२३ भदौ २०८२, सोमबार
काठमाडौं, भदौ २३ गते । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध
अर्थात् पितृ पक्ष आज (सोमबार) देखि विधिवत् आरम्भ भएको छ ।
पशुपतिनाथ लगायत विभिन्न मठमन्दिरमा पूजा गरी मनाइन सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।
यता जनकपुरधाम समाचारदाता लक्ष्मी चौधरीका अनुसार भदौ शुक्ल
पूर्णिमादेखि सुरु हुने पितृपक्षको पहिलो दिन जनकपुरधामस्थित गङ्गासागरमा तर्पण
दिनेहरूको घुइँचो लागेको छ।
सोह्र श्राद्ध प्रारम्भको अघिल्लो दिन आइतबार पूर्णिमाको बिहानैदेखि
गङ्गासागरमा स्नान श्रद्धालु भक्तजनहरुको घुइँचो देखिएको हो । यसरी पवित्र जलायमध्ये
एक मानिने गङ्गासागरमा प्रत्येक वर्ष भदौ शुक्ल पूर्णिमाको दिन पितृ तर्पणमा
सहभागी हुन नृवपाल तथा सीमावर्ती क्षेत्र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरु
आउने गर्छन् ।
मिथिलामा असोज कृष्णपक्षलाई पितृपक्ष मानिए पनि भदौ पूर्णिमाकै दिन
देवर्षि तर्पण गर्ने परम्परा छ । यस दिन कुलदेवता, ग्रामदेवता र देवर्षिलाई आमन्त्रण गरी तर्पण
दिइएपछि भोलिदेखि आफ्ना दिवंगत पितृहरूको श्राद्ध गरिन्छ ।
गङ्गासागरमा देखिएको भीड धार्मिक कर्तव्य मात्र नभई सामाजिक
मेलमिलापको अवसर पनि बनेको छ । तर्पण दिन आएका शशी साहले भन्नुभयो, “हाम्रा पुर्खाहरू
पनि यही गङ्गासागरमा तर्पण दिन आउनुहुन्थ्यो । अहिले हामी पनि यहीँ आउँछौं, किनकि धार्मिक
दृष्टिले गङ्गासागरको छुट्टै महत्व छ ।”
पितृपक्षका बेला मिथिलाका नदी र तलाउका घाटमा तर्पण दिनेहरुको भिड
देखिन्छ ।
Souce : Gorkhapatraonline
No comments:
Post a Comment