द्वन्द्वलाई शान्तिपूर्ण तवरले सल्टाउन सहज छैन

ck-lal सीके लाल द्वन्द्वरहित समाज यथार्थ भन्दा पनि कल्पनालोकको कुरा हो । जीवन्त समाजमा द्वन्द्व प्रत्यक्ष वा परोक्षरुपमा सधैँ विद्यमान रहन्छ । द्वन्द्व शान्तिपूर्ण प्रतिस्पर्धामा सिमित भयो भने समाजको सामुहिक उर्जा एक अर्कालाई कमजोर गर्ने काममा खर्च हुदैन । तर द्वन्द्वलाई शान्तिपूर्ण तवरले सल्टाउनु भनेको सहज काम होईन । कहिले काही कुनै पनि पक्षले नचाँहदा–नचाहँदै पनि द्वन्द्व हिंसात्मक बन्न पुग्छ । घोर दक्षिणपन्थी एवंम अति वामपन्थी विचारधारामा त शान्तिपूर्ण द्वन्द्व समाधानको संभावनालाई समेत निषेध गरिएको छ । हिंसात्मक संर्घषले प्रतिस्पर्धालाई शत्रुतामा रुपान्तरित गरिरहन्छ । शत्रु समनका लागि शस्त्रहरुले मुलतः ४ उपाय सुझाएका छनः साम, दाम, दण्ड र भेद । यी उपायलाई समग्रतामा बुझ्नुपर्ने हुन्छ । भेद विधिलाई चालवाजीका रुपमा अथ्र्याउने गरिन्छ । चालवाजीले गर्दा तत्कालका लागि शत्रुता शाम्य भएझैँ देखिए पनि भित्र भित्रै बदलाको भावना सल्किरहेकै हुन्छ । मौका पाउनासाथ द्वन्द्वको पुनरावृति हुन वेर लाग्दैँन । अँग्रेजीमा एउटा उखान छ, सबैलाई केही बेरका लागी झुक्याउन सकिन्छ, कोहीलाई सधैँकालाई झुक्याउन सकिन्छ । तर सबैलाई सधँै भरीका लागि झुक्याएर राख्न सकिदैँन । भेदका सिमितता समय क्रममा स्वतः उजागर हुदैँ जान्छन् । प्रचार र प्रसारबाट मात्रै सधँै भरी हावी हुनसक्छ । दण्ड विधि पनि समान्यतः सोचे जति सहज छैन । प्रविधिको विकाश हातहतियारको सहज उपलब्धता एवमं सञ्चारको विस्तारले गर्दा द्वन्द्वको मैदान समथर हुदैँ गएको छ । कमजोरहरुको अन्तिम बल ज्यान अर्पन बन्न पुगेको अवस्थामा दण्डको अवधारणामा प्रश्न उठ्न थालेको छ । मर्न तयार भएर मैदानमा उत्रेकालाई मारेर दण्ड दिएको ठहरिदैँन । बरु त्यसले द्वन्द्वलाई मलजल गर्छ । बन्दुकको त्रास त घोडा (स्ट्यागर) नदबाएर तर्साएसम्म मात्र रहनेछ । गोली चलेपछि निसानामा रहेको व्यतिm भलै मर्ला तर उसको ठाउँ लिन तम्तयार भएर बसेको व्यतिmहरुको हौसला घट्नुको साटो बढने सम्भावना बढि रहन्छ । सामुहिक हिंसाको मामिलामा एवमं वैचारिक रुपले प्रतिबद्ध जमातलाई शमन गर्ने सम्बन्धमा दण्ड विधि झन प्रतिपादक पनि ठहरिन सक्छ । शहिदको रगतले संघर्षको बगैचालाई सिचिँत गर्दछु भन्ने मन्यता अनाहक स्थापित भएको होईन । त्यस्तो अवस्थामा स्थापित मूल्य एवं मन्यता विरोधी अपराधको मामिलामा दण्डको प्रभावकारिता केही बढी हुन्छ । दाम अर्थात आर्थिक प्रलोभन, यो उपयोगी हतियार हो । असमान प्रतिस्पर्धीहरु बीच आर्थिक लेनदेनको अधारमा ठुलठुला विवाद टुँगिएको पाईन्छ । भेद र दण्डसँग दाम संयोजन गर्न सक्ने पक्ष प्रायः सफल ठहरिन्छ । वर्चस्ववाद एवम् हैकमवाद जस्ता नियन्त्रणमुखी विचारधाराहरुमा दाम बिधिको ठूलो महत्व छ । तर भेद दण्ड एवं दाम जतिसुकै प्रभावकारी विधि भएपनि तिनको प्रयोगले दिगो द्वन्द्व व्यवस्थापनलाई सघाउदैँनन् । दिगो द्वन्द्व समाधानको प्रक्रिया भनेको त अन्ततः सामै हो । साम अर्थात सामञ्जस्य , जसले विपरित पक्षलाई सँगै बस्नुपर्ने बाध्यतालाई स्वीकार गर्न उत्प्रेरित गर्दछ । तथाकथित लडाकु संस्कृतिको संस्कारले गर्दा होला, नेपालमा साम विधि बारे कमै चर्चा हुने गर्दछ । दाताहरुको पैसा र प्रभावले मेलमिलाप शब्दावलीले व्यापक विचार पाएको भए तापनि त्यस व्यतिmको मर्म सँग कमै नेपालीहरु सहमत छन् । पालोको पैँचोको कुरा हुन्छ । दोषारोपन गरेर जिम्मेबारीबाट उम्किन खोज्ने शतिmशालीहरुको समुहबीच प्रचल नै भएका हुन्छन् । मेलमिलाप उसैपनि द्वन्द्व द्धिपक्षीयको भएको अवस्थामा मात्रै प्रभावकारी हुन्छ । दक्षिण अफ्रिकामा अल्पसंख्यक गोराहरुमाथी बहुसँख्यक कालाहरु हावी हुन संसारभरीको आमराय नै बदलिनु पर्ने भयो । त्यस्तो अवस्थामा दुईपक्षबीचमा मेलमिलाप हुनुपर्ने बध्यात्मक अवस्था सिर्जना भयो । सत्यतथ्य तथा मेलमिलाप आयोग परिस्थितीजन्य बाध्यतालाई दिएको वैचारिक आवरण हो । तर द्वन्द्व नेपालमा जस्तो बहुपक्षिय भयो भने कतिको प्रभावकारी हुन्छ ? उतर स्पष्ट छैन । मेलमिलाप विधिहरु व्यख्ताहरु भन्छन, सम्झिराख्नु तर क्षमा दिनु भन्ने मान्यता इसाइ धर्मबाट उब्जिएको हो । आफ्नो अनुयायीहरुका सबै पाप प्रभु इसा मसिहले अँगिकार गरिसकेको हुँदा अपराध स्वीकार बडो महत्वपूर्ण मानिन्छ । इसाइ धर्ममा । तर, धर्म युद्धको परम्परा मान्य रहेको हिन्दु सँस्कृतीमा माफी दिनु भन्दा सजाय दिने संस्कार बलियो छ । महात्मा गान्धीको प्रभावले गर्दा महाभारतबाट उद्धत गरिने अहिंसा परमोधर्म धरैले सम्झिने गर्दछ । त्यही श्लोकको दोस्रो वाक्य धर्म हिंसा कमै दोह्रयाउने गरेको भए तापनि धर्म युद्ध धारणाले हिन्दु समाजमा व्यपकता पाएको छ । बलि दिने र बध गर्ने संस्कारमा क्षमा दिएर सँगै बस्ने कुरा समेत असंगत लाग्ने गर्दछ । सामञ्जस्यका आयाम सामञ्जस्य अवधारणामा भने विगतभन्दा पनि आगतलाई महत्व दिइन्छ । त्यसैले यस अवधारणामा क्षमा वा दण्ड होइन, सहअस्थित्व प्रधान बन्न पुग्दछ । साम नीतिलाई ६ थरी प्रक्रियाका रुपमा हेर्नै गरिन्छः -आपसी लाभ–हानीको आकंलन -एक–अर्काका सबल एवं दुर्बल पक्षको पहिचान -परस्परताका फाईदाहरुको लेखाजोखा ं -अविश्वास भए पनि निश्चित कार्यविधी अनुसार संगै काम गर्ने प्रतिबद्धता -एक–अर्कालाई बिझाउने शब्दावली प्रयोग नगर्ने सजगता -सम्मान लक्ष्यकालागी सहभागिता रहने निक्र्यौल तत्कालिन सात दलिय गठबन्धन एवं नेकपा (माओवादी) बीच नयाँ दिल्लीमा नोभेम्वर २००५ तिर भएको वार्ता एवं त्यसपछिको १२ बुँदे सम्झदारीलाई सामञ्जस्य प्रक्रियाको पहिलो चरणको रुपमा बुझ्न सकिन्छ, जुन एकअर्कालाई स्थान दिनेकामको थालनी थियो । त्यसपछि भने पश्चिमा विषेशज्ञको मेलमिलाप पारुपतिर द्वन्द्व व्यवस्थापनको विधि मोडियो । नेपालको बहुआयमिक सुसुप्त द्वन्द्वहरु अर्थात मधेशी–पहाडी, जनजाती–दलित, हिन्दु–मुसलमान इत्यादी द्वन्द्वहरु त्यसअघि माओवादीको वैचारिक एवं राजनितिकमा नेतृत्वसँग यस्ता जटिलतालाई सम्बोधन गर्ने कुनै उपाय नै नरहेको स्पष्ट भयो । सामञ्जस्यको सुरुवात सम्पर्कबाट हुन्छ । नजानेका व्यतिm वा समुदाय शत्रु जस्तो लाग्छन । सम्पर्क भएपछि एक–अर्काको आश र डर बुझ्ने अवसर प्राप्त हुन्छ । त्यसपछिको अवस्था संवादको हो । वार्तामा लेनदेनको कुरा प्रमुख भएपनि संवाद मुलतः मन माझ्ने प्रक्रिया हो । सम्पर्क संवादपछि मात्र वार्ता प्रायसः परस्पर लाभ–हानीको लेखा जोखामा अल्झनु पुग्ने रहेछ । सम्पर्क र संवादपछि मात्र वार्ताको चरणमा पुग्नु राम्रो हुन्छ । आत्मीयता बेगरको वार्ता प्रायसः परस्पर लाभ हानीको लेखाजोखामा अल्झिन पुग्दो रहेछ । सम्पर्क संवादपछि समझदारी सृर्जना हुन्छ । समझदारीले अधिकार र दायित्वको अनुभव अधारित सम्बन्ध स्थापित गर्दछ । आ–आफ्ना जिम्मेवारीको कर्तव्य निर्वाह गर्ने हो भने समझदारी अन्ततः सद्भावमा रुपान्तरित हुन सक्दछ । द्वन्द्वरत समाजमा भने निस्प्रभावी सरकार, शङ्कालु समुदाय एवं तनावपूर्ण ब्यतिmगत सम्बन्धहरुले गर्दा सकझदारीले सहज रुपमा सदभाव तिर डोर्याउछ भने निश्चित छैन । सद्भाव बिथोलिने कारणहरु जे छन्, तिनको उपस्थिती सद्भाव स्थापना गर्नमा समस्याको रुपमा देखापर्ने गर्दछ । वर्गीय, लैगिक नश्लिइ एवं जातिय असामनताका कारण नेपाली समाजमा स्वाभाविक सद्भावका शत्रुका रुपमा रहेको छ । अन्याय गर्ने, अन्याय गर्ने सघाउने, र अन्याय सहनेका साथै अन्याय भईरहँदा मुख्यसाक्षी भएर बस्नेहरुले सद्भावको मर्म ठम्याउन सक्दैँनन् । अज्ञान, अल्पज्ञान, डर, डाहा, एवं बदलाको भावबाट उत्पन्न असहिष्णुताले सद्भाव उत्पन्न हुन दिदैन । शतिm, सौन्दर्य, विद्या, धन, चार्तुय एवं सत्ताबाट उत्पन्न अहंकारले सद्भावका लागि अग्रसरता देखाउनबाट समेत रोक्छन् । सशक्ताको सिद्धान्त अनुसार अधिकारको हकदावीले र सक्षमता निर्माणले प्रतिस्पर्धाको मैदानलाई समथर बनाउँछ । तत्पश्चात प्रतियोगिता मैत्रीपूर्ण बन्न पुग्छ । हार–जितको भाव हराँउछ । सद्भाव उत्पन्न हुन्छ । सशक्तताको सिद्धान्त तार्किक देखिन्छन् । तर सशक्तताले मात्रै शताब्दीदेखि व्याप्त असमान्तालाई हटाउन सक्दैन । हकदावीबाट प्रतिरोध पनि आउन सक्छ । अनि प्रतिस्पर्धा सङ्कघर्षमा रुपान्तरित हुनसक्छ । सशक्तताको सिद्धान्तले सबल पक्ष हुँदाहुँदै पनि आफूमा अचुक उपाय होईन । सम्बृद्धि सिद्धान्तका पक्षधरहरुले सद्भावको अभावलाई गरीबीको व्यापकता भन्ने गर्दछन् । सम्बृद्धिले विपन्नता हटाउँछ । असमान वितरणले असन्तोष बढाउँछ, आक्रोश निम्त्याउँछ । र सम्पन्नवर्गले दमनद्वारा आफ्नो सम्बृद्धि बढाउँदै लैजाने प्रयत्न गर्दछ । समबृद्धि सिद्धान्तसँगँै जोडिएको अवधारणा हो विकास सिद्धान्त हो । पर्छौटेपनले गर्दा पूर्वाग्रह गर्न गाह्रो हुन्छ । विकासको आधुनिकता भित्र्याउँछ खुलापन बढाउँछ । यी तर्क कमजोर छैन विकासको लाभ भने परम्परा रुपमा शतिmशाली रहेको समुहले बढी पाउँछन् । आर्थिक क्रियाकलापबाट पूँजी हुनेहरुले श्रमको अधारमा बाँच्नेहरुले कैँयो गुणा बढी लाभ उठाउँछन् । सरकारी अग्रसरताको सिद्धान्त अनुसार राज्यसत्तामा शतिm र पहुँचको बाँडफाँड न्यायपूर्ण भयो भने तिक्तता घटाउन मदत पुग्दछ । सघियताले बहिष्कृत समुहको सम्मान स्थापित गर्न सहयोग गर्दछ । समावेशिताको नीतिहरुको प्रभावकारी कार्यान्वयनले गर्दा तिरस्कृतहरुले मुलधारमा सम्मलित हुन पाउँछन् । राजनितिक उपाय भएकाले सरकारी अग्रसरताको पक्ष विपक्षमा गोलबन्द हुने क्रममा सङ्कक्रमणकालिन अवस्थामा तीब्र हुनु अस्वभाविक होईन । तर राजनितिक उपाय आवश्यक भएपनि यथेष्ठ भने होईन । संघियता एवम् समावेशिताका बाबजुद सद्भाव कायम हुन नसकेका उदाहरण कैँयो छन् । छिमेकी भारतमा संघियता एवम् समावेशिता ईतिहास स्वतन्त्रता जति नै पुरानो भएपनि समाजिक सद्भावको वतावरण अझै चुनौतीपुर्ण ने छन् । सामाजिक सद्भावको सँस्कृती आफैमा हासिल गर्नु लक्ष्य रहेको भए तापनि सामञ्जस्यका लागि सद्भावको बाटो लामो र घुमाउरो जस्तो देखिन्छ । त्यसो भए सामञ्जस्य स्थापित गर्न अरु उपायहरु के–के हुन सक्दछन् । उत्तर भने प्रश्न जतिको सीधा उपलब्ध छैन । केही प्रस्तावना भने मननयोग्य छन् । स्रोतः मधेशअध्यन