वास्तवमा छोराले लिएको अडान थियो “बाबाको
खोजी गरेर आफ्नो नामाकरण गराउने” ।
केही सीप नलागी बुढीआमाले आफ्नो एक्लो सहारा आफूबाट टाढा पठाउन बाध्य
भईन । त्यो केटो बर्षौ सम्म बाबाको खोजीमा भौतारिदै गए र त्यस क्रममा उनले
थुप्रै थुप्रै दुःख र पीडामा बा“चीरहेका मानव र पशुपंक्षीहरुलाई भेटे र
सबैको आग्रह बमोजिम उनीहरुको दुखको कारण र त्यसबाट मुक्त हुने उपाय पनि
भगवानबाट पत्ता लगाउने आश्वासन दिदैं गए । कठोर यात्रा पछि उनी त्यस्तो
ठाउ“मा पुगे जहा“ समुद्र पार गर्न सकेको खण्डमा आकाशको र धर्तीको मिलन हुने
क्षितिज फेला पर्छ । त्यसै ठाउ“बाट आकाश मार्ग भएर उनले भगवानलाई भेट्न
सफल भए । उनी देवी देवताको रथ गुड्ने बाटोमा कुरेर बसे । त्यस बाटो भएर
गुड्ने सबै रथ रोक्दै “भगवान को हो ?” भनी सोध्थे । देवी देवताको रथ रोक्न
सक्ने बालक कुनै साधारण बालक हुनै नसक्ने अड्कलकासाथ सबैले भगवानकै छोरा
भनी परिचय पाउ“थे । अन्तमा त्यो बालकले भगवानको पनि रथ रोकी दिन्छ । भगवान
पनि अचम्ममा पर्दै “को हौ तिमी” भनी सोधे । बालकले आमाको सबै कथा सुनाएर
उनकै छोरा भएको पुष्टि गरेपछि भगवानले पनि आफ्नै छोरा स्वीकार गरी काखमा
राखी मुख्य उद्देश्यको बारेमा सोध्छन् । आफ्नो छोरा पहिचानको लागि यति
संघर्ष गरी भेट्न आएको थाहा पाई नामाकरण गरी पहिचान दिन्छन्– “आजै देखि
तिम्रो नाम ‘जितबाहन’ भयो, संसारका सबै प्राणी जगतले तिम्रो नाममा ब्रत
बस्नेछ ।” त्यति मात्र नभई बालकले यात्राको क्रममा भेटिएका सम्र्पूण पिडित र
दुखीहरुको रहस्य पनि भगवानबाट थाहा पाए अनि त्यसबाट छुटकारा दिलाउने उपाय
पनि आशिर्वाद स्वरुप पाए । फर्किने क्रममा पहिले आफूले भेटेका सबै दुखी
प्राणीहरुलाई उनीहरुका दुखका रहस्य र मुक्तिको उपाय भन्दै गए । वास्तवमा ती
दुखीहरुको दुखको कारण उनीहरुको पूर्वजन्मको फल नभई यहि जन्ममा गरेको
कुकर्मको फल हो भनी बताउ“दै फर्के । उनले दिएका ज्ञानगुनका उपदेशहरु
यसप्रकारका छन् “आफ्नो व्यक्तिगत मात्र नभई अरुको सरसफाइमा पनि ध्यान
दिनुपर्ने, वातावरण सरसफाइमा ध्यान दिनुपर्ने, पाहुनाहरुको सत्कार
गर्नुपर्ने, अरुको बालीनाली मास्न नहुने, बाटोघाटो मास्न नहुने, आफ्नै
खाद्यान्नमा चित्त बुझाउनु पर्ने, आफूले जानेका ज्ञानगुनका कुराहरु अरुलाई
सिकाउनु पर्ने, छोराछोरीको विवाह समयमै गरिदिनु पर्ने” इत्यादि हरेक
उपदेशको छुट्टाछुट्टै पट्कथाहरु पनि जितियाको कथाको यस खण्डमा रोचक तरीकाले
बयान गरिन्छ ।
वर्तमान समयमा कथाको सान्दर्भिकताः
थारु समुदायमा जितियाको ब्रत बसेका ब्रतालुहरुले सुन्ने जितबाहनको कथा
निकै महत्वपूर्ण मानिन्छ । निष्ठापूर्वक ब्रत बसी बेलुकाको समयमा
जितबाहनको कथा सुन्ने महिलाहरु जीवनभरी नै अनुशासित हुन्छन् । महिलाहरुलाई
मात्र नभई पुरुष वर्गलाई पनि कथाले विभिन्न व्यवहारिक ज्ञान सिकाउ“छ र
व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनका लागि कथाले महत्वपूर्ण भूमिका
खेल्दछ । बाबाआमाले आफ्ना छोराछोरीले बिराएको समयमा “तिमीले जितियाको कथा
सुनेनौं ?” भनी झक्झकाउने गर्दछन् । वर्तमान समयमा नैतिकताको खडेरी पर्न
थालेको बेलामा थारु लगायत जितिया पर्व मनाउने सबै समुदायलाई जितियाको या
जितबाहनको कथाको माध्यमबाट नैतिकवान बनाउन सकिन्छ । पहिचानको वकालत
गर्नेहरुले समेत जितबाहनले चाहेकै जस्तो पहिचान खोजीरहेका प्रसंग पनि मिल्छ
। कथाअनुसार आफ्नो नाम या पहिचानका लागि भगवानलाई भेट्न हिडेको केटोले
आफ्नो नामाकरण मात्र चाहेको भए उसले बाटोमा भेटेका दुःखीहरुको पीडालाई कम
गर्न सक्ने थिएन । तर उनले पाएको अधिकार सहितको पहिचानले सबैको दुःख
पीडाबाट मुक्तिको मार्ग पहिल्याउन सफल भए । देशको वर्तमान परिस्थितिमा
पहिचान पक्षधरले चाहेको पहिचान पनि यस्तै खालको अर्थात सबै वर्ग, जाति,
लिंग, धर्म, क्षेत्रको पीडा कम गर्न सक्ने खालको पहिचान हो । यसकारण पनि
जितबाहनको कथा एउटा पौराणिक कथा भएता पनि समय सान्दर्भिक रहेको देखिन्छ ।
समाप्त ।।।
ليست هناك تعليقات:
إرسال تعليق