लागु औषधसहित दुई पक्राउ

महोत्तरी समाचारदाता
जलेश्वर, बैशाख २ गते । लागु औषधसहित शुक्रवार महोत्तरीको बर्दिवासमा दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा बर्दिवास –१ का कमलराज न्यौपाने र गुञ्जनारायण श्रेष्ठ रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ५२ वोतल कोरेक्स र ४ सय ३६ ओटा स्पास्मो प्रोक्सिम ट्याबलेट वरामद गरिएको कुरा इलाकाप्रहरी कार्यालय बर्दिवासका प्रही निरीक्षक लालगोबिन्द श्रेष्ठले वताए ।
उनीहरुले बर्दिवास क्षेत्रमा लागुऔषध विक्रि वितरण गर्ने गरेको सुराकीका आधारमा घरमा छापा मारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई शुक्रवारनै आगुऔषध विक्रि वितरण गरेको कसुरमा म्याद थपका लागि जिल्ला अदालत महोत्तरीमा पेश गरिने प्रहरीले जनाएको छ ।
न्यौपानेलाई यसअघि पनि लागु औषध सहित पक्राउ परी जिल्ला अदालत महोत्तरीले धरौटीमा रिहा गरेका थिए ।