महोत्तरी समाचारदाता
जलेश्वर, पुस २८ गते । महोत्तरीको भटौलिया गाविस घर भएका एक वालकको अपहरण पछि हत्या भएको रहस्य खुलेको छ । आईतवार साँझ केही अज्ञात व्यक्तिहरुले भटौलिया २ निवासी रवीन्द्र महासेठका ८ वर्षिय छोरा जेनिस भनिने चिरञ्जिवी महासेठलाई अपहरण गरेका थिए ।
अपहरणको सुचनाको आधारमा प्रहरीले खोजतलाश गर्ने क्रममा जेनिसको शव मंगलबार बिहान एकडारा बेला गाविस वडा नंं ७ स्थित गहुँ खेतमा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक जनक भट्टराईले बालकको घाँटी थिची हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो । उहाँले अनुसन्धानको लागि ८ जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडी वढाएको जानकारी दिनुहुदै नाम भने सार्वजनिक पछि गरिने वताउनुभयो ।
मृतक बालक भटौलिया ८ स्थित अमर ज्ञान ई.बो.स्कुलको एलकेजी मा अध्ययनरत थिए ।
उनलाई आईतबार साँझ घरबाट बाहिर बोलाई सोही दिन अपहरण गरिएको थियो । आईतबार राति हरेक ठाउँमा खोजतलाश गरेपनि उनलाई नभेटेपछि परिवारजनले सोमबार प्रहरीमा उजुरी गरेको थियो ।
बालकको हत्या कुन कारणले भएको हो अनुसन्धानपछि खुल्ने प्रहरी उपरिक्षक भट्टराईले बताउनुभयो ।