Thursday, September 18, 2025

संविधान दिवसमा प्रभातफेरी


महोत्तरी समाचारदाता 

महोत्तरी, असोज ३ गते । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा प्रभातफेरी गरिएको छ । 

जिल्ला स्तरीय कार्यक्रम आयोजक समिति महोत्तरीका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख सुमन कुमार लाल कर्णको अध्यक्षतामा भएको प्रभातफेरी कार्यक्रमपश्चात कोणसभा गरिएको थियो ।

जलेश्वरस्थित प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिरको प्राङ्गणबाट शुरु भएको प्रभातफेरी नगरको परिक्रमा गर्दै जिल्ला समन्वय समितिमा गएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा जिल्ला समन्वय समितिका प्रमुख सुमन कुमार लाल कर्ण तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले संविधान दिवसको शुभकामना दिनुभएको थियो ।

कोणसभामा नेपाली जनताको त्याग र बलिदानबाट दोश्रो संविधानसभाबाट नेपालको संविधान २०७२ जारी गरेको वताउनुहुदै संविधानसभाबाट २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधानको अवसरमा आजको दिनलाई राष्ट्रिय दिवस भनेर घोषणा गरिएको जानकारी दिइएको थियो ।

प्रभातफेरीमा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु, सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मीसहित सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । 




No comments:

Post a Comment