الاثنين، 4 يناير 2016

अख्तियारले गौशाला नपाका सब इन्जिनियरलाई घुससहित गरे पक्राउ

महोत्तरी समाचारदाता
जलेश्वर, पुस २० गते । महोत्तरी जिल्लाको नवघोषित गौशाला नगरपालिकाका सव इन्जिनियरलाई घुस लिँदालिदै अख्तियारको टोलीले मंगलबार पक्राउ गरेको  छ ।
गौशाला नगरपालिकाका सब ईन्जिनियर शत्रुधनप्रसाद साह कानुलाई सुचनाको आधारमा अख्तियारको टोलीले धनुषा जिल्लाको महेन्द्रनगरमा रकमसहित पक्राउ गरेको हो ।
गौशाला नगरपालिका ७ अन्तर्गत रहेको पिसीसी सडक ढलान कार्य सम्पन्न भए पश्चात ठेक्का शर्त वमोजिम पाउनुपर्ने तिस लाख भुक्तानीका लागि ठेक्केदारले निवेदन दिएपनि आर्थिक प्रलोभनमा परि सब इन्जिनियर साहले भुक्तानी कार्य अगाडी बढाएको थिएन ।
सब इन्जिनियर साहले भुक्तानी कार्यको लागि ठेक्केदारसंग रकम माँग गर्दै आएको थियो ।
ठेक्केदारसंग घुस रकम माँग गरिरहेको सूचनाको आधारमा अख्तियारको टोलीले धनुषाको महेन्द्रनगरमा रहेको लक्ष्मी आईरन स्टोरबाट चार लाख ५० हजार नगद सहित इन्जिनियर साहलाई पक्राउ गरेको जनाएको छ ।
अख्तियारले साहलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

ليست هناك تعليقات:

إرسال تعليق