स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
الاثنين، 17 نوفمبر 2014
सुकुम्बासीहरुले गरे विरोध प्रर्दशन
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक २६ गते । नेपाल सरकारद्धारा गठित सुकुम्बासी भूमीहिन तथा अव्यवस्थित बसोवास सम्बन्धी प्राबधान गरिब जनताको प्रतिकुल भएको भन्दै महोत्तरीका सुकुम्वासीहरुले विरोध प्रर्दशन गरेका छन् ।
सुरक्षित घरबास सबैलाई खेतियोग्य जग्गा किसानलाई भन्ने मुलनाराका साथ भूमिअधिकार मञ्च महोत्तरीको अगुवाईमा यहाँका सुकुम्बासी तथा भूमीहिन जनताहरु सरकारको निर्णयको विरोधमा नौं वुँदे घोषण पत्र जारी गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
अवस्थित बसोबासीको हकमा जोतपोतको आधारमा जग्गादर्ता गर्नुपर्ने , अधिकत्म डेढ विघा सम्म न्युनतम राजस्व निर्धारण गरि जग्गा वितरण गरिनु पर्ने, पाँच कट्ठा सम्म निःशुल्क जग्गा वितरण गर्नुपर्ने, हकवन्दीको निर्णय खारिज गर्नुपर्ने जस्ता नौं वुँदे माग सहित उनीहरु आन्दोलनमा उत्रेका हुन् ।
सुकुम्बासी समस्या समाधान आयोगले तयार पारेको प्राबधान अनुसार ५ कठ्ठा भन्दा कम जमीन भएका र सोही जग्गा भित्र घर बनाई बसेका स्थानीयलाई १ कित्ता मानी सहुलियत दरमा वितरण गर्ने तथा दुई कित्तामा जमीन र घडेरी भएको र ५ कठ्ठा भन्दा बढी खनजोत गर्दै आएको जमीनलाई नापी शाखाले चलेको चल्ती मुल्य अनुसार पुनः ७० प्रतिशत राजश्व तिर्नुपर्ने र बाँकी जमीन सरकारलाई फिर्ता गर्नुपर्ने निर्णयको विरोधमा र्याली तथा सभाको आयोजना गरेका हुन् ।
सुकुम्वासी र भूमिहीनलाई जग्गा र घर, संविधानमा भूमि सुधारको ग्यारेन्टी गर, नेता र माननीय होसियार, क्षतिपूर्ति देउला खवरदार, कति सहनु चिन्ता र डर, छुटेका मोही दर्ता गर, सुकुम्वासी आयोगको छैन भर, कार्यादेश पहिले संशोधन गर जस्ता नाराका साथ उनीहरुले प्रर्दशनमा उत्रेका हुन् ।
बुधबार महोत्तरीको बर्दिवासमा जिल्ला भरीका भूमिहीन तथा सुकुम्वासीहरुले विरोधको कार्यक्रम गरेका छन् । भूमिहीनहरुले हातहातमा कुटो ,कोदालो, हँसीया, हलो, थाल, ढाँकी, कुचो तथा जंगली झारपात लिएर प्रदर्शन गरेका हुन् ।
الاشتراك في:
تعليقات الرسالة (Atom)


ليست هناك تعليقات:
إرسال تعليق