महतोको आलोचना गर्ने नाममा सिंगो मधेसलाई गाली गरियो
कांग्रेसका युवाको निश्कर्षः काठमाडौं र मधेस दुबैको गल्ती देखियो
१ माघ, काठमाडौं । नेपाली कांग्रेसका
केही युवा नेताहरुले हालै मात्र आन्दोलन भइरहेको मधेसको भ्रमण गरे । उनीहरु
मधेसको कोर एरियामा पुगे, जसको उनीहरुले प्रतिवेदन बनाइरहेका छन् ।
कांग्रेसका युवा नेताहरुले भ्रमणका क्रममा काठमाडौं र मधेसका केही गल्तीहरु
खुट्याएका छन् । यसै सन्दर्भमा अनलाइनखबरका लागि राजकुमार श्रेष्ठले कांग्रेस नेता विश्वप्रकाश शर्मासँग गरेको कुराकानी:
तपाईं भर्खरै मधेस यात्रा गरेर आउनुभएको छ । काठमाडौं र मधेसको दुरी कति रहेछ ?
अहिले संवादमा रहेका मधेस केन्द्रीत दलका
नेताहरुबाटै मधेसको सम्पूर्ण प्रतिनिधित्व हुन्छ भनेर बुझ्ने हो भने मधेस र
काठमाडौंको दुरी छैन भन्दा पनि हुन्छ । किनभने दुवै पक्ष एकै ठाउँ बसेर
छलफल गरिरहेका छन् । काठमाडौं र मधेसको भौगोलिक दुरी पनि केही किलोमिटर
मात्रै हो । तर, भावनात्मकरुपमा चाहिँ दूरी बढ्दै गइरहेको छ ।
मधेस र काठमाडौंलाईर् हेर्ने दृष्टिकोणमा दुई अतिवाद हावी भएको हो त ?
निश्चय नै ।
निश्चय नै ।
कसरी ?
फास्ट ट्रयाकबाट जाने क्रममा अलि बढी नै फास्ट भयो र दुर्घटना हुन पुग्यो
काठमाडौंले पनि ४/५ वटा गल्ती गरेको छ ।
कांंग्रेस सबैभन्दा ठूलो दल के कारणले भयो भने यसले मधेसमा सबैभन्दा बढी
सीट जितेको थियो । राजेन्द्र महतो वा महन्थ ठाकुरको कुरा नसुन्ने हो भने
पनि कांग्रेसले आफ्नै सभासदको कुरा सुन्नुपथ्र्यो । उनीहरुको भनाइ ठूलो
थिएन । हामी युवाहरुले पनि भनेका थियौं कि कम्तिमा केही दिन पर्खिएर
सम्बोधन गरौं । तर, फास्ट ट्रयाकबाट जाने क्रममा अलि बढी नै फास्ट भयो र
दुर्घटना हुन पुग्यो । काठमाडौंमा मैनवत्ति बल्यो, मधेसमा टायर बल्यो ।
त्यसैले पहिलो त्रुटी हामीले के गर्यौं भने केही दिन पनि पर्खिएनौं ।
दोस्रो, दुई बुँदे
संशोधन विधेयक जुन आएको छ, त्यो राज्यको निकायमा समानुपातिक सहभागिता र
जनसंख्याका आधारमा प्रतिनिधित्वलाई संविधानमा सुरुमै समाहित गरिदिएको भए
आन्दोलन यो रुपमा उठ्ने थिएन ।
हामीले विश्वको उत्कृष्ट संविधान भन्यौं ।
हो, कयौं विषयमा जापान, भारत र बेलायतको भन्दा राम्रो छ । तर, उत्कृष्ट
भन्दै गर्दा दुई वटा ट्याबलेट रेडी राख्यौं, जन्मनासाथ खुवाउनुपर्छ भनेर ।
त्यो भनेको यो दुईबुँदे संशोधन हो ।
तेस्रो, हामीले
सीमांकनको सवालमा मधेस केन्द्रीत दलहरु खुसी होलान् भनेर (प्रदेश नम्बर २)
आठ वटा जिल्ला राख्यौं । कांग्रेस र एमालेका सांसद त यसमा खुसी थिएनन् ।
तर, मधेसी दलहरु पनि खुसी भएनन् र अन्तत त्यो गलत सावित भयो । चुरे र कोशी
नगाँसेर सीमांकन गर्नु हाम्रो त्रुटी हो ।
यद्यपि म यो पनि मान्छु कि राई, तामाङ,
थारु, मगरले राज्य नपाउँदा सप्तरीदेखि पर्सासम्म मधेसीले राज्य पाए । तर,
त्यही कुरो बुझाउन पनि हामी मधेसमा गएनौं । संविधानमा भएका राम्रा कुराहरु
पनि मधेसका जनतालाई बुझाउन नसक्दा भ्रम उत्पन्न भयो ।
र चौथो त्रुटी,
काठमाडौंमा ब्याङ्केट ओढेर ब्लाक टी खाँदै हामीले मधेसको सन्दर्भमा बोल्यौं
। कसैले भन्यो, धोती कसैले भन्यो विहारी । कसैले यो, कसैले त्यो भन्यो ।
मैथिलीमा भनाइ छ ‘बचन विचार के बोली, बचनका हाथ न पाउ, वो ही बचन गरे औषधि,
वो ही बचन घाउ’ । हामीले यहाँ सिरकभित्र पसेर बोल्दै गर्दा उता चोट कति
पर्यो भनेर विचार नै गरेनौं । त्यसले मधेसमा घिऊ थप्यो ।
पाचौं त्रुटी के भयो
भन्दा आन्दोलनलाई नियन्त्रणमा लिने नाममा गोली चलाउँदा सुतेर घुँडामुनि
हान्न सकिन्नथ्यो ? तर, शीरमा, छातिमा लागेको छ । जलेश्वरमा पुग्दै गर्दा
कस्तो पीडा सुन्नुपर्यो भने ट्युशन पढ्न जाँदै गरेको रोहन चौधरी गोली
लागेर मरे । दुई दिनपछि उनका हजुरबालाई गोली लाग्यो ।
दुईजनाको शव जलाइँदैछ । चारतारे झण्डा
लिएर कांग्रेसका साथीहरु जान सक्ने अवस्था छैन । कांग्रेसको अफिस जलिरहेको छ
। यताबाट भनिन्छ कि, आत्मरक्षाका लागि गोली चलाउन बाध्य भए सुरक्षाकर्मी ।
ट्युसन पढ्दै गरेको विद्यार्थीबाट सुरक्षाकर्मीलाई कसरी असुरक्षा भो ?
यसरी हामीले एकपछि अर्को गल्ती गर्यौं,
जसले आन्दोलनमा मुद्धाहरुले भावनात्मक रुप लिए । मुद्दा, मुद्दाकै रुपमा
रहँदा हल गर्नु उचित हो । मुद्धाले भावनात्मकको रुप लियो भने दिर्घायु
हुन्छ । लामो समय जान सक्छ ।
काठमाडौंले त अझै पनि यो आन्दोलन मधेसीको होइन, अरु कसैले गरिदिएको हो भन्ने हिसाबले बुझेको पाइन्छ । के यो सोह्रैआना गलत बुझाइ हो ?
हो । मधेसका नागरिक ती हुन्, जसले
राजेन्द्र महतोलाई एउटा सिट जितेर संविधानसभामा जान योग्य देखेनन् । हामीले
वार्ता गर्दा पनि तिनै सांसदहरुसँग गर्नुपर्थ्यो, जो कांग्रेस, एमाले,
एमाओवादी वा जुनसुकै दलका हुन् । पहिला हामीले तीनलाई सुनेनौं, राजेन्द्र
महतोहरुलाई सुन्न खोज्यौं र सीमांकन गलत गर्यौं ।
त्यसपछि जब राजेन्द्र महतोहरुले आन्दोलन
उठाउँदै गए र अब साँच्चै राजेन्द्र महतोहरुलाई सुन्नुपर्ने बेला आयो ।
त्यसपछि हामीले भन्यौं, यीनीहरुसँग कुरा गरेर कहाँ हुन्छ, दिल्लीसँग कुरा
गर्नुपर्छ भन्यौं । त्यसैले हाम्रो नजर कहाँ गलत छ भने राजेन्द्र महतोजीहरु
नै प्रथम र अन्तिम हुन् भन्ने बुझाइ पनि गलत छ । र, यो सन्दर्भमा भारतलाई
मधेस केन्द्रीत दलहरुले कुनै न कुनै रुपमा संलग्न गराए र दशगजामा धर्ना दिए
। त्यो उनीहरुको तर्फबाट भएको गलत क्रियाकलाप हो ।
हिजो कांग्रेस, एमालेसहितका दलका
मधेसी सांसदलाई भाउ नदिनु गलत थियो भन्नु भो । अहिले फेरि राजेन्द्र
महतोहरुलाई मात्र भाउ दिइएको छ, के यो पनि गलत हो ?
उनीहरुको मात्र कुरा सुनेर गर्नुपर्ने
एकखालको परिस्थितिगत बाध्यता आइलागेको हो । तर, अहिले पनि हामी के गरिरहेका
छौं भने यसको बहुआयामिक पक्षलाई बिर्सिरहेका छौं ।
मधेस केन्द्रित दलहरु चुनाव हारेका हरुवाहरु हुन् भनेर मात्र हुँदैन अब
मधेस भन्दै गर्दा कांग्रेस अलग्गै छ,
जनताले दिएको मतका कारण । मधेस केन्द्रित दलहरु चुनाव हारेका हरुवाहरु हुन्
भनेर मात्र हुँदैन अब । उनीहरुको मुद्दा स्थापित भएका छन् । सही मुद्दा
गलत मान्छेको हातमा पर्यो भन्नुस् वा हारेकै मान्छेले सही मुद्दा उठायो
भन्नुस् । खुला सीमा छ, र भारतसँग रोटीबेटीको सम्वन्ध छ भन्छौं । त्यसैले
यो बहुआयामिक मधेसलाई हामीले कहिले एउटा चश्मा लगाएर हेर्ने, कहिले त्यो
खोलेर अर्को लगाएर हेर्ने गरिरहेका छौं । एकै ठाउँमा राखेर समग्रमा
विश्लेषण गर्न हामी चुकेका छौं ।
मधेस पनि त दोष मुक्त छैन होला नि ?
मधेसको पनि उत्ति नै दोष छ । उनीहरुले संविधानसभालाई सुरुमा नै बहिस्कार गरेर जानु पहिलो
गल्ती थियो । काठमाडौंलाई बुझ्ने उनीहरुको नजर गल्ती थियो । यो काठमाडौं,
त्यो काठमाडौं होइन, जहाँ श्री ३ को हुकुम चल्थ्यो । राजा महाराजाको शासन
थियो । यो काठमाडौं त त्यो काठमाडौं हो, जहाँ मधेसी व्यक्तित्व (डा. रामवरण
यादव) राष्ट्रपति भएर बस्नुभएको थियो । मधेस आन्दोलनको राप र तापले पनि
उहाँ राष्ट्रपति बन्नुभएको हो ।
दोस्रो गल्ती, उहाँहरु
माग्ने भन्ने मनोविज्ञानमा जानु भो । संविधानसभा कसैले माग्ने र कसैले दिने
थलो थिएन । सँगै बसेर रचना गर्ने थलो हो । कांग्रेसले भनेको मात्र हुन्छ
भन्ने थिएन, त्यसैले प्रस्तावनामा बहुलवाद लेखिएन । माओवादीले भनेको मात्र
हुनेवाला थिएन, त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा भएन ।
त्यसैले मधेस केन्दि्रत दलहरुले लेनादेना गरेर मिलाउनुपर्थ्यो ।
तेस्रो, उहाँहरुले
नाकाबन्दीलाई सहयोग गर्दै दशगजामा धर्ना दिनुभो । यो नाकाबन्दीले मुलुकलाई
भूकम्पले भन्दा बढी प्रताडीत बनाएको छ मुलुक । चौंथो, कतिपय सन्दर्भमा काठमाडौंलाई दबाव दिन दिल्लीतिर जानु भो । दिल्लीले दबाव दिएपछि काठमाडौंले मान्छ भन्ने मनोविज्ञानले काम गर्यो ।
पाँचौं, कांग्रेस र एमालेका मधेसीहरु आन्दोलनमा समर्थन गर्न चाहन्थे । तर, उनीहरुको झण्डा जलाइयो । कार्यालयमा तोडफोड गर्नु भो । छैठौं गल्ती, आन्दोलन शान्तिपूर्ण भन्ने अनि एउटा एम्बुलेन्समा जाँदै गरेको घाइतेलाई निकालेर तालिवानले जस्तो मार्ने काम गर्नुभो ।
त्यसैले मुद्दा ठीक हो । तर, उहाँहरुले अधैर्यता राखेर आन्दोलन सुरु गर्नु भो र अहिले पनि व्यवस्थापकीय कुरामा कमजोरी भइरहेको छ ।
त्यसैले मुद्दा ठीक हो । तर, उहाँहरुले अधैर्यता राखेर आन्दोलन सुरु गर्नु भो र अहिले पनि व्यवस्थापकीय कुरामा कमजोरी भइरहेको छ ।
काठमाडौैंमा लगातार निष्कर्षविहीन
वार्ताहरु भइरहेका छन् । मधेसमा कुनै न कुनैरुपमा आन्दोलन पनि चलिरहेको छ ।
कतै-कतै सीके राउतहरुले पनि विभिन्न खेलकुद गरिरहेका छन् । मधेस समस्या
समाधान उन्मुख छ कि ढीलो हुँदैछ ?
चाँडो समाधान गरेन भने सीके राउतहरुको हातमा जान्छ र विस्तारै कहाँ जान्छ भने अलगावतिर
समाधानमा ढिलाइ हुुँदैछ । तर, त्यति ढीलो
पनि भइसकेको छैन कि समाधान नै नभेटियोस् । मैले के उदाहरण दिने गरेको छु
भने गोरखाल्याण्ड मुद्दा नभएर सेन्टिमेन्ट बन्यो । ५० वर्षअघि अर्कैले
हाँक्यो, ती गए । घिसिङ आए र उनले २०/२५ वर्ष खाए । अहिले बिमल गुरुङले
खाँदैछन् र फेरि पछि अर्कोले खानेछन् ।
मधेस विगतमा कांग्रेस र एमालेको हातमा
थियो । तर, त्यो मुद्दालाई नबोक्दा विस्तारै राजेन्द्र महतो र महन्थ
ठाकुरको हातमा गयो । चाँडो समाधान गरेन भने सीके राउतहरुको हातमा जान्छ र
विस्तारै कहाँ जान्छ भने अलगावतिर ।
मधेसी मोर्चाका नेताहरुसित विन-विन सहमति भएन भने मधेस विखण्डन हुन सक्छ भन्न खोज्नुभएको हो ?
यो अनौंठो होइन जस्तो लाग्छ । किनभने यो
राजनीतिको नेचर पनि हो । सेन्टिमेन्टले एउटा सिर्जनात्मक बाटोमा पुगेन भने
ध्वंसात्मक बाटोमा जान्छ । जुन बेला हामी सप्तरीको राजविराज पुगेका थियौं,
त्यसको दुई दिनअघि गोइत समूहको गोली लागेर प्रहरीका असईको हत्या भएको थियो ।
त्यसको संकेत के त ? हतियार बोक्ने युवाको अभाव छैन । हतियार किन्न पैसाको
पनि अभाव हुँदैन । एक मान्छेको हत्या गरेर लाखौ भेला गर्छन् । त्यसैले
हामीले हेर्दा यो मुद्दालाई मुद्दाकै रुपमा समाधान गर्नु देश र दलहरुको
हितमा छ ।
ढीलो गर्दै गयो भने अहिलेका आन्दोलनकारी
नेताको हातबाट यो फुस्किन्छ र अतिवादीको हातमा जान्छ । त्यसपछि कहाँ
पुगिन्छ भन्न सकिन्न । किनभने संसारको उदाहरण हेर्यो भने एउटा अतिवादबाट
अर्को अतिवादमा गएको छ, यदि बीचमा लोकतन्त्रले जितेन भने । इरानमै पनि एउटा
अतिवाद गयो, तर, अर्को पनि अतिवाद नै आयो ।
भनेपछि, राष्ट्रहित विपरीत नहुने गरी अहिलेका आन्दोलनकारी दलहरुसँग सम्झौता गर्नुको विकल्प रहेन होइन ?
हो, तर निकै ढीलो भइरहेको छ । मधेस
केन्द्रित दलहरुमध्ये कतिपय गुमेको खास फर्काउन चाहन्छन् । मुद्दामा जितेर
मात्र हुँदैन, कांग्रेसलाई जराबाट नै सफाया गर्नुपर्छ भन्ने उद्देश्य छ
उनीहरुको । संघीयताको घोषणा गर्ने प्रधानमन्त्री गिरिजाप्रसादको सालिक किन
ढालियो ? ३५ वर्षअघि निधन भएका पुष्पलाल श्रेष्ठको सालिकले के बिगारेको
थियो ? वीपी कोइरालाको सालिकको के दोष थियो ?
मधेस आन्दोलनको समर्थनमा नै कांग्रेसले
जुलुस निकाल्न खोज्दा झण्डा जलाइयो । यसले के देखिन्छ भने मधेसमा जनाधार
भएका दलहरुलाई नामेट पार्ने योजनामा पनि मधेस आन्दोलन लम्बिन सक्ने अवस्था छ
।
तपाईले भन्नुभो, मधेस केन्द्रित
दलहरुलाई फकाउने नाममा ८ वटा जिल्लाको प्रदेश बनाउनु गल्ती भो । तर,
काठमाडौंमा सिंगो मधेसको प्रदेश बनायो भने देश टुक्रिन्छ, भन्छन् नि ?
प्रान्त बनाउने क्रममा कुनै जिल्ला यता
पर्दा वा उता पर्दा देश टुक्रिन्छ भन्ने म मान्दिँन । मात्र सोच्ने के हो
भने त्यो प्रदेश चल्छ कि चल्दैन । धेरै जातिले प्रदेश नपाउँदा मधेसीले
प्रदेश नम्बर २ मा आठ वटा जिल्ला पाएका हुन् । तर, त्यो रुपमा दिँदा उसलाई
हाइड्रोरहित, चुरेरहित बनाइदिनु गल्ती हो ।
वीपी कोइराला जुनबेला अघि-अघि हिँड्नुहुन्थ्यो, उहाँसँगै रामनारायण मिश्र पछि-पछि हुनुहुन्थ्यो । उहाँलाई ब्लड क्यान्सर थियो, उपचार गर्न जाउँ भन्दा मान्नुभएन । ‘सर कटालेंगे, सर नहिझुकाएङ्गे’ भन्नुभो । जब मृत्यु हुने अवस्थामा पुग्नु भो, महेन्द्रले छोडे । तर, निधन हुनुअघि डाक्टरले उपचार सम्भव छैन भनेपछि उहाँले मलाई नेपाल लिएर जाओ भन्नु भो । किन पटनामा मर्न चाहनुभएन ?
राष्ट्रवाद र राष्ट्रियताप्रति मधेसीको
प्रतिवद्धतामा आशंका गरेर अलगावमै जान्छन् भन्ने पहाडे मनोविज्ञान गलत छ ।
राजा महेन्द्र चढेको मोटरमा बम हान्ने कांग्रेसका कार्यकर्ता थिए । तर, सबै
मधेसी थिए । किन (बम हानेका थिए) त भन्दा लोकतन्त्रका लागि । वीपी कोइराला
जुनबेला अघि-अघि हिँड्नुहुन्थ्यो, उहाँसँगै रामनारायण मिश्र पछि-पछि
हुनुहुन्थ्यो । उहाँलाई ब्लड क्यान्सर थियो, उपचार गर्न जाउँ भन्दा
मान्नुभएन । ‘सर कटालेंगे, सर नहिझुकाएङ्गे’ भन्नुभो । जब मृत्यु हुने
अवस्थामा पुग्नु भो, महेन्द्रले छोडे । तर, निधन हुनुअघि डाक्टरले उपचार
सम्भव छैन भनेपछि उहाँले मलाई नेपाल लिएर जाओ भन्नु भो । किन पटनामा मर्न
चाहनुभएन ? त्यो राष्ट्रभक्ति हो ।
शरणार्थी शिविरमा भुटानीले लगाएको
टोपीचाहिँ नेपालीकै जस्तो सोचिदिने, तर धनुषामा, जलेश्वरमा लगाएको धोती
चाहिँ दरभंगाको जस्तो सोचिदिने भन्ने गुनासो उहाँहरुको छ । मधेसी हुँ, तर
तिमीभन्दा कम स्वदेशी होइन भन्ने मनोविज्ञान छ मधेसमा ।
तर, नेताहरुले काठमाडौंबाट लगाएको बचनले पनि धेरै चोट पुगेको छ भन्छन् नि ?
निश्चय नै । मैले अघि भनेँ नि बचनले नै
औषधिको काम गर्छ भने बचनले नै घाउ दिन्छ । मधेस घुम्दै गर्दा साथीहरुले
त्यहाँ भन्नु भो । जब टेलिभिजनमा समाचार हेरिरहेका हुन्छौं, राजेन्द्र
महतोको आलोचना गर्ने नाममा सिंगो मधेसलाई गाली गरिन्छ, हामीलाई दुख्छ । जब
जिम्मेवार कुरा गर्नुहुन्छ, चोकमा निस्किएर हामी भन्छौं, हेर हाम्रा
नेताहरुले मुद्दालाई समर्थन गरेका छन् । जब कांग्रेसकै अमूक नेताहरुको कुरा
आउँछ, टीभी नै बन्द गर्छौं ।
मधेसको विरुद्धमा बोलेपछि हाम्रो घर अगाडि
टायर बल्छ । बाहिर निस्कन सकिँदैन । त्यसैले अहिलेको आन्दोलन भडि्कनुमा
हाम्रा कतिपय नेताहरुको अभिव्यक्तिले काम गरेको छ ।
केही नेताको अंगीकृत नागरिकता छ, र पारिबाट आएका हुन् भन्ने नाममा सिंगो मधेसलाई गाली गरिनु पनि त ठीक भएन नि हैन र ?
अंगीकृत नागरिकता मधेसभित्रको सानो अंश
मात्र हो । बाहिरबाट आएकै हिसाबले भन्ने हो भने खस-आर्य पनि त बाहिरबाटै
आएका हुन् । कोही दुई-अढाई सय वर्ष पहिले आए, कोही ३/४ सय वर्ष अगाडि ।
समग्रमा केही अघि र पछि न हो । त्यसैले पारिबाट आएको भन्दैमा भारतीय हुन्,
बिहारी हुन्, अझ धोती हुन् भनेर बस्त्रमा आलोचना गर्नु सर्वथा गलत हो ।
धोती लगाएकाले टोपी लगाएकालाई सम्मान गर्ने र टोपी लगाएकाले धोती लगाएकालाई सम्मान गर्ने भएपछि मात्रै राष्ट्र बलियो हुन्छ ।
तपाईले जुन दुरी अथवा खाडल देखाउनुभयो, यो छिट्टै पुरिएलाजस्तो छ त ?
पछिल्लो संकेत खतरनाक छ । उदाहरणका लागि
लभराजा सिंह एक जना मधेसको युवा नेता हुनुहुन्छ । हामीसँगै यात्रामा
हुनुहुन्थ्यो । उहाँले के सुनाउनुभयो भने, ८ वर्षको छोरालाई मोटरसाइकलमा
लिएर जाँदै हुनुहुन्थ्यो, बाटोमा एकजनाले दाइ जयनेपाल भन्नु भो, उहाँले जय
नेपाल फर्काउनुभयो । त्यहाँबाट हिँड्न नपाउँदै छोराले पछाडिबाट ‘बाइक रोको,
रोको’ भनेर कराएछन् । ‘किन जय नेपाल भनेको ? जय मधेस भन्नुपर्छ’ छोराले
बाबुलाई भनेछन् ।
जय मधेस भन्दा आपत्ति होइन । जय
लिम्बुवान, जय थरुहट भन्नु पनि गलत होइन । तर, जय नेपाल भन्ने शब्दप्रति
आपत्ति हुनथाल्यो भने त्यसले के बुझ्नुपर्छ भने हावा फरक बग्दैछ ।
राष्ट्रिय मनोविज्ञान त देशको जय खोज्ने हो नि । यो सेन्टिमेन्ट गलत बाटोमा
गयो भने त्यसले राष्ट्रलाई हित गर्दैन ।
जिम्मेवार ठाउँमा रहेका नेताहरुमा यस्ता विषयप्रति गम्भीरता देख्नुहुन्छ ?
कार्यालय जलेर, टायर जलेर मात्र मधेस जल्दैन, मन जलेर जल्छ । जस्तो बाहिरी आँखाले हेर्दा धनुषामा पार्टी कार्यालय जलेको छ । तर, भित्र आँखाले हेर्दा हाम्रा सबै पार्टी सदस्यहरुको मन जलेको छ
देखिँदैन । राज्यले के सोचेको छ भने अहिले
मधेसमा ठूलो-ठूलो जुलस छैन । थाक्दै गएका छन्, सिथिल भएका छन् भन्ने खालका
समाचारहरु आएका छन् । आन्दोलन विस्तारै फेजआउट हुन्छ, त्यसकारण ल्याङल्याङ
गरे हुन्छ भन्ने प्रमुख दलहरु र राज्यको बुझाइ छ ।
उता मधेस केन्द्रित दलहरुलाई के छ भने
जुलुसमा मान्छे भए पनि नभए पनि नाकाबन्दी जारी छ । जबसम्म हामीलाई सम्बोधन
गरिँदैन, तबसम्म नाका खुल्दैन । लाखौं मान्छे अब निकाल्नु परेको छैन ।
दुबैले एउटा-एउटा चिजलाई पक्रिरहेका छौं र दुबै गलत छन् । त्यो दशगजाको
धर्ना छाडेर सिंहदरबारमा दिए हुँदैन ? राज्यले पनि चारजना मान्छे होइन, ५०
औं जना ज्यान गुमाएकाहरुलाई सम्झिनुपर्छ र सेन्टिमेन्टको रुप धारण गर्दैछ
भन्नेर बुझ्नुपर्छ । त्यसैले दुबैले जति गम्भीरता देखाउनु पर्ने हो, त्यति
देखाइरहेका छैनन् ।
कार्यालय जलेर, टायर जलेर मात्र मधेस
जल्दैन, मन जलेर जल्छ । जस्तो बाहिरी आँखाले हेर्दा धनुषामा पार्टी
कार्यालय जलेको छ । तर, भित्र आँखाले हेर्दा हाम्रा सबै पार्टी सदस्यहरुको
मन जलेको छ । त्यसलाई कसरी बुझ्नुहुन्छ भन्ने प्रश्न हो ।
अब यसलाई कसरी सम्बोधन गर्ने त ?
यसमा तीन-चारवटा कुरा छन् । राज्यका
अंगहरुमा समानुपातिक-समोवशी प्रतिनिधित्व भन्ने छ । यसमा लामो बहस जरुरी
भएन । आर्मीको सन्दर्भमा समेत भनेका छन्, तर त्यहाँ त प्रतिस्पर्धाबाट हुने
हो । हामीले मधेस केन्दि्रत दलहरुलाई विश्वासमा लिनुपर्छ । अर्को,
प्रतिनिधित्वको सवालमा मधेस केन्द्रित दलहरुले नल्याएको के गाँस्नुपर्छ
जस्तो लाग्छ भने समानुपातिक प्रतिनिधित्व गर्दा देशभरिलाई नै एउटा निर्वाचन
क्षेत्र मानिन्थ्यो । अब यसमा मधेस केन्द्रित दलहरुले माग गरेभन्दा पनि
बढी दिन सकिन्छ । प्रत्येक प्रदेशबाट प्राप्त कुल मतको प्रतिनिधित्व त्यही
प्रदेशलाई दिने ।
तेस्रो, सीमांकनमा हेरफेर गर्ने सन्दर्भ छ
। सीमांकन हेरफेर गर्दा प्रान्त नम्बर २ मा चुरेलाई अलिकति गाँस्ने र
कोशीको केही भाग लगेर जोड्ने ।
सजिलो छ र कोशीको भाग प्रदेश
नम्बर २ मा गाँस्न ? झापा, मोरङ र सुनसरीको एउटा गाविस पनि दिन्न भनेर
प्रधानमन्त्री स्वयमले भन्नु भएको छ …
दिनै पर्दैन । त्यहीँ रहन्छ त्यो त ।
बुझाइ गलत हो । यो देशमा सबैलाई संघीयता चाहिएको तर, आफ्नो जिल्ला र वडा
अखण्ड पनि चाहिएको अवस्था विरोधावासपूर्ण छ । एकैचोटि मान्छे भनिरहेको छ,
संघीयतामा जानैपर्छ, तर अखण्डरुप्मा । यसरी सम्भव छैन । दुध र मदिरा
फरक-फरक समयमा पिउने हो । तर, हाम्रा राजनीतिज्ञहरुले एकै ठाउँमा पिउन
खोजिरहेका छन् ।
यसो भए सीमांकन फेरफेर नगरी हुन्न भन्नेमा तपाईं दृढ हुनुहुन्छ ?
मधेसमा साथीहरुले सोध्नु भो सुर्खेतमा आन्दोलन हुँदा सम्बोधन भयो, बाग्लुङमा आन्दोलन हुँदा सम्बोधन भयो । मधेसमा १५० दिन भइसक्यो आन्दोलन भएको, किन सम्बोधन भएन ?
सीमांकन हेरफेर नगरी हुन्न । तर, सीमांकन
हेरफेर गर्दा एकतातिरको आन्दोलन सम्बोधन गर्ने नाममा अर्कोतिर जोखिम
उत्पन्न हुन दिनु हुन्न । सीमांकन भनेको प्राज्ञिक र प्राविधिक दुबै
दृष्टिकोणबाट पनि हेर्नुपर्छ, राजनीतिक मनोविज्ञानले मात्र हेरेर पुग्दैन ।
यात्राका क्रममा मित्र देवराज चालिसले भन्नुहुन्थ्यो कि हाम्रा नेता यति
विज्ञ भइसके कि हस्पिटलमा डाक्टर भेटिएन भने गएर किड्नीको अपरेशनमा
छिर्लान् भन्ने चिन्ता भो ।
त्यसैले सीमांकन जटिल कुरा हो । त्यो पनि
आन्दोलनहरु उठिरहेको बेला । एकातिरको आन्दोलन चुप लागेर हेरिरहेको छ ।
पूर्वी पहाडमा कुमार लिंगदेनहरु के हेरिरहेका छन् भने झापा, मोरङ,
सुनसरीसहितको नौ वटा जिल्ला हामीले मागेका थियौं । ५ वटा थपेर बोनसमा
पाइएको छ । किन धेर भो भन्ने उनको छ । धेर हुँदा त बरु धेरै समस्या नहुँदो
रहेछ । त्यसैले धरान हेर्नुस्, लिम्बुवानमा सुहाउँछ । तर, इनरुवा मधेसमा
सुहाउन सक्छ । त्यसैले नबुझाइकन काटिदिनुभयो भने समस्या आउँछ । कुन भुगोल
कहाँ सुहाउँछ भनेर बुझाउनुपर्छ ।
मधेसमा साथीहरुले सोध्नु भो सुर्खेतमा
आन्दोलन हुँदा सम्बोधन भयो, बाग्लुङमा आन्दोलन हुँदा सम्बोधन भयो । मधेसमा
१५० दिन भइसक्यो आन्दोलन भएको, किन सम्बोधन भएन ? पहाडे ठाउँ, पहाडे नेता,
पहाडेलाई सम्बोधन । पहाडे नेताको हातमा डाडु पन्यौं छ, मधेसलाई सम्बोधन भएन
। यसो भन्दा के जवाफ दिने ? ठिक गर्नु भो नेताहरुले भन्न सकिएन । ठिक
कतिबेला भन्न सकिन्छ भने बाग्लुङ र सुर्खेतसँगै सर्लाहीलाई सम्बोधन गर्दा ।
- See more at: http://www.onlinekhabar.com/2016/01/375407/#sthash.HSmpLeZW.dpuf