Monday, September 15, 2025

महोत्तरीमा भिषण डकैती, डाँका समुहको प्रतिकारमा तिन घाइते


महोत्तरी समाचारदाता

महोत्तरी, भदौ ३० गते । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको विसनपुरमा आइतबार राती डाँका समुहले एक घरमा लाखौं रुपैया वराबरको डकैत गरेको छ । सो क्रममा डाँकासँग प्रतिकार गर्ने तिनजना घाइते समेत भएका छन् । 

जिल्लाको मटिहानी नगरपालिका वडानं. ५ मझौराविसनपुरमा आइतबार राति १२ बजे तिन÷चार जनाको डाँका समुह घरेलु हातहतियारसहित मङ्गल महराको घरमा पसेका थिए । घरका सदस्यहरुलाई नियन्त्रणमा लिदैं डाँका समुहले लाखौं रुपैया बराबरको नगद, गरगहना लुटपाट गर्नुका साथै प्रतिकार गरेका घर सदस्यहरुलाई हतियार प्रयोग गरि घाइते समेत बनाएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो । 

उहाँले डाँका समुहको प्रतिकारमा घरधनी मङ्गल महराका श्रीमती ४२ वर्षिय शिला देवी, उनको छोरा २४ वर्षिय संजीव महरा तथा छोरी १८ वर्षिया मनिषा कुमारी घाइते भएका छन् । डाँका समुहले प्रतिकार गर्दा उनीहरुलाई घरेलु हतियारले घाइते बनाएको नगरप्रमुख मण्डलले घटना निरिक्षणपश्चात जानकारी दिनुभयो । उहाँले डाँकाको प्रतिकार गरेका एकजनाको हातको औला नै काटिदिएको छ भने दुई जनालाई टाउकोमा गहिरो घाउँ रहेको छ । 

उहाँले डाँका समुहको प्रतिकारमा घाइते भएको तिनैजनाको उपचारको लागि जनकपुरस्थित रामजानकी अस्पतालमा लगिएको र उनीहरु खतरामुक्त रहेको जानकारी दिनुभयो । 

वडाध्यक्ष मिश्री नायकले वडामा डकैती भएको जानकारी गराएपछि नगरप्रमुख मण्डल सहितका टोलीहरु घटनास्थलको निरिक्षण गर्नुका साथसाथै जनकपुर पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिनुभएको थियो । 

उहाँले अपराधिक क्रियाक्लापको कारणले नगरपालिकामा डरको माहौल सृजना गरेको जानकारी दिनुहुदै जेनजीको आन्दोलनपछि सुरक्षाकर्मीहरु समेत सुरक्षा दिन चुक गरिरहेको बताउनुभयो । मटिहानी नगरप्रमुख मण्डलले प्रहरीलाई आइतबार राति नै घटनाको जानकारी गराएपनि प्रहरी सोमबार बिहान ८ बजे मात्रै घटनास्थल पुगेको बताउनुहुदै यस घटनामा संलग्नहरुलाई समातेर कारवाहीको प्रक्रियामा लान सम्बन्धित निकायसँग आग्रह समेत गर्नुभयो । 

डाँका समुहको प्रतिकारमा घाइते भएका मङ्गल महराका छोरा संजीव महरा केही दिन अगाडी मात्रै वैदेशिक रोजगारबाट आएका थिए । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक शैलेन्द्रकुमार भट्टले घटनाको पुष्टि गर्नुहुदै डाँका समुहको खोजवीन गरिरहेको बताउनुभयो । 


No comments:

Post a Comment