नातीको उपचार चिन्ताले शोकमग्न छिन् भनसरिया

महोत्तरी समाचारदाता जलेश्वर, मंसिर १ गते । महोत्तरी जिल्लाको सुगाभवानीपट्टी बस्ने एक बालक आर्थिक अभावमा उपचार गराउन नसकी जीवनमरणको दोसाँधमा पुगेका छन् । जिल्लाको सुगाभवानीपट्टी वडानं. १ बस्ने कमलेश मण्डलका १२ वर्षिय छोरा रुपेशकुमार मण्डल अहिले आर्थिक अभावको कारण उपचार गराउन नसकी छटपटाइरहेका छन् । धरानमा एक महिना लामो उपचारपछि घर फिरेका कमलेशलाई अझै उपचारको खाँचो छ तर आर्थिक कारणले उपचारमा अब समस्या हुन सक्ने उनका वर्षिय ७० वर्षिय हजुरआमा भनसरीया देवीले वताइन् । उनले विलौना गर्दै भनिन्, ‘सम्पत्तिको नाउँमा डेढ धुर घडेरी छ, घरमा कमाउने कोही छैनन्, नातीको उपचार कसरी होला’ । उनले घरको मूलीकै रुपमा रहेका नातीको यो अवस्थाले गर्दा वंश नै सक्किने चिन्ता लागेको बताउदै उनलाई उपचारार्थ सहयोग गरिदिन आग्रह गरिन । अरुले गरेको सहयोग, चन्दा र कर्जा लिएर अहिलेसम्म नातिको उपचार गराए, अहिले केही निको भएपनि अझ उपचारको खाँचो भएकोले अब कसरी उपचार गराउने चिन्ता बढेको उनको भनाई थियो । उनले भनिन्, ‘धरानको औषधी पसलमा अहिले पनि ६०÷७० हजारको औषधीको बिल तिर्नु छ, घरमा केही छैन्, अहिले सम्म चन्दा र सहयोगले उपचार गरियो अब कसरी हुन्छ ?’ अहिले सम्म कुन रोग हो खुल्न नसकेको बताउदै रुपेशकी आमा मिना देवीले शरिर गल्दै गएको, छोरा सुस्त मनस्थिती जस्तो व्यवहार गरिरहेको, टाउकोहरु दुख्ने समस्या रहेको बताइन । धरानमा एक महिना उपचार गराए पनि चिकित्सकहरुले कुन रोग हो नभनेको बताउदै आमा मिनाले एक महिलापछि पुनः डाक्टरले आउन भनेपछि कसरी उपचार होला भन्ने घरमा चिन्ता छाएको वताइन । घरमा कमाउने रुपेशको वुवाको मृत्यु दुई वर्ष अगाडी मात्रै भएको थियो । घरमा हजुरआमा तथा आमा मिना देवीले अरुको घरमा कामकाज गरेर घरको गुजारा गर्दै आएकी छिन् । सोही वडा बस्ने युवा नागेन्द्र पासमानले अरुले दिएको सहयोगमा अहिले सम्म उपचार भएको वताउनुहुदै उनलाई उपचारार्थ सबैले सहयोग गर्नुपर्ने वताउनुभयो । सुगाकै शुकदेव उच्च माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत रुपेश राम्रो विद्यार्थी रहेको बताउदै शिक्षकहरुले पनि उनीको जीवनरक्षाको लागि सबैसंग आग्रह गर्नुभएको छ । उनलाई सहयोग गर्न चाहने महानुभावले मोबाइल नं. ९८०४८३४६३१ मा सम्पर्क गर्न सक्ने बताउर्दै उनका छिमेकी सुखरिया मंडलले उनको जीवनरक्षाको लागि सबैसंग आग्रह गर्नुभएको छ ।