संसदीय चुनाव झै विद्यालयको चुनाव सम्पन्न महोत्तरी समाचारदाता जलेश्वर, मङ्सिर २२ गते । महोत्तरी जिल्लाको अनकार गाउँ विकास समितिमा संसदीय चुनावको झल्को दिनेगरी विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ । जिल्लाको अनकार गाउँ विकास समितिको वडानं. ५ बेलामा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा संसदीय चुनावको झल्को दिने गरी निर्वाचन सम्पन्न भएको हो । शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचनमा सशस्त्र प्रहरीका निरिक्षक, नेपाल प्रहरीका नायव निरिक्षकको कमाण्डमा सुरक्षाकर्मी परिचालन गरिनुका साथै म्यादी प्रहरीकै पोशाकमा स्थानीय युवा, मतपत्र, मतपेटिका, डोरीले महिला र पुरुषको लागि छु सम्पन्न भएको चुनावमा महोत्तरीस्थित एक प्राथमिक बिद्यालयको व्यवस्थापन समितिका लागि भएको निर्वाचनमा एकदिनमै एक लाख रुपैया खर्च भएको छ । तत्कालिन अनकार गाउँ बिकास समिति वडा नम्बर ५ बेलास्थित राष्ट्रिय प्राथमिक विद्यालयका अभिभावकले निर्वाचनमा उम्मेदवारले नै सम्पूर्ण खर्च गर्नुपर्ने शर्त राखेका थिए । निर्वाचनमा खटिएकाहरुको भोजन, स्वागत, सत्कार र बाटो खर्चमा एक लाख रुपैया खर्च भएको प्रधानाध्यापक दशरथ महतोले बताए । सबैले देख्ने खर्च भनेको एक लाख रुपैया, बाँकिको खर्चबारे कसैलाई थाहा छैन । व्यवस्थापन समितिको अध्यक्ष निर्वाचित हुँदा गाउँ बिकास समितिमा रहेको विद्यालय जलेश्वर नगरपालिकाको १४ नम्बर वडामा परिणत भइसकेको थियो । अभिभावकहरुमध्ये १६४ जनाले मत दिई प्रवेशिका उर्तिण सेनी महतोलाई अध्यक्षमा निर्वाचित गराएका हुन । त्यही सात कक्षा उर्तिण प्रतिस्पर्धी लालकृत महतोले ५१ मत पाएका थिए । शान्तिपूर्वक निर्वाचन सम्पन्न गराउन सशस्त्र प्रहरीका निरीक्षक र नेपाल प्रहरीका नायब निरीक्षकको कमाण्डमा सुरक्षाकर्मीको परिचालन, मतपत्र, मतपेटिका, डोरीले महिला र पुरुषका लागि छुट्टाछुट्टै मतदानका लागि बाटो, करार सुरक्षाकर्मीले प्रयोग गरेका पोशाकमा स्थानीय युवाको परिचालनसहितका गतिविधिले स्थानीय निर्वाचनको झझल्को दिएको अभिभावक संजय सिंहले बताए । भित्रीरुपमा विजय सेनीलाई मधेश केन्द्रित दल तथा पराजित उम्मेदवारलाई सत्ताधारी दलका प्रतिनिधिहरुको समर्थन थियो । बैदेसिक रोजगारमा युवा पलायन भएका कारण मतदान गर्नेमा अधिकांश अभिभावक आमा नै थिए । निर्वाचनमा हुने खर्चका लागि उम्मेदवारबाट मनोयन दर्ता भएकै दिन खर्च राख्न लगाइएको थियो । विद्यालयमा बालबिकास केन्द्रका स्वयंसेवक, राहतबाहेक चार जना शिक्षक छन् । महोत्तरी जिल्लामा प्राथमिक विद्यालयको संख्या तीनसयभन्दा माथि छ ।गाउँमा एक गुटले मत रुख छापमा मात्रै दिनुस् भनिरहेका छन् भने अर्को गुटले मत दियो छापमा दिनुस्, म जितेपछि विद्यालयमा विकास गरेर देखाइदिन्छु भन्दै मत माँग्ने कार्यमा तिव्रता दिइरहेका छन् । ति मत माँग्ने कार्यमा जिल्लाका पार्टीगत नेताहरु पनि गइरहेका छन् भने आ–आफ्नो पक्षलाई जिताउनको लागि लविङ्ग शुरु गरिसकेका छन् । यी प्रचारबाजी जनता प्राथमिक विद्यालय अनकार बेलामा व्यवस्थापन समितिको अध्यक्ष पदमा निर्वाचित हुनको लागि भइरहेको छ । यो निर्वाचनमा स्थानीय अभिभावक सेनी महतोको नेतृत्वमा तथा लालकृष्ण महतोको नेतृत्वमा गरी दुई समूहहरु प्यानलसहित उत्रेका हुन् । व्यवस्थापन समितिमा अध्यक्ष सहित ४ जनाको लागि निर्वाचन आइतबार हुने भएको विद्यालयका प्रधानाध्यापक दशरथ महतोले जानकारी दिनुभयो । प्रचारबाजी गर्ने समय शनिबारसम्म मात्रै भएकोले पनि गाउँमा प्रचारबाजीलाई तिव्रता दिइएको स्थानीयहरुले जनाएका छन् । व्यवस्थापन समितिका अध्यक्षका उम्मेदवारद्वय मध्ये सेनी महतो तराई मधेश लोकतान्त्रिक पार्टी समर्थित हुन् भने लालकृष्ण महतो नेपाली काँग्रृेस समर्थित भएको बताइएको छ । स्थानीय युवा अशोक सिंहले गाउँमा विद्यालय व्यवस्थापन समितिको चुनाव नभई पार्टीगत चुनावको झल्को मिलिरहेको बताउनुहुदैं अहिले नै यस्तो तमाशा भइरहेको छ भने पछि कस्तो होला अनुमान लगाउन नै कठिन छ बताउनुभयो । उहाँले संसदीय चुनाव जस्तै गाउँमा प्रचारबाजीदेखि लिएर हरेक काम हुनुका साथसाथै जिल्लाका नेताहरु समेत आ–आफ्नो पक्षको लागि लविङ्ग गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पैसा खर्च गरेर बन्ने समितिले सेवा दिनुभन्दा मेवा नै बढी कमाउनमा लाग्छ, अनि पढाई कसरी राम्रो हुन्छ ।’ उहाँले पठनपाठनलाई सुचारु बनाउन, बातावरण बनाउन तथा विद्यालयमा अन्य आवश्यकीय सेवाको लागि विद्यालय व्यवस्थापन समितिको निर्वाचन भएपनि यसको उल्टो भइरहेको प्रति आपत्ति समेत जनाउनुभयो ।