Tuesday, September 9, 2025

एलै शुभके लगनवा.....

 


नागेन्द्रकुमार कर्ण

 शुभके लगनवा शुभे हो शुभे । आज वुधबार भदौको २५ गते । सोमबार र मङ्गलवार भएको जेनजी पुस्ताको आन्दोलनपछि आज विहानैदेखि यसक्षेत्रमा पानी परिरहेको छ । नयाँ विहानीसंगै नयाँ शुरुवात । सुक्न लागेको खेतको गरालाई भिजाउने पानीले स्वागत । दुईदिनको आन्दोलनले चिन्ता र चासो दुवै बढाएको छ ।

हामीेले भविष्यका कर्णाधार भनेका २४ जना सपुत गुमाएका छौं । राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भौतिक संरचना जलेर नस्ट गरेका छौं । ति आगोको मुस्लोमा नेपालका इतिहासदेखिका शासकीय संरचनाका सबै अभिलेखहरु धुँवा बनेर उडेको छ । अझै पनि देशमा के हुने हो नहुने हो अनिश्चितता छ । देशभर चर्किएको अराजक वातावरणबीच नेपाली सेनाले विशेष सुरक्षा प्रक्रिया लागू गरिसकेको छ । राज्यका महत्वपूर्ण संरचनाको सुरक्षा र जनस्तरमा स्थायित्व कायम राख्न सेना खटिएको हो । ठाउँ ठाउँमा स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको अवस्था छ । शासन सम्हाल्ने एक जना व्यक्तिको अहंका कारण कुनै देश कसरी बर्बाद हुन्छ भन्ने उदाहरण हाम्रो देश बनेको छ । अब यो पनि नेपालको इतिहासमा एउटा स्वर्णीम अक्षरले लेखिने छ तर सोचे जस्तो भने भविष्यको गणतव्य देखिएको छैन । सहज भने देखिने छाँटकाँट छैन । गुनासो थियो व्यवस्था सँग, भ्रष्ट नेता सँग, भ्रष्टाचारीसँग तर देशको अवस्था कतिसम्म निरिह थियो भने देश जलिरहेको थियो निभाउने दमकल थिएन, सुरक्षाकर्मी थिएन । हो, नेपाली सेनाको मङ्गलवारको भूमिका गौरवान्वित थियो । त्यसको लागि नेपाली सेना तथा नेपाली सुरक्षाकर्मीहरुलाई धन्यवाद दिनै पर्छ । नेपालका मुटु भनिने सिंहदरवार जल्दा पनि सुरक्षानिकाय मौन बस्नु भनेको आन्दोलनलाई उनीहरुको पनि आवश्यकता र साथ थियो भनेर बुझन सकिन्छ । जेनजीका पुस्ताहरु अलिकति पनि संयमता अपनाएको भएँ देशको अहिलेको अवस्था फरक हुने थियो । सरकारले दमन गर्दा सोमबार एकै दिन १९ जनाको मृत्यु भएको थियो भने मङ्गलवार थपको मृत्युसँगै अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ । सयों घाइते अवस्थामा उपचारमा छन् । कतिपयको अवस्था अझै पनि चिन्ताजनक छ । मङ्गलवार स्थिति यति भयावह थियो कि आगो लाग्दा निभाउनका लागि कुनै पनि दमकलहरु थिएन । एम्बुलेन्स थिएन । सुरक्षाकर्मी आफै ज्यान जोगाउन अभिसप्त थिए ।  मृत्यु भएकाको युवाको फोटो बोकेर जेन–जी भनिरहेका थिए, ‘हामीले साथी गुमायौं । हो हामीले आगो लगायौं । तर यो देश बनाउने जिम्मा पनि हामी लिन्छौं,। यो सकारात्मक हो तर यसले मात्रै देशको समस्याको निकास देला त ? असुरक्षा र अनिश्चितताबीच शासनको दिशा, सम्भावित अन्तरिम नेतृत्व र सत्ता सन्तुलन के हुने हो ? अबको राजनीति के हुने हो ? देशको वागडोर कसको हातमा जाला यो वहस भने तेज भएको छ । 

अहिले सत्ताको वागडोर सम्हालने सुचीमा सर्वप्रथम नाम काठमाण्डौंका मेयर वालेन साहको आइरहेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको नाम सम्भावित अन्तरिम सरकारको प्रमुखका रूपमा चर्चा हुँदैछ। अर्कोतर्फ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्याधीश सुशिला कार्की, राजा ज्ञानेन्द्रलगायतका चर्चा यो सुचीमा छ । जेनजीले अहिलेसम्म पनि यसमा कुनै कुरा खोलेको छैन । हाम्रो देश सधै अस्थिरताको भूमरीमा नै रहे । अहिले पनि त्यस्तै अवस्था छ । सन् २००८ मा ज्ञानेन्द्र साहको वर्हिगमनसंगैको १७ वर्षमा हामीले १५ प्रधानमन्त्री बनायौं । यसले पनि बुझन सकिन्छ देशको अस्थिरता । यसले नै युवाहरुलाई जेनजी पुस्ताहरुलाई मर्माहत बनाएको । १७ वर्षमा १५ प्रधानमन्त्री । यतिको अस्थिर कुनै मुलुक छैन । तिन पल्ट केपी शर्मा ओली, तिनपल्ट प्रचण्ड, दुई पल्ट शेरवहादुर देउवा , माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, शुसिल काइरालालगायतकाहरु प्रधानमन्त्री भएँ । जसरी ज्ञानेन्द्रको हठको कारणले राजशाही गयो त्यसरी नै एकजना नेताको हठको कारणले अहिले लोकतन्त्र र गणतन्त्र मृत्युशैयामा छ । मृत्यु शैयाबाट देशलाई जोगाउने काम पनि जेनजी पुस्ताकै काँधमा पुगेको छ । यसको निकास आज हुने छ भने विश्वास गरौं । हाम्रो देश पाकिस्तान होइन जहाँ सेनाले देशको सत्ता आफ्नो हातमा लेओस तर जति क्षति हामी पु¥याउँछौं सेनाले सत्ता हातमा नलेला भन्न सकिन्न । त्यसैले जेनजी पुस्ताले जुन उद्देश्यका साथ आन्दोलन थालेको थियो । सो मा लाग्न जरुरी छ । 

जय हाे जेनजीका पुस्ताहरु ।

वो जब आईना देखेगा उसे शर्मिदगी होगी ,
मैं उसकी आँखों में ऐसा नज़ारा छोड़ आया हूँ !

No comments:

Post a Comment