महोत्तरी समाचारदाता
जलेश्वर, चैत २९ गते । पूर्वपश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको माइस्थानमा मंगलवार भएको सवारी दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था गम्भिर रहेको छ ।
काठमाण्डौंबाट काकडभिट्टा जाँदै गरेको मुनाल यातायातको ना ४ ख ४८२४ नम्बरको बस अनियन्त्रित भई माइस्थान – ३ मा पल्टिदाँ सो दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी गम्भिर घाइते हुनेहरुमा काठमाण्डु बौद्ध–६ बस्ने बबिता लामा, तेह््रथुम हाइकु –१ अमृता लिम्बु, सप्तरी पोर्ताहा –८ का सुन्दरदेवि सदा, इलाम बाघु –९ बस्ने धनकुमारी लिम्बु, ललितपुर –१४ बस्ने बटाल लिम्बु, बाँके कोहलपुर –८ बस्ने शंकर ओली,रहेका छन् । यीमध्ये बबिताको उपचार विराटनगर, शंकरको उपचार काठमाडौ अन्य चारको उपचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भईरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको वताइएको छ । अन्य घाइते २० जनाको बर्दिबासमा रहेको होप बर्दिबास अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनापछि चालक फरार रहेकोले चालकको खोजी भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरी जनाएको छ ।
स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
الاشتراك في:
تعليقات الرسالة (Atom)
ليست هناك تعليقات:
إرسال تعليق