जवानी खोज्दै जनकपुर

Tula Narayan Sah जतिबेला देशमा कहीं कतै सडक थिएन, जनकपुरमा रेल चलेको थियो। तर आज देशको कुना कन्दरामा सडक पुगेको छ, जनकपुर र यस वरपर एउटै राम्रो सडक छैन। 6 मंसिर ५ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण हुने खबरपछि फेरि एकपटक त्यस क्षेत्रमा विकासको बहस सुरु भयो। विकास-पुरुषको नामले समेत चिनिएका मोदीले आफ्नो अघिल्लो भ्रमणका क्रममा तर्राई, पहाड, हिमाल सबैतिर विकास हुनुपर्ने र त्यसका लागि भारतले सहयोग गर्ने मनसाय व्यक्त गरेका थिए। त्यसकारण जनकपुर वरपरका क्षेत्रमा अनेकौं अडकलबाजी थालियो । कसैले 'स्मार्ट सिटी' का रूपमा जनकपुरलाई विकास गरिदिनुुपर्ने आशय राखे। कसैको धारणा धार्मिक पर्यटनका लागि भौतिक पर्ूवाधार विकासमा भारतको सहयोग रहुनपर्छ भन्ने थियो । ५ अर्ब रुपैया“सम्मको जनकपुर विकास प्याकेज मोदीबाट घोषणा हुन सक्ने अनुमान थियो । पछि आएर मोदीको जनकपुर भ्रमण रद्द भयो, तर यसले यो नगरीको विकास बहस भने छेडेको छ । जनकपुर मिथिलाको मुटु हो। जनकपुरको विकासले समग्र मिथिलाञ्चललाई प्रभावित गर्नेछ। हाल कोसी पश्चिम र बागमती पर्ूवका नेपालका ५ जिल्लालाई मात्र मिथिला मानिन्छ। कुनै बेला पर्ूवमा कोसी पश्चिममा गण्डक, उत्तरमा हिमालय दक्षिणमा गंगासम्म फैलिएको थियो मिथिला। मिथिलाञ्चलको समाज एवं जीवन पद्धतिबारे चलेका अनेक किंवदन्तीहरू अहिले पनि चलनचल्तीमै छन्। तिनले आज पनि मिथिला समाजको तस्बिर पस्किन्छन्। इतिहासमा अत्यन्त समृद्ध रहेको मिथिलाञ्चल नेपालमा मात्र होइन भारतीय क्षेत्रको भूभागमा पनि अनेकौं प्रकारले संकटग्रस्त बन्न पुगेको छ। मिथिलाञ्चल नै संकटग्रस्त भएको बेला जनकपुर त्यसबाट अछुतो रहनु असम्भव थियो। परिणामतः आज जनकपुर पर्ूण्ारूपमा जर्जर भइसकेको छ। देश विदेशका मानिसहरू रामायण र सीताको बयान पढेर/सुनेर जनकपुर नपुगुन्जेल उत्साहित रहन्छन् तर जब पुग्छन् अनि निराश बन्छन्। इतिहासमा सबैलाई लोभ्याउने जनकपुरको वर्तमानको कुनै पनि पक्ष यस्तो छैन जसले कसैलाई लोभ्याउन सकोस्। आखिर के थियो इतिहासमा र के भयो आज- आज हामीले जनकपुरको विकास योजना बनाउ“दै गर्दा कुन पक्षलाई ध्यान दिनु जरुरी छ त- 'पग पग पोखैर, पान, मखान, यैह थीक मिथिलाके पहिचान' अर्थात् पाइला पाइलामा पोखरी, पान र मखान नै मिथिलाको पहिचान हो। 'बाबन कुट्टी बहत्तर कुण्डा, फिरे सन्त जन झुण्डही झुण्डा' अर्थात् ५२ वटा कुटी, मठ, मन्दिर र ७२ वटा पोखरी भएको सहर जहा“ सन्त महन्तहरू झुण्डको झुण्ड घुमिराखेका हुन्छन्। उल्लेखित दर्ुइ पुराना भनाईले समग्रमा मिथिला र त्यसको मुटु मानिने जनकपुरको एतिहासिक तस्बिर प्रस्तुत गर्दछन्। मिथिलाको नामले पनि विशेष अर्थ दिन्छ। मिथिको अर्थ मन्थन र लको अर्थ बुद्धि रे। अर्थात् बुद्धिको मन्थन हुने, विद्वान्हरू बस्ने ठाउ“लाई कुनै बेला मिथिला भनिन्थ्यो। मिथिलाको समाज मूलभूत रूपमा ग्रामीण र कृषिमा आधारित थियो/छ। त्यसैले यहा“ पानीको महत्त्व अलि बढी हुन्छ। कृषिका लागि मिथिलाञ्चल राम्रो ठाउ“ हो। तुलनात्मक रूपमा धेरै नदीनाला भएको समतल मैदान भएर होला मिथिलाञ्चलमा असंख्य पोखरी जताततै पाइन्छ, उल्लेखित पौराणिक भनाइजस्तै। ओसिलो माटोमा उब्जिने पान पनि जताततै उपलब्ध छ। बृहतर जनकपुर क्षेत्र विकास परिषद्द्वारा गरिएको अनेकौं अध्ययन प्रतिवेदनअनुसार जनकपुर क्षेत्रमा आज पनि कम्तीमा ७२ वटा पोखरी, ६/७ वटा कुण्ड र सयवटाभन्दा बढी कुटी छन्। यी सबै संरचनाले जनकपुरलाई पोखरी र मन्दिरको सहरका रूपमा स्थापित गरेको छ। आज पनि हरेक वर्षजनकपुर वरपर १ सय ३० किमि लामो परिक्रमा हुन्छ। त्यसमा नेपाल र भारतका गरी लाखौं मानिस १५ दिन लगाएर पैदल यात्रा गर्छन्। परिक्रमा सडकको केही भाग भारतमा पनि पर्दछ। त्यसैले जनकपुरको विकासको कुरा गर्दा यहा“को धार्मिक पक्ष, धार्मिक पर्यटनको सम्भावना, मठ, मन्दिर, पोखरी र कुण्डहरूमा आधारित योजना बनाइएन भने यसले मूलमर्मलाई समेट्न सक्दैन। हालैको भ्रमणका क्रममा यो पंक्तिकारले स्थानीय केही बुद्धिजीवी र व्यापारीलाई जनकपुरको पुनर्जागरण कसरी गर्न सकिन्छ भनेर जिज्ञासा राख्दा आएको उत्तर मार्मिक थियो। उनीहरूको भनाइ थियो- जनकपुरको सबैभन्दा महत्त्वपर्ूण्ा पक्ष धार्मिक पर्यटन र शिक्षालय विकास हो। जतिबेला देशमा कहीं कतै सडक थिएन, जनकपुरमा रेल चलेको थियो। तर आज देशको कुना कन्दरामा सडक पुगेको छ, जनकपुर र यस वरपर एउटै राम्रो सडक छैन। १५ दिनको पैदल यात्रा गरेर लाखौं भक्तजन बर्सर्ेे परिक्रमा यात्रा गर्छन् तर न बासका लागि उपयुक्त धर्मशाला छ, न त हि“ड्न बाटो नै। परिक्रममा परिधिभित्र सयौं ऐतिहासिक मठ मन्दिर छन् तर दर्शनका लागि समुचित सडक बाटो छैन। जनकपुरको मुटुमै रहेका मन्दिर र वरपरका पोखरी, कुण्डहरूको अस्तित्व संकटमा छ। जनकपुरको पुनर्जागरण गर्ने हो भने यहा“का धार्मिक धरोहर -मन्दिर, पोखरी, कुटी) हरूको पुर्रर्निर्माण र उचित व्यवस्थपन सबैभन्दा पहिला गर्नुपर्छ। विभिन्न मठमन्दिर जोड्ने सडकको पुनर्निर्माण गरिनर्ुपर्छ। १ सय ३० किमि परिक्रमा सडक र त्यसबीचमा बासका लागि ठाउ“ ठाउ“मा धर्मशाला निर्माण जनकपुर पुनर्निर्माणका प्राथमिक र्सतहरू हुन्। त्यसपछि जनकपुरलाई शिक्षा आर्जनका लागि आकर्ष ठाउ“का रूपमा पनि विकास गर्न सकिन्छ। त्यसो त केही दशकअघि मिथिलामा निर्वाहमुखी कृषिलाई व्यापारमुखी बनाउन, केवल सौर्न्दर्य र पानी भण्डारणमा प्रयोग भइराखेका पोखरीहरूको विकास र त्यसबाट आय आर्जनको प्रयास नगरिएको होइन। २०१५ सालको बीपी कोइरालाको सरकारले रुसको सहयोगमा जनकपुर चुरोट कारखाना निर्माण गराउने प्रक्रिया थालेको थियो। २०४८ यताको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले त्यसलाई बन्द गराउने प्रक्रिया थाल्यो। हजारौं मानिस बेरोजगार भए। जागिर गुमाएकाहरू जनकपुर छाड्ने क्रम त्यही“बाट सुरु भएको हो। यस क्षेत्रका असंख्य पोखरीहरूलाई व्यवसायीकरण गर्न जापान सरकारले नेपालकै ठूलो माछापालन केन्द्र निर्माण गरिदिएको थियो। राजा वीरेन्द्रको सपनाअनुरूप निर्माण भएको उक्त केन्द्र हाल मृतप्रायः छ। यस क्षेत्रमा फलफूल विकासका लागि रामानन्द चोकमा रहेको विशाल क्षेत्रफल ओगटेको बागवानी फार्म पनि मृतप्रायः छ। राष्ट्रपति रामवरण यादवको गाउ“ नजिक विशाल क्षेत्रमा हर्दिनाथ धानबाली अनुसन्धान केन्द्र छ तर मिथिलाञ्चलमा धानको उत्पादनमा वृद्धि हुनसकेको छैन। पञ्चायती ब्यवस्था टिकाउन जनकपुरको उत्तरी भेगमा पञ्चायत प्रशिक्षण प्रतिष्ठान खोलिएको थियो, अचेल त्यसको नाम ग्रामीण प्रशिक्षण प्रतिष्ठान राखिएको छ तर कुनै रचनात्मक काम भएको छैन। कुनै बेला विज्ञान र वाणिज्य संकायका लागि ख्याति कमाएका रामस्वरूप, रामसागर बहुमुखी क्याम्पस अचेल खण्डहरमा परिणत हु“दै छन्। सम्पर्ूण्ा पहाडी क्षेत्रको स्कुल र कलेजमा विज्ञान र गणितको शिक्षक आपर्ूर्ति गर्ने मिथिला भूमि आज खाडी र मलेसियामा र्सवाधिक अदक्ष मजदुर निर्यात गर्ने अवस्थामा पुगेको छ। आज पनि काठमाडौंको नाम चलेका उच्च माविहरू र मेडिकल, इन्जिनियरिङका कोचिङहरूमा भौतिक, रसायन, जीव विज्ञानलगायत गणित पढाउने उत्कृष्ट शिक्षकहरू प्रायः जनकपुर क्षेत्रकै हुन्छन्। तर जनकपुर क्याम्पसमा त्यसको पढाइ ह“ुदैन। कृषि मेरुदण्डको रूपमा रहेको मिथिलामा कृषि विश्वविद्यालय छैन। तर, प्रस्तावित राजषिर् जनक विश्वविद्यालयले मिथिलाञ्चलको यो चुनौती चिर्ने योजनाका साथ आउनेमा आशा गर्न सकिन्छ। जनकपुर प्रवेश गर्ने मुख्य नाका रामानन्द चोकमा एउटा विशाल प्रवेशद्वार बनाइएको छ। त्यसैमा गौरब गर्दै अधिकांश जनकपुरियाहरू भन्ने गर्छन्- यो प्रवेशद्वारा एसियाकै सबैभन्दा अग्लो हो रे, यस्तै दाबीहरू सुनेर विश्लेषक सीके लालले एकपटक लेखेका थिए, 'रामानन्द चोकको प्रवेशद्वारा एसियाकै ठूलो हुन पनि सक्छ, नहुन पनि सक्छ तर सत्य के हो भने जनकपुरमा एउटै व्यवस्थित र्सार्वजनिक शौचालय छैन।' देवालयभन्दा शौचालय महत्त्वपर्ूण्ाको नारा दिएको मोदी प्रशासनको विकासे प्याकेजले जनकपुरको यो पक्षलाई पनि समेटिदिए हुन्थ्यो † जनकपुरमा चोक-चोकमा युवा क्लबहरू छन्। सुरुसुरुमा धार्मिक गतिविधिमात्र गर्ने त्यस्ता क्लबहरू अहिले जनकपुरको राजनीतिलाई हा“क्ने स्तरमा पुगेका छन्। पोखरीको व्यवसायीकरण भएपछि ग्रामीण समाजमा द्वन्द्वको नया“रूप देखियो। ऐलानी जग्गामा रहेका अधिकांश पोखरीमा माछापालन हुन थालेपछि भोग गर्दै आएका र गाविस पदाधिकारीबीच द्वन्द्व सुरु भयो। समाजमा अनुशासनहीनता र शिक्षा क्षेत्रमा राजनीतीकरण बढ्दै गएपछि यस क्षेत्रमा पढ्ने पढाउने संस्कृतिमा व्यापक ह्रास आयो। नतिजास्वरूप युवाहरूको विदेश पलायन बढ्यो। आज मिथिला क्षेत्रको ग्रामीण समाज पर्ूण्ारूपमै युवाविहीन छ, जसको प्रत्यक्ष प्रभाव कृषि र सामाजिक मूल्य मान्यतामा परेको छ। विदेशबाट आउने पैसाले छोराछोरीलाई पढाउने नाममा गाउ“घर खाली हु“दैछ र अव्यवस्थित सहरीकरण बढ्दो छ। जसले सुदूर भविष्यसम्म जनकपुरलगायतका मिथिला जीवनमा नया“ चुनौती थप्दै जानेछ। तर्सथ जनकपुरको विकास केवल संरचनाको निर्माण मात्रले हु“दैन। समाजको बदलि“दो तस्बिरलाई मध्यनजर राखेर समग्र मिथिलाको विकास र समृद्धिको सोचका साथ योजना बन्नर्ुपर्छ। अनि मात्रै मोदीको भ्रमणबाट जनकपुरको आस र जनकपुरको विकासबाट समग्र मिथिलाञ्चलको आस पूरा हुनेछ। प्रकाशित मिति: २०७१ मंसिर ६ ०७:५५