महोत्तरी समाचारदाता
जलेश्वर, वैशाख २ गते । सिमावर्ती मधवापुरमा एकै टोलका ५ बालिकाको मृत्यु भएपछि सिंगै गाउँ नै शोकमग्न हुन पुगेको छ । महोत्तरी जिल्लाको सिमावर्ति नाका मटिहानी नजिकै रहेको भारतीय गाउँ मधवापुरमा शुक्रबार दिउँसो पोखरीमा नुहाउन गएको ५ बालिकाको डुवेर मृत्यु भए पछि शोकमा सिंगै गाउँ नै डुबेको छ ।
शुक्रबार सिमावर्ती मधवापुर स्थित एक पोखरीमा नुहाउन गएका बेला बालिकाहरुको डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारत विहारको मधवापुर प्रखण्ड अन्तर्गत पर्ने रामपुर गाउका इस्लामटोल घर भएका मोहम्मद हैदर राईनको छोरीद्वय वर्ष १८ कि इसरत खातुन र १३ वर्षिया नसीमा खातुन ,सोहि ठाउँका हनिफ राईनको छोरीद्वय १३ वर्षिया गुलनाज खातुन र ११ वर्षिया सहनाज खातुन र जनिफ राईनको ९ वर्षिया छोरी हसिना खातुन रहेका छन ।
शुक्रबार दिउँसो मधवापुर स्थित सशस्त्र प्रहरी वेश क्याम्पको नजिकै रहेको पोखरीमा नुहाइ रहेको बखत ति बालिकाहरुको डुवेर मृत्यु भएको स्थानियवासीहरुले बताएका छन ।
पौडी खेल्न नजान्ने ती बालिकाहरु पोखरीमा रहेको पानिको गहिराई थाहा नपाई नुहाउन खोजे पछि डुवेर उनीहरुको ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । बढदो गर्मीसंगै व्याकुल भएका बालिकाहरु नुहाउनका लागि पोखरीमा पसेका थिए ।
उनीहरुको शव पोष्टमार्टमाका लागि मधवापुर स्थित अस्पतालमा राखिएको भारतीय प्रहरीले जनाएको छ ।
एक साथै ५ जना बालिकाको मृत्यु भए पश्चात सो इस्लामटोल मात्रै होइन नेपाली मटिहानीका स्थानीय पनि शोकाकुल बनेका छन् । मृतकका वुवा आमा र आफन्तहरु रुदाँरुदैं मुर्छा पर्ने गरेको स्थानियहरुले बताए ।
स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
ليست هناك تعليقات:
إرسال تعليق