मोदी भ्रमण, प्रचण्ड र माईक्रोम्यानेज्मेन्ट
अशोक मैनाली (टिप्पणी)
बिश्व मानचित्रमा ‘सानो ‘ तर सांस्कृतिक र प्राकृतिक सौन्दर्यको दृष्टिले बिश्वका मानिसहरूको ‘आकर्षक गन्तव्य’ नेपाल आफ्नै आन्तरिक दन्द्व र राजनैतिक बेईमानीको भुमरीमा एक पछि अर्कों गर्दै फसेको आभास मिल्छ। नेताहरू आन्तरिक र बाह्य सरोकारका क्षेत्रमा असफलताको यात्रामा छन् । हाम्रा दल र नेताहरू स्व कवि भुपी शेरचनले भने झैँ क्यारमबोर्डका गोटी जस्तै छन् जुन आफै चल्दैनन् अरूले चलाउने पर्ने । हाम्रा दल र नेताहरूको गतिबिधी हेर्दा लाग्छ उनिहरू छिमेकी मुलुक भारतकै वरीपरी वा उसैलाई रिझाउन नै तल्लिन छन् ।
उनिहरूमाथी आफ्नो विवेक र जनचाहाना अनुसार भन्दा पनि भारतकै ‘ईन्टेस्ट’मा काम गरेको आरोप लाग्ने गरेको नयाँ भने होईन । सत्तामा हुंदा भारत रिझाउने र बाहिर हुंदा भारतलाई घुर्काउने नेताहरूको शैली देखि अपरिचित सायद कमै होलान् । काठमाण्डौमा आयोजना हुन लागेको दक्षिण एसियाली सहयोग संगठन (सार्क)को पुर्वसन्धायामा जसरी भारतिय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको ‘धार्मिक भ्रमण’को चर्चा चुलियो त्यत्तिकै विवादित पनि बन्यो । फेरी एकपटक हाम्रो राष्ट्रिय स्वाभिमानको खिल्ली उडाईयो र हाम्रो राष्ट्रिय अस्मितामाथी फेरी धावा बोल्ने कार्य भयो । योसंगै नेपाली कुटनितीको असक्षमता र निकम्मापनको पर्दाफास भयो ।
यहाँनेर विचारणीय पक्ष के छ भने अहिले विश्वमा नरेन्द्र दामोदर मोदीलाई भारतिय प्रधानमन्त्रीको रूपमा मात्रै भन्दा पनि एकजना कुशल र चतुर नेताको रूपमा समेत हेरिएको छ । उनका भाषण र उठबस बिश्वका धेरै मानिसका लागी चासो र चर्चाको बिषय हुने गरेको छ । झन् नेपालको त ‘रोटी देखी बेटी सम्म’को सम्बन्ध रहेको भनिएको छिमेकी राष्ट्रको प्रधानमन्त्री प्रति चासो हुनु स्वाभाविक नै हो । अझ भारतबिरोधी मनोविज्ञानले जरा गाडेको नेपाली समाजमा उनको ‘नेपाल प्रशंसा’ले धेरै नेपालीलाई भारत प्रतिको सोचाईमा परिवर्तन गराईदियो र उनलाई नेपाली जनताले एउटा बैग्लै आखाँले हेर्न वातावरणको सृजना भयो ।जुन सकारात्मक मात्र होईन भारत बिरोधी मनोबिज्ञानमा केही हदसम्म कमि देखियो । नेपालमा राजनैतिक नेतृत्व प्रति चरम घृणा रहेको अवस्थामा मोदीले नेपाली हृदयमा सहजै स्थान पाउन सफल भए । त्यतिमात्र होईन हाम्रा नेता र सांसद समेत मोदीको भाषणमा लठ्ठिए र उनले नेपाल एक ‘सार्वभौम मुलुक’ हो भनेर नेपालको संसदमा बोल्दा तालीको बर्षा गरेर आफ्नो हिन भावनाको नांगो प्रहसन गरे । अहिले फेरी उनै मोदीको जनकपुर भ्रमण ‘स्थगित ‘ वा ‘यथावत’को जुन किसिमको धाराप्रवाह भनाई आईरहेका छन् यसले समस्या भारत या मोदी होईन नेपाली राजनितिज्ञ र हाम्रो कुटनिती हो भन्ने तथ्य दिनको घाम जस्तै छर्लंग पारेको छ ।
नेपालमा दुई थरी अतिवादीहरू जसले यो भ्रमणलाई अनावश्यक उछाल्ने कार्य गरेर विवादको भुमरी जागिदिएर आफ्नो कुत्सित उदेश्य पुरा गर्न गरेको हर्कत विचारणिय छ । अहिले एकथरी कट्टर हिन्दुवादी तत्व छ जुन नेपालले अँगालेको धर्मनिरपेक्षतालाई चुनौती दिन मोदीको जनकपुर भ्रमणलाई आफु अनुकूल बनाउने चेष्टा गर्न चाहन्छ भने केही दल र व्यक्तिहरू उनको जनकपुर आगमनलाई साक्षात ‘राम’को आगमन हुंदै छ जस्तै गरी ‘ख्वामित’को दर्शण गर्न आतुर छन् ।अर्कों थरी मोदीले जनकपुरको बाह्र बिघा मैदानमा भाषण गर्दा आकाश नै खस्छ जमिन नै भासिन्छ जस्तै गरेर कोकोहोलो गर्दैछन्। तर एकाएक उनको भ्रमण स्थगनको हल्ला जब जनकपुर हुंदै नेपाल भरी हावासरी फैलियो तब परिस्थितिले बैग्लै रूप लियो । अनि भ्रमण रद्दको दोष एक अर्कालाई लगाएर दलालीकरणको भद्दा नमुना प्रदर्शन गरेर लाचारी प्रदर्शन गरे ।
सो भ्रमण र स्वागतको चाजोंपाजो मिलाउने मुख्य जिम्मेवारी पाएका जनकपुरबासी भौतिक तथा निर्माण आयोजना मन्त्री विमलेन्द्र निधीले बिज्ञप्ती नै निकालेर भ्रमण रद्द हुनुको दोष एमाओवादी नेतृत्वको २२ दललाई लगाए भने २२ दलको तर्फबाट त्यहाँको नेतृत्व गरेका एमाओवादी नेता रामचन्द्र झाले दोष सरकारको भएको भन्दै आन्दोलनको उद्घोष नै गरे फलस्वरूप मोदीको व्यग्र प्रतिक्षामा रहेको जनकपुर क्षेत्र क्षणभरमै रणभुमीमा परिणत भयो ।
यि दुवै थरीका हर्कत कुनै पनि दृष्टीमा उपयुक्त थिएन ।यो त केवल थियो मोदीको भ्रमणको जस आफुले लिने र आफ्नो अभिष्ठ पुरा गर्ने चाहनाको भित्री खुलासा। बताईए अनुसार मोदीले नेपाल भ्रमणको बेलामा नै आफ्नो नेपाली समकक्षी शुसील कोईरालसंग जनकपुर भ्रमणको ईच्छा राखे बमोजिम उनको भ्रमण तय भएको हो । तर विवादको मुख्य कारण उनको ‘अभिन्नदन तथा सम्बोधन ‘ स्थल बन्यो । जुन अनावश्यक थियो । मोदीले चाहेकै ठाउंमा उनलाई भाषण गर्न दिंदा केही बिग्रदैनथ्यो । प्रधानमन्त्री कोईराला मोदीले नै चाहेको ठाउंमा भाषण गर्न दिन राजी भए पनि नेपाली राजनितीमा चतुर ,अस्थिर र आफ्नो अडान लिन नसक्ने परिचय बनाएको सत्तारूढ नेकपा एमालेको कारण कोईरालाको ईच्छाको केहि चलेन र जसको परिणाम आज देखिंदै छ। यहाँनेर सरकार नराम्ररी चुकेको छ । यति सम्म कि भ्रमण ‘रद्द’र ‘रद्द भएको छैन’ भन्दै सरकारका जिम्मेवार मन्त्रीहरू गैरजिम्मेवार अभिव्यक्ति दिएर जगत हसाँउदै छन् ।उता मोदीले जनकपुरमा भाषण गर्दा हाम्रो राष्ट्रिय अस्मिता खतरामा पर्छ भन्ने तर्क पनि समय सापैक्ष छैन ।
जनताको मनमा रहेको राष्ट्रभक्ती उनको दुई चार मिनेटको भाषणले न डग्मगाउने थियो न त छ । न त स्थानको प्राविधिक बिषयलाई लिएर बितण्डा मच्चाउनु नै आवश्यक थियो र छ। कारण जे सुकै भए पनि सतहमा देखिएको ‘निधी’ र ‘झा’ शैली अपरिपक्क ,सनक र लज्जाको मानक बनेको छ । बिडम्वना भारतले नेपालको राजनितीमा ‘माईक्रोम्यानेज्मेन्ट’ गरेको भनेर असन्तुष्टी प्रकट गर्दै आएका र भारतकै कारण गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्रीको कुर्सी गुमाउन बाध्य पारिएको भनेर ‘प्रभु’को अगाडी नझुक्ने बताएका प्रचण्डकै दलकै अगुवाईमा अभिन्दन स्थलको लागी भारतयिय बाणिज्य दूतावास सम्म पुगेर बिन्ती पत्र हालेर सामान्य कुटनितिक मर्यादाको समेत धज्जी उडाईयो र ‘माईक्रोम्यानेज्मेन्ट’लाई खुल्ला आमन्त्रण गरियो । यो भन्दा राष्ट्रिय लज्जाको बिषय अर्कों के होला ?
जनयुद्दको एउटा कठिन बाटो हुंदै यहाँसम्म आईपुगेका प्रचण्डले यि र यस्ता खाले गतिबिधीमा बढो सुझबुझ र बुद्दी पुर्याउनु पर्ने हुन्छ । किनभने आजको दिन सम्म यो मुलुकमा जे जस्तो कमजोरी नै भए पनि प्रचण्ड नै यस्ता नेता हुन् जो समकालीन नेता भन्दा ‘अग्ला’र स्व गिरिजा प्रसाद कोईरालाको रिक्त स्थान पुर्ती गर्न सक्छ्न् । तर एक पछि अर्कों उनको भनाई र गराईले जनमानसमा ठुलो आशंकाको डेरा जमाएको लुकाईरहनुपर्ने बिषय परेन। यो पनि सत्य हो कि खुल्ला रूपमा भारतले नेपाली राजनितीमा ‘माईक्रोम्यानेज्मेन्ट’गर्यो भनेर साहस गर्ने उनै हुन् तर ‘जनकपुर घटनामा’उनि नेतृत्वको २२ दलिय मोर्चाको स्थानिय नेतृत्वले जस्तो व्यवहार देखायो त्त्यसले नेपालको राष्ट्रिय स्वाभिमानलाई किमार्थ राम्रो गर्दैन बरू नेपालमा बाह्य हस्तक्षेप अझ निम्ताउने मार्ग बिस्तारित हुनेछ। वर्तमान नेतृत्वलाई हेक्का रहोस् !
(अध्यक्ष नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा)
- See more at: http://www.ratopati.com/2014/11/22/184534.html#sthash.tN0hT6D5.dpuf