सोनामाईमा ट्रयाक्टर पल्टिदा दुईको मृत्यु
महोत्तरी समाचारदाता
जलेश्वर, मङ्सिर २१ गते । महोत्तरी जिल्लाको सोनामाईमा शनिबार साँझ टयाक्टरमा च्यापिएर दुई जनाको मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा जिल्लाको सोनामाई वडानं. २ बस्ने वर्ष १५ का विश्वनाथ यादव र सोही स्थानका १६ वर्षिय अशोक यादव रहेको प्रहरीले जनाएको छ ।
खेत जोताएर फर्किने क्रममा उनीहरु नै चढेको ज१त ३७५५ नम्बरको टयाक्टर एक्कासी पल्टिदाँ उनीहरु त्यसमा च्यापिन पुगेका थिए । मृतकहरु मध्ये विश्वनाथको घटनास्थलमैं तथा अशोकको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।