الخميس، 11 ديسمبر 2014

नीजि विद्यालयका संचालकहरुले अनुमति दिन गरे आग्रह

महोत्तरी समाचारदाता जलेश्वर, मङ्सिर २२ गते । महोत्तरी जिल्लाका दुई दर्जन भन्दा बढी नीजि विद्यालयका संचालकहरुले विद्यालय संचालनको लागि अनुमतिपत्र प्रदान गर्न जिल्ला शिक्षा कार्यालय महोत्तरीसंग आग्रह गरेको छ । जिल्लाको दुई दर्जन नीजि विद्यालयका संचालकहरुले अन्य जिल्लामा पनि यस्तो प्रावधान रहेको भन्दै एक ज्ञापनपत्र दिई यस्तो माँग गरेका हुन् । जिल्ला शिक्षा अधिकारी अरविन्द लाल कर्णले जिल्लाको विभिन्न विद्यालयहरुमा अनुगमनमा गई अनुमति नलिएका विद्यालयहरुलाई धमाधम कारवाही गर्न थालेपछि नीजि विद्यालयका संचालकहरुले यस्तो माँग गरेका हुन् । जलेश्वरमै रहेका सिमवायोसिस स्कुलका संचालक सपन विश्वासले यो भन्दा अगाडीका शिक्षा अधिकारी प्रमोद साहको तोकादेशमा तथा जिल्ला शिक्षा कार्यालयकै निर्णय वमोजिम आफुहरुले दर्ताको प्रक्रिया अगाडी बढाएपनि एक्कासी जिशिअको सरुवा भएपछि अनुमतिपत्र लिन नसकेको बताउनुभयो । उहाँले जिशिअकै तोकादेशमा जिशिका महोत्तरीको लेखापाल तथा विद्यालयको अध्यक्षको नाममा संयुक्त मुद्दति खाता संचालन गरी धरौटीवापत पचास हजार जम्मा गरिसकिएको तथा राष्ट्रिय वाणिज्य बैंक जलेश्वर शाखामा चल्ती खाता समेत संचालन गरिसक्दा पनि अनुमतिपत्रको कुनै सुचना नै प्रकाशित नगरी एक्कासी कारवाही थालिएको बताउनुभयो । उहाँले जिशिकाको विधिवत प्रकृयामा रहेका विद्यालयलाई सञ्चालन गर्न अनुमति नदिई कारवाही स्वरुप शिक्षक, विद्यार्थी हाजिरी खाता नियन्त्रणमा लिनु उचित नभएको तर्क राख्दै संचालकहरुले अनुमतिको सुचना निकाल्नुपर्ने र त्यसमा सहभागी नहुनेलाई कारवाही गरे हुने बताउनुभयो । संचालकहरुले जिल्ला प्रशासन कार्यालय महोत्तरी, जिल्ला विकास समिति महोत्तरी, क्षेत्रीय शिक्षा निर्देशनालय हेटौडा, शिक्षा मन्त्रालय सिंहदरबार समेतलाई ज्ञापनपत्रको बोधार्थ दिइएको जनाएका छन् । यसरी ज्ञापनपत्र दिने नीजि विद्यालयहरुमा भाग्योदय इ.बो.स्कूल अनकार–४ बेला, लिटिल सोनामाई पब्लिक एकेडेमी सोनामाई–९, सिमबायोसिस इ.एकेडमी जलेश्वरन.पा.–४, सरपल्लो ग्लोरी इ.बो.स्कुल सरपल्लो, पारिजात इ.बो.स्कुल किसाननगर, बाबा वानेश्वर इ.बो.स्कुल पर्सादेवाड, पंकज ई.बो.स्कुल रधुनाथपुर, बालज्योति एकेडेमी गौशाला, ज्योतीशंकर इ.बो.स्कुल सोनमा, फ्लोरेन्स नाइटिङ्गेल गोरहन्ना, सरस्वती शिशु विद्या मन्दिर सोनुखरा, ड्रीम स्टार सरपल्लो, नेपाल पब्लिक, स्टार प्वाइन्ट सरपल्लो, जानकी युगान्तर रामगोपालपुर, सिद्धार्थ इ.बो.भ्रमरपुरा, मोर्निङस्टार कोल्हुवा, रामजानकी गौशाला रहेका छन् । त्यसैगरी आश इ.बो.पिपरा, होली फ्लावर पिपरा, न्यू सिद्धार्थ लोहारपट्टी, न्यू स्टार लोहारपट्टी, कल्पना बोर्डिङ्ग रामगोपालपुर, जीडी मेमोरियल नैन्ही, फ्लोरेन्स एकेडेमी बर्दिबास, ब्राइट फ्युचर एकडारा बेला, माइस्थान पब्लिक एकेडेमी माइस्थान, ज्ञानसागर बेलगाछी, शिवम पिपरा, मोर्डन शान्ति अनकार बेला, मोर्डन सरस्वती जलेश्वर १३, डिप एजुकेशन कोल्हुवा, एस.एम.ग्लोरी सोनामाई, सिंग्याही ग्लोरी सिंग्याही, गौरब ग्लोरी बिजलपुरा, ज्ञानज्योती गौशालाले पनि ज्ञापनपत्रमा हस्ताक्षर गरेको हो । त्यस्तै एमबी एकेडेमी मटिहानी, रामजानकी एकेडेमी बैरिया, पशुपति चिल्ड्रेन पशुपतिनगर, मोर्डन ग्यालेक्सी सम्सी, निरधन इ.बो.लक्ष्मीनिया, थर्ड आइ खैरबा, प्रज्वल शिशु माइस्थान, मोर्डन ब्राइट खयरमारा, न्यू क्रिएसन माईस्थान, ओम क्रिएटिभ लक्ष्मीनिया, सनराइज मझौलिया, मोडेल एकेडेमी हात्तिलेटले माँग सम्बोधनको लागि ज्ञापनपत्र वुझाएको हो ।

ليست هناك تعليقات:

إرسال تعليق