मोदीको जनकपुर भ्रमण किन भयो रद्द ?

sneha jhaस्नेहा झा करिब साढे तीन महिना पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक नेपाल भ्रमणमा आएका थिए । १७ वर्षपछि भएको कुनै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबाट नेपालले धेरै अपेक्षा गरेको थियो । अपेक्षाअनुरुप मोदीले नेपाली नेता र जनतालाई खुशी पार्न सफल पनि भए । भारतकोे नामपनि सुन्न नचाहने भारत विरोधी राष्ट्रवादीहरुले पनि खुलेरै मोदीको प्रशंसा गरे । त्यही मोदी अहिले नेपालकै एक मुख्य शहर जनकपुरको भ्रमणमा जान लाग्दा चौतर्फि विवाद सृजना भएको छ । उनले जनकपुर र लुम्बिनीमा गर्ने भनिएको सार्वजनिक सम्बोधन पनि विवादित बन्यो । र अन्ततः तीनटै ठाउँको भ्रमण नै रद्द भयो । मोदी पहिलो पटक नेपाल आउँदा नै जनकपुर र लुम्बिनीको भ्रमण गर्ने योजना थियो । तर त्यतिबेला मधेशका कुनै पनि क्षेत्रमा भ्रमण गरेनन् । त्यति बेला पनि सरकारले जनकपुरमा मोदीलाई आवश्यक सुरक्षा दिन नसकिने बताएको थियो । मोदीको जनकपुर भ्रमण रद्द भएपछि र मोदीले आप्mनो भाषणमा मधेश शब्दको प्रयोग नै नगरेपछि निराश भएका मधेशी जनतालाई निकट भविष्यमै जनकपुर भ्रमण गर्ने आश्वासन दिएका थिए । त्यसैले पनि मोदीको आसन्न जनकपुर भ्रमण र उनको सम्बोधनलाई अनपेक्षित रुपमा लिएर ससंकित हुनुपर्ने कारण देखिएको थिएन । उनले आप्mनो पहिलो नेपाल भ्रमणकै समयमा जनकपुर भ्रमण गर्ने उद्घोष गरेका थिए । सोही अनुरुप यसपटक नेपाल आउँदा उनी जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण गर्ने योजना बनाएका थिए । तर अनावश्यक रुपमाउनको जनकपुर भ्रमण भने विवादमा तानियो र सबै भ्रमण स्थगित भयो । उनका अन्य भ्रमण भन्दा पनि जनकपुर भ्रमण नै किन यसरी विवादमा तानिदैछ त ? मोदीको जनकपुर भ्रमणलाई विशेषतः सुरक्षाको कारण देखाउँदै रोक्ने प्रयास भएको थियो त्यसबेला । सडक मार्गबाट जनकपुर आउने बताएपछि सुरक्षाको संवेदनशिलता देखाउँदै सरकारले हवाईमार्गबाटै आउन आग्रह गरेको थियो । त्यसै अनुरुप जनकपुरमा आवश्यक तयारी पनि थालिएको थियो । तर अन्ततःमोदीले सडकमार्ग भएरै आउने बताएपछि सरकारलाई थप टाउको दुखाई भएको थियो । उनी महोत्तरीको सिमा सुरसण्ड हुँदै सडकमार्ग भएर जनकपुर आउने निश्चित भईसकेको थियो । यता मोदीको जनकपुरको जानकीमन्दिरमा पुजापाठसँगै सार्वजनिक सम्बोधन र विद्यार्थीलाई साइकलवितरणको पनितयारी रहेको थाहा पाएपछि सरकार विचलित नै भएको थियो । काठमाडौंको चावहिल र बानेश्वरमा मोदीले सडकमै ओर्लेर नागरिकको अभिनन्दन स्वीकार गरेको सम्झिदा उनी महोत्तरी हुँदै जनकपुर आउने क्रममा स्थानियहरुसँग गाडीबाट ओर्लेरै कुराकानी गर्न सक्ने त्रास पनि सरकारलाई नभएको होइन । मुख्यतः मोदीले जनकपुरमा सार्वजनिक सम्बोध गर्ने भनेपछि उनले के भन्ने छन ्भने विषयमा सरकार चिन्तित थियो । सरकारको प्रयास सकेसम्म मोदीलाई स्थानीय जनतासँग नजिकिन नदिने रहेको प्रष्ट देखिन्छ । प्रश्न उठ्छः आखिर उनले त्यस्तो के भन्थे जसले गर्दा सरकार डराईरहेका थिए ? मधेशी जनताले त्यस्तो के सुनाउथे जसले नेपालको राष्ट्रिय हितविपरित काम गर्नेछ ? होइन भने मोदीको यो भ्रमणलाई मधेश र मधेशीको विकासमा कसरी प्रयोग गर्ने भन्ने रणनीति बनाउनुको साटो सरकार किन मोदीको भ्रमणलाई लिएर पूर्वानुमानमा व्यस्त भएको हो ? यो विषयलाई अलिकति आन्तरिक राजनीतिसँग जोडेर हेर्ने हो भने मधेशप्रतिको सरकारी विभेद प्रष्ट देखिन्छ । काठमाडौं मधेशप्रति कहिल्यै जिम्मेवार देखिएन र मधेशले काठमाडौंसँग कहिल्यै अपनत्वभावको अनुभव गरेनन् । आप्mनै देशका मधेशीजनतासँग दोस्रो दर्जाको नागरिक सरहको व्यवहार उहिले देखि हुँदै नै आएको हो । त्यसैको अर्को कडी हो मोदीको जनकपुर भ्रमणमा सरकारी पूर्वाग्रह । सार्क सम्मेलनको तयारी स्वरुप जहाँ राजधानीका सडक छेउछाउका घर सरकारी खर्चमा रंगरोगन गरिँदैछन्, त्यँही महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेका भुमिहिनका झोपडी अर्को विकल्पको व्यवस्था नगरिक नै भत्काइएको छ । अनाधिकृत रुपमा बनाइएका टहरा भत्काउनु सरकारी अधिकारको कुरा भएपनि मोदी आउने बाटोमा पर्ने ती टहराहरु मधेशका वास्तविक चित्र हुन् । जसलाई सरकारले लुकाउन खोज्दैछ । हुन त मोदी सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउन लागेका हुन् । तर विवाह पञ्चमीको अवसर पारेर पहिले जनकपुर जाने र त्यसपछि मात्र काठमाडौं आउने मोदीको योजना पनि शासकवर्गलाई अपचहुनु स्वभाविक हो । जनकपुरमा विवाहपञ्चमी हरेक वर्ष धुमधामका साथ मनाइन्छ । विवाहपञ्चमीमा छिमेकी मुलुकबाट ठूलो संख्यामा प्रत्येक वर्ष पाहुनाहरु आउने गर्छन, यो कुनै नौलो विषय होइन । तर यसपटक सार्क शिखर सम्मेलन जस्तो महत्वपूर्ण सम्मेलनका लागि मोदी जनकपुर हुँदै आउने भएका छन्, त्यो पनि स्थलमार्गबाट । मधेशलाई कहिल्यै मुख्यधारमा ल्याउन नचाहने एउटा निश्चित वर्गका लागि टाउको दुखाईको विषयहुने नै भयो । अति विशिष्ट एक व्यक्तिलाई देशको एउटा सुलभ जिल्ला सदरमुकाममा आवश्यक सुरक्षादिन सक्दिन भन्नुले के नेपालको सुरक्षा संयन्त्रमाथि प्रश्न उठाउँदैन ? सरकारले कुन आधारमा जनकपुरलाई मोदी भ्रमणका लागिसुरक्षा संवेदनशीलताको घेरामाराखेको छ, सोच्नै पर्छ । मोदीको भ्रमणपछि मधेशी जनतामा कस्तो सन्देश जानेछ भन्ने विषयमा चिन्तित देखिन्छ सरकार । कुटनीतिक रुपमा यो चिन्तालाई गलत मान्न सकिँदैन तर सार्वजनिक सम्बोधनलाई नै रद्द गराउने प्रयास गर्नु कुनै हालतमा सही मान्न सकिन्न । अर्को कुरा मोदीले जनकपुरमा विद्यार्थीहरुलाई साइकल वितरण गर्ने भनेपछि त्यो पनि विवादित विषय बन्न पुगेको छ । मोदीले सार्क सम्मेलनमा नेपाल आउने क्रममा नै काठमाडौंमा ट्रमा सेन्टरको उद्घाटन गर्नेछन् । त्यस्तै मुिक्तनाथमा खानेपानी परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि थियो र त्यसपछि उनले त्यँहाका जनतालाई त्यस क्षेत्रको विकासमा भारतको सहयोग रहने सन्देश दिने कार्यक्रम पनि थियो । उनले लुम्बिनीमा पनि सार्वजनिक सम्बोध नगर्ने र अरु कार्यक्रमहरुमा पनि सहभागी हुने बताइएको छ । मोदीको यो भ्रमण तालिकामा नेपाल सरकारलाई मुख्य टाउको दुखाईको विषय बनेको जनकपुर भ्रमण नै बनेको थियो । भारत र मधेश, त्यसमा पनि जनकपुरसँगको भावनात्मक सम्बन्धलाई कदर गरेरै भएपनि नेपाल सरकारले मोदीको भ्रमणको तयारी सकारात्मक रुपमा गर्नुपर्ने थियो । मोदीलाई सार्वजनिक सम्बोधन गर्नबाट रोक्ने प्रयासमा लाग्न ुभन्दा उनको सम्बोधनलाई मधेश र मधेशीको हितमा आउने गरी कसरी ल्याउन सकिन्छ भनेर कुटनीतिक प्रयासबाट छलफल गरिनुपर्ने थियो । यदि जनकपुर भ्रमण सुरक्षाका दृष्टिले संवेदनशील छ भने पनि त्यँहा पूर्ण सुरक्षाको तयारी गर्नुपर्ने थियो । मोदीको भ्रमणपछि जनकपुर चर्चामा आउने कुराले त्रसित सरकारको सोच जनकपुरलाई लुकाएर राख्नु उपयुक्त हुने बुझियो । मधेशी जनताले मोदीले मधेश विकासकालागि केही महत्वपूर्ण घोषणा गर्छन कि भनेर उनको प्रतिक्षामा थिए । संसद भवनमा नेपाललाई सहयोग स्वरुप दस हजार करोडको ऋण सुविधाको घोषणा गरेका मोदीले जनकपुरमा पाँच सय करोडको सहयोगको घोषणा गर्ने बताइएको छ । मोदीको सम्बोधनप्रति संसकित हुनु साटो उनको मधेश भ्रमणलाई देशको हितमा प्रयोग गर्ने नीति बनाउने तर्पm लाग्नु सरकारकालागि उपयुक्त थियो अब त्यो मौका पनि गुमाई सकेको छ ।