महोत्तरी समाचारदाता (नागेन्द्रकुमार कर्ण)
महोत्तरी, भदौ २५ गते । जिल्ला कारागार महोत्तरीले कारागारबाट भागेका
कैदीवन्दीहरुलाई स्वेच्छाले कारागार फर्किन आग्रह गरेको छ ।
महोत्तरी र धनुषा जिल्लाको लागि रहेको एकमात्र कारागार जलेश्वरका निमित्त कार्यालय प्रमुख रविनचन्द्र ठाकुरले वुधबार साँझ एक अपिल जारी गर्नुहुदै २४ घण्टा भित्र स्वेच्छाले कारागार फर्किन आग्रह गर्नुभएको हो ।
यही भदौ २४ गते साँझ जेनजीहरुको आन्दोलनले गर्दा जलेश्वर कारागारमा
रहेका ५७७ कैदीवन्दीहरु मध्ये ५७६ कैदीवन्दी भागेका थिए । जेनजीहरुको आन्दोलनको
क्रममा अप्रत्यासित रुपमा कारागार कार्यालय महोत्तरीको बन्दीगृहमा भागमभाग
मच्चिँदा भागेका सम्पूर्ण कैदीवन्दीहरुलाई स्वेच्छाले २४ घण्टा भित्र कारागार
कार्यालयमा फर्किन हार्दिक अपिल गर्दछु अपिलपत्रमा उल्लेख गरेको छ ।
आफुखुशी वा स्वेच्छाले कैदीवन्दीहरु कारागारमा नफर्केमा कानुन वमोजिम
सजायको व्यवस्था समेत हुने अपिल पत्रमा उल्लेख गरिएको छ ।
कारागार प्रशासनका निमित्त प्रमुख रविनचन्द्र ठाकुरले तोकिएको समयमा
फर्किएका कैदीवन्दीहरुलाई विनाशर्त राखिने जानकारी दिनुहुदै त्यस्तो नगरिए थप सजाय
समेत हुने बताउनुभयो
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले मङ्लवार साँझ ७ बजे
लाठीसहित आन्दोलनकारीहरु आएपछि कैदीवन्दीहरु समेत पर्खाल भत्काउँदै भागेको
बताउनुहुदै जिल्ला कारागार जलेश्वरमा रहेको ५७७ कैदी वन्दी मध्ये एकजना बाहेक सबै
भागेको जानकारी दिनुभयो । उहाँले नभागेका एकजना कैदीवन्दीलाई जिल्ला प्रशासनमा
राखिएको जानकारी दिनुभयो ।
काठमाडौं जेनजी आन्दोलनका क्रममा हालसम्म देशभरिका प्रदर्शनकारी, प्रहरी र कैदीबन्दी
गरी ३० जनाले ज्यान गुमाएका छन्। २ सय ५३ जना विभिन्न अस्पतालमा उपचाररत रहेको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरणमा छ।
मन्त्रालयले दिएको पछिल्लो विवरणअनुसार अहिलेसम्म १ हजार ३३ जना घाइते
भएका छन्। ७ सय १३ घाइतेलाई डिस्चार्ज गरिएको छ भने ५५ जनालाई अन्यत्र रेफर पनि
मन्त्रालयले जानकारी दिएको छ।
सिभिल अस्पतालमा आएका ४३६ घाइतेमध्ये ३ सय ४४ जना उपचारपछि घर
फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ।
ट्रमा सेन्टरमा १ सय ६१ जना उपचारका लागि पुगेकामध्ये ५८ जना अझै
उपचाररत छन् भने ८ जनाको मृत्यु भएको छ।
भेरी अस्पतालमा उपचारका लागि आएका
२८ घाइतेमध्ये ५ जनाले ज्यान गुमाएका छन्। त्यहाँ
ज्यान गुमाउने कैदीबन्दी हुन्।
काठमाडौँको एभरेस्ट अस्पतालमा ३,
केएमसीमा २,
टिचिङमा १,
फ्रन्टलाइनमा ३ र बिपी धरानमा २ जनाको ज्यान
गुमेको हो।
हालसम्म २८ वटा अस्पतालमा उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले
जनाएको छ।
धादिङ कारागारमा गोली चल्यो, एक कैदीको मृत्यु
धादिङ कारागारभित्र कैदीबन्दीहरूले आगजनी गर्दै भाग्ने प्रयास गरेपछि
सेना परिचालन गरी गोली प्रहार गरिएको छ ।
फायरिङको क्रममा एक कैदीको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।
घाइतेहरुको उपचार धादिङ अस्पतालमा भइरहेको जनाइएको छ । मृत्यु हुनेको नाम ठेगाना
नखुलेको धादिङ अस्पतालले जनाएको छ ।
घाइते हुनेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका –१ का कपिल परियार, देवराज अधिकारी, नीलकण्ठ –७ का रामशरण परियार, गजुरी–८ का मेमबहादुर
तामाङ, धुनीबेशी –७ का डम्बरबहादुर दाहाल, गजुरी –७ का कृष्णबहादुर मोक्तान, नेत्रावती डबजोङ –५ का विकास गुरुङ रहेका छन् ।
कारागारमा कैदीहरुले रिहाइको माग गर्दै आगजनी गर्ने प्रयास गर्नुका
साथै नाराजुलुस र ढुंगामुढा गरेका थिए । आन्दोलनकै क्रममा गेटको ताला तोडी भाग्न
खोजेपछि सेनाले नियन्त्रणका लागि गोली चलाएको जनाएको छ ।
कारागार परिसरमा अहिले थप सुरक्षा सतर्कता अपनाइएको छ । सेना र
प्रहरीले स्थिति नियन्त्रणमा लिएको जनाएको छ ।
यसैबिच उत्पन्न हुन सक्ने असहज परिस्थितलाई मध्येनजर गर्दै जिल्ला
प्रशासन कार्यालय धादिङले आज साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म नीलकण्ठ
नगरपालिकाभित्र कफ्र्यू लागूहुने जनाएको छ ।
प्रशासनले कफ्र्यू अवधिभर जिल्ला सदरमुकाम धादिङवेशी पूर्वतर्फ इजारा
चौतारा, पश्चिममा धादिङवेशी–सल्यानटार सडक, उत्तरमा थोपलखोला र दक्षिणमा अरुङ खोलासम्मको क्षेत्रमा आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न
प्रतिबन्ध लगाएको छ ।
प्रशासनले कारागार सुरक्षा र जिल्लाको समग्र शान्ति–सुरक्षामा खलल
पुग्ने अवस्था देखिएकाले कफ्र्यू जारी गर्नुपरेको जनाएको छ । आदेश उल्लंघन
गर्नेहरूमाथि कानूनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।
यद्यपि, अत्यावश्यक सेवाका सवारी साधन,
एम्बुलेन्स,
दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पर्यटक, मानव अधिकारकर्मी, कूटनीतिक नियोगका सवारीसाधन तथा हवाई टिकट देखाउने यात्रुको आवागमनमा
सुरक्षाकर्मीमार्फत सहजीकरण गरिने प्रशासनले स्पष्ट पारेको छ ।
सुचारु हुने भयो त्रिभुवन विमानस्थल
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु हुने भएको छ । त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बसेको सुरक्षा समितिको बैठकले विमानस्थल पुनः
सुचारु गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
यसअघि उपत्यकामा जारी निषेधाज्ञा,
कर्फ्यू आदेश एवम् विषम परिस्थितिका कारण
विमानस्थलको सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै अर्को सूचना जारी नभएसम्मका
लागि विमानस्थल बन्द गरिएको थियो ।
उहाँका अनुसार विमानस्थल आवागमन गर्नुहुने यात्रुले वायुसेवा
कम्पनीसँग सम्पर्क गरी उडान समयबारे जानकारी लिन अनुरोध गरिएको छ ।
No comments:
Post a Comment