Tuesday, September 9, 2025

प्रधानमन्त्री पदबाट के.पी. शर्मा ओलीको राजिनामा

 


 २४ भदौ २०८२, मङ्गलबार

काठमाडौं, भदौ २४ गते । प्रधानमन्त्री के.पी. शर्मा ओली प्रधानमन्त्री पदबाट राजीनामा दिनु भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले प्रधानमन्त्रीको सचिवालय सञ्चालन गरेको समूहमा सो जानकारी दिनु भएको हो । उहाँले सो जानकारी २ बजेर २४ मिनेटमा दिनुभएको छ ।

संयोजक सिलवालले प्रधानमन्त्रीले राजीनामा दिनु भएको पुष्टि गर्नुभएको छ । 

 मधेश प्रदेशका मुख्यमन्त्री सिंह द्वारा पदबाट राजीनामा


 धनुषा । जनमत पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिनुभएको छ।

सिंहलाई मुख्यमन्त्री पदबाट राजीनामा गर्न जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले निर्देशन दिनु भएको हो।
मुख्यमन्त्री सिंहले प्रकृया पुर्‍याएर मंगलबार नै पद छोड्ने बताउनुभयो । मुख्यमन्त्री सिंहले पार्टी अध्यक्ष राउतको सल्लाहमै आफू पदबाट राजीनामा गरेको बताउनुभयो ।
जनताले नै चुनेर हामीलाई यो ठाउँसम्म पुर्‍याएको हो, मुख्यमन्त्री सिंहले भन्नुभयो, ‘जनताभन्दा ठूलो कोही पनि छैन । जेनजेडको आन्दोलनमा जुन प्रकारको क्षति भएको छ, त्यसले दुखी बनाएको छ । जनता आक्रोशि छन् ।
जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई दिइएको समर्थन पनि फिर्ता लिइएको जानकारी दिनुभयो ।

वक्तव्यको पूर्ण पाठ
देशभर जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान जानु मेरो लागि असह्य पीडा र गहिरो दुःखको विषय बनेको छ । दिवंगत आत्माहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
जनताको विश्वास र मतबाट निर्वाचित भएर जनप्रतिनिधि बन्नु मेरा लागि जीवनकै ठूलो गौरव थियो । तर नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ। नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु ।
संविधानले प्रत्येक नागरिकलाई प्रदान गरेको शान्तिपूर्ण आन्दोलनको अधिकारलाई सम्मान गर्दै, समस्या समाधानको एक मात्र बाटो संवाद, आपसी समझदारी र सहकार्य हो भन्ने मेरो दृढ विश्वास कायम रहनेछ।
म मुख्यमन्त्री रहँदा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग र साथ दिनु हुने सम्पूर्णमा हृदयदेखि आभार व्यक्त गर्दछु । साथै यो महत्वपूर्ण जिम्मेवारी बहन गर्ने अवसर प्रदान गर्नु भएकामा जनमत पार्टीका श्रदेय राष्ट्रिय अध्यक्ष माननीय डा. सिके राउतज्यू सहित पार्टीका सबै समिति, नेता, कार्यकर्ताहरुप्रति कृतज्ञता प्रकट गर्दछु।

धन्यवाद।
जय मधेश ।
सतिश कुमार सिंह

 

No comments:

Post a Comment