गढीमाई मौलो
festival
गढीमाई (बारा), मंसिर १३ - यहाँको माहोल हेर्दा लाग्छ, पाँच वर्षमा एकपल्ट लाग्ने गढीमाई मेला रंगैरंगको इन्द्रधनुषी उत्सव हो । नाचगान, रमिता, मित्रमिलन, इच्छापूर्णताको भाकल । तर मधेसको हिउँदमा फूल, रंग र अबिरको यो रंगीन माहोललाई बिर्साउने गरी चर्चामा छ, पशुबलि । यो पशुबलि, जसका कारण बारा सदरमुकाम कलैयाबाट ६ किलोमिटर पूर्वमा अवस्थित गढीमाई देशदेशावरमा चर्चित छ । यही पशुबलिका कारण गढीमाई हिजोआज विवादित पनि बन्न पुगेको छ ।
अघिल्ला वर्षहरूझैं बिहीबार राति ११ बजेदेखि तान्त्रिक विधिबाट रातभरि पूजा गरेपछि शुक्रबार बिहान ४ बजे पहिले सेतो मुसाको बलि दिइयो । त्यसपछि क्रमशः सुँगुर, परेवा, हाँस, कुखुरा चढाइयो । अनि पालो आयो 'नरबलि'को । यो वर्षका लागि बलिदाता तोकिएका धामी दुःखा कछडियाले शरीरका कान, जिब्रो, आंैला, पाखुरा, तिघ्रा गरी पाँच अंगबाट तपतप रगत चुहाए र आफ्नो रगतको अंश गढीमाईका नाममा चढाए । त्यसपछि सुरु भयो- आस्था र आर्तनादको संगम अर्थात् राँगा बलि । बलिका लागि चुनिएका साढे चारसय तरबारधारीले जोसका साथ हावामा हतियार उज्याए र भाकलका राँगालाई गढीमाई देवीको दैलोमा हाजिर गराए ।
रातो कपडाले बेरेर राँगा घिस्याउँदै लगिरहेका दर्शनार्थीले बलि दिनुअघि तिनको धुमधाम पूजा गरेका थिए । आफ्नो भाकलका लागि उनीहरूले बलि चढ्नुपरेकामा पशुसँग क्षमा मागेका थिए । त्यसपछि मात्र राँगामाथि खुकुरी, खुँडा र तरबार चलाइएको थियो, जसलाई शब्दमा वर्णन गर्न साह्रै कठिन छ ।
मंसिर शुक्ल सप्तमी र अष्टमीका दिन पशुबलि दिइने परम्परा पछ्याउँदै शुक्रबार बिहान ती तरबारधारीले राँगा छप्काएका हुन् । शनिबार साँझसम्म जारी रहने यो भाकलको दोस्रो दिन बोका, कुखुरा, हाँस मारिनेछन् । यी अमुक प्राणीको पेटबोली बुझ्ने व्याकरण आजसम्म संसारमा बनेको छैन । हतियार उजाउँदा छेउछाउका राँगाको आँखामा देखिने त्रास र अनुहारमा व्याप्त निरीहता भने पढ्न सकिन्छ । गढीमाईमा उभिएर पशुबलीको समर्थन गर्न जति सजिलो छ, विरोध गर्न उत्तिकै कठिन । बिहीबार राति साढे १ बजे तीर्थालुको महासागर छिचोल्दै गढीमाई ओर्लेका भारतीय समाजसुधारक स्वामी अग्निवेशले पशुबलि चलुन्जेल अनसन बस्ने घोषणा गरे ।
तर शुक्रबार बिहान १० नबज्दै उनले गढीमाई छाड्नुपर्यो । 'यो धर्मको नाममा भइरहेको हत्याप्रति सख्त विरोध जनाउन यहाँ आएको हुँ,' वीरगन्जबाट अनशन घोषणा गरेर हिँडेका उनले गढीमाई ओर्लनेबित्तिकै कान्तिपुरसँग भनेका थिए, 'पूजाको नाममा यो खुद कमाइधन्दा हो ।'
उनै अग्निवेशले बिहान गढीमाई छाड्नुअघि भने, 'यहाँको सरकार, दलहरू, प्रशासन सबै मौन छन् । हामी यो लज्जास्पद गतिविधि टुलुटुलु हेरेर बस्न सक्दैनौं । फर्केर अन्तर्राष्ट्रिय समुदायमा कुरा उठाउँछौं ।' बुधबार साँझ गढीमाईमा पशुबलिको विरोध गर्दै लाखबत्ती बाल्ने पशु अधिकारकर्मी प्रमदा शाह हुन् या बिहीबार बिहान सदरमुकाम कलैयास्थित जिल्ला प्रशासन कार्यालय अघिल्तिर धर्ना दिने 'एनिमल राइट्स वेलफेयर नेटवर्क'का प्रदर्शनकारी, उनीहरूको संख्या र आवाज दुवै धीमा थियो । गढीमाईमा पशुबलि-विरोधीको संख्या औंलामा गन्न सकिन्छ, किनभने बाँकी जनसागर त उनीहरूको विरोधी हो ।
स्थानीय अध्येता ऋषिकेश लोहनी भन्छन्, 'पुरातनकालदेखि चलिआएको आस्था हो, विदेशीको उक्साहटमा लाग्नेले यसको विरोध गरेका हुन् ।'
भारतीय पशुअधिकारकर्मी मेनका गान्धीकी सल्लाहकारसमेत रहेकी गौरी मल्लिकी भन्छिन्, 'पशुको पनि बाँच्न पाउने अधिकार हुन्छ । उसको जीवनको निर्णय मानिसले गर्ने होइन । पशुहत्याको कुरो हिन्दु धर्मका कुनै ग्रन्थमा भेटिन्न, यो मानिसले बनाएको रीति हो, छुवाछूत जस्तै, सतीप्रथा जस्तै ।' यसरी अलिकति आस्था, अलिकति विरोध, अलिकति तर्क र अलिकति संवेदनाका रंगहरू मिलेर बनेको छ गढीमाई पर्व । एसियाकै सर्वाधिक ठूलो भनिएको पशुबलि दोस्रो दिनको बलिसँगै शनिबार समापन हुनेछ ।
पुस्तैनी थारू पुजारी
'तोर भलाइ होई त कथि कथि देव माईके अगाडि कहके जो ।' भोजपुरी भाषामा गढीमाईको आशीर्वाद बाँड्ने मंगल चौधरी हजारौं दर्शनार्थीको भीडमा परैबाट छुट्टन्िछन् । शिरदेखि पाउसम्म रातो चुनरीले बेरिएका उनी अरूभन्दा विशेष देखिन्छन्, किनभने उनी मुख्य पुजारी हुन् । पुजारीको प्रमाणपत्र त बाराका प्रजिअले नै दिएका छन्, जुन उनको घाँटीमा लटकिएको परिचयपत्रमा उल्लेख छ । उनलाई छुन खोज्ने, बोल्न खोज्ने र फोटो खिचाउन झुम्मिने आगन्तुक झेल्दा झेल्दा उनी हैरान छन् । पुरै 'सेलिबि्रटी स्टयाटस' !
हामी मुख्य पुजारी मंगल चौधरीसँग कुरा गर्न के खोज्दै थियौं, बारा जितपुर ८ की सुमित्रादेवी यादव खुट्टैमा परिन् । 'मैले गढीमाईका लागि राँगा र एउटा बोका भाकल गरेकी थिएँ, माईलाई चढाउने बेला घरमा शोक पर्यो,' उनले भोजपुरी भाषामा विनय गरिन्, 'अब म के गरूँ गुरुजी ?'
'तिमी भाकल बुझाएर र्फक । जुठो परेकाहरूलाई माईको प्रसाद नखुवाउनू । अरूलाई खुवाएर चित्त बुझाऊ । यसो गर्यौ भने धर्म हुन्छ ।' यति भनेर उनले झोलाबाट झिकेर एक टुक्रा नरिवल दिए । अनि हामीसँग यी एघारौं पुस्ताका थारू पुजारीले भने, 'जीवनसँग निराश हुनेहरू आशा खोज्दै यहाँ आउँछन्, भाकल गर्छन् । भाकल पूरा भएपछि गढीमाईलाई धन्यवाद दिन आउँछन्, परेवा उडाउँछन् ।'
जीवन खोज्दै गढीमाई आउनेहरूको संख्या कति होला ? यस्सै हेरेको भरमा लख काट्न सकिन्न, किनभने उनीहरूको भीड आँखाले हेरेर भ्याउँदैन । अरू कसैको जीवन लिएर आफ्नो जीवनको आयु माग्न मिल्छ कि मिल्दैन ? गढीमाईमा सधैं थारू पुजारी रहने चलनअन्तर्गत एघारौं पुस्ता चलाइरहेका १५ वर्षयताका यी पुजारी मंगलसँग यसको सिधा जवाफ छ । भन्छन्, 'हाम्रो मेलालाई विश्वभर चिनाउने माध्यम नै यही बलि भएको छ । यो बुझीबुझी हामी किन बलिप्रथा लोप हुन दिन्छौं ?'
गढीमाई मेलाबारे टिप्पणी गर्दै आएका अनुभव अजित पनि पुजारी मंगलको भनाइसँग असहमति जनाउँदैनन् । गढीमाई मेलाभित्र पाँच वर्षमा एकपटक हुने बराबरका पशुहत्या दसैंताका एकै दिन हुने तर सामूहिक संहार नहुने भएकाले मात्रै चर्चा नभएको उनको भनाइ छ ।
'वास्तवमा म एउटा पशु मारिनु र दुई लाख पशु मारिनुबीच खास फरक देख्दिनँ । कि त पशुवधकै विरोध गर्नुपर्यो, नत्र गढीमाई मेलाको मात्रै विरोध गर्नुको कुनै अर्थ छैन,' उनी भन्छन्, 'दसैंमा त्यसको कयौं गुणा मारिन्छन्, त्यसको त कसैले विरोध गर्दैन । पाँच वर्षमा एकपटक हुने यो मेलाको किन विरोध ?' मेलामा राखिएको स्वास्थ्य शिविर उद्घाटनमा आएका उद्योगमन्त्री महेश बस्नेतले पनि एक साताअघि गढीमाईमा यस्तै तर्क गरेका थिए ।
अजितजस्तै कतिपयले यो विषय पछिल्लो राजनीतिक मुद्दालाई विषयान्तर गर्ने प्रयत्नको रूपमा अथ्र्याएका छन् । उनीहरूको ठम्याइ छ- धर्मको राजनीति चलाउन खोजिरहेकाहरूका लागि यो बेला केही उत्पात भइहाल्यो भने संविधान निर्माणको प्रक्रियामा असर पार्न सकिन्छ । कतिपय स्थानीयले भने गढीमाई आसपास यस्ता विषयबारे थाहै नभएको टिप्पणी गरे । 'कसैको धार्मिक संवेदनालाई अनावश्यक चलाउन खोजियो भने प्रत्युत्पादक हुन्छ, स्थानीयवासीलाई ठिक छ भने बाहिरकाले टाउको दुखाइरहनु ठिक होइन,' एक स्थानीय भन्छन्, 'काठमाडौंमा खुल्लमखुल्ला राँगा, खसी मारेर बेच्ने ठाउँमा केही नगर्ने, माईको नाममा बलि दिँदा यहाँ आपत्ति ?'
पशु अधिकारकर्मी मनोज गौतम भने यो बलि नभई निर्दोष पशुपक्षीको हत्या भएको तर्क गर्छन् । उनले भने, 'आफूलाई धार्मिक मानिस भन्नेले बलिका नाममा त्यस्तो निर्मम काम गरेको मैले हेर्न सकिनँ ।' प्रज्ञा प्रतिष्ठानका तर्फबाट २०५१ सालमा गढीमाईमाथि वृत्तचित्रसमेत खिचेका आख्यानकार ध्रुवचन्द्र गौतम यो मेला भर्न पहिले पटकपटक आएका छन् । पूजा गरेका छन्, भाकल गरेका छन् । तर आफूले बलि नचढाएकाले आफ्नो भागको बलि अरूले नै बुझाएर गएको उनको भनाइ छ । 'मलाई गढीमाईमा पशुबलि हेर्ने कुनै रहर छैन, पूजा जारी राखे पुग्छ,' उनी भन्छन्, 'तर गढीमाई मेलाप्रतिको मोह अझै बाँकी छ ।'
वीरगन्ज बसेर लेखिरहेका पत्रकार चन्द्रकिशोरका अनुसार पशुबलिमाथि पहिलेभन्दा असहमतिको स्वर बढे पनि तत्कालै हट्ने कुनै सम्भावना छैन । 'पहाडबाट मधेस झरेकी देवीलाई मधेसी समुदायले पुरै अपनायो,' उनी भन्छन्, 'गढीमाईको मेला यस्तो हो, जुन भारतीय पक्षको सहयोगबिना पूरा हुन्न ।' भारत बनारसस्थित हरिश्चन्द्रघाटका डोम राजाको तर्फबाट बर्सेनि राँगा आउने गरेको इतिहास उनले कोट्याए । पछिल्लो एक दशकयता राँगा ल्याउने काम रोकिए पनि अहिले आउने तीर्थालुमध्ये ७० प्रतिशत त भारतीय नै हुने गरेको चन्द्रकिशोरको दाबी छ । गढीमाईको विशिष्ट पक्ष बलि भए पनि अरू पक्षलाई बेवास्ता गर्न नमिल्ने उनको भनाइ छ । 'यो पहाड-मधेस जोड्ने, मधेसको विविधता देखिने महाकुम्भ हो,' उनी भन्छन्, 'यसलाई विवादतिर नलगी सामाजिक सद्भावनाको अभियानका रूपमा उपयोग गर्न सकिन्छ ।'
बेलायती अभिनेत्री जोआना लुम्लेले लन्डनस्थित नेपाली दूतावासलाई ज्ञापनपत्र बुझाउँदै नेपाल सरकारसमक्ष गढीमाईको बलि रोक्न आग्रह गरेको समाचार बेलायतको डेली मेलले लेखेको छ । उनले यो अमानवीय क्रियाकलाप हिन्दु धर्मको आदर्शभित्र नपर्ने जिकिर गरेकी थिइन् । त्यस्तै, फ्रेन्च अभिनेत्री बि्रजिट बार्दोतले समेत राष्ट्रपति रामवरण यादवलाई पत्र लेखेकी छन् । पाँच वर्षअघि पनि यस्तै पत्र लेखेकी उनले नेपालका राष्ट्रपतिको प्रत्युत्तर नपाएकोमा निराशासमेत व्यक्त गरेकी छन् । पशु अधिकारकर्मीमाथि समेत आलोचना उत्तिकै छ । जस्तो कि, चन्द्रकिशोर भन्छन्, 'शाहाकारी जीवनपद्धतिको बारेमा बहस नगर्ने, तर कुनै क्षेत्र, धर्म विशेषको आस्थामाथि आलोचना गर्ने उनीहरूको तरिका त्यति सुहाउँदो भएन ।'
दाम कमाउँदै, नाम गुमाउँदै
आयोजकको दाबीअनुसार मेलाका ७० प्रतिशतभन्दा बढी आगन्तुक भारतबाट आउँछन् । दिसापिसाब गर्ने ठाउँको अव्यवस्था कतिसम्म छ भने, गढीमाई मन्दिर आसपास जताततै दिसा देखिन्छ । मन्दिरमा करोडौं पैसा उठ्ने भए पनि अघिल्ला वर्षहरूमा सांस्कृतिक उत्सवका रूपमा चलाउँदै आएको गढीमाई मेला व्यवस्थापन समिति यो पटक आर्थिक लाभ लिनमा केन्दि्रत भएको छ ।
समितिले गढीमाईको पर्यटन पूर्वाधारसहित यस क्षेत्रको विकास गर्ने उद्देश्यले तीन करोडभन्दा बढीको ठेक्का लगाउँदै उक्त रकम हात पारेको छ । १ करोड ६० लाखमा राँगाको ठेक्का लगाइएको छ । यसैगरी मनोरञ्जन ६१ लाख, जग्गा व्यवस्थापन ४१ लाख, भेटी ४० लाख ५० हजार, वधशालामा राँगा प्रवेश शुल्क ६ लाख २७ हजार, पार्किङ ५ लाख ४५ हजार, गुद्री बजार २ लाख ७० हजारमा ठेक्का दिएर समितिले त्यति रकम हात पारेको हो ।
'गढीमाई ट्रस्टको आर्थिक उन्नति भएमात्र यस क्षेत्रको विकास हुने भएकाले यस वर्ष मेलालाई आर्थिक लाभमा केन्दि्रत गरेका छौं,' गढीमाई ट्रस्टका अध्यक्ष रामचन्द्र साहले भने, 'विकासका लागि जहाँ हात बढाए पनि आफैं आम्दानी गरेर विकास गर्नु भन्ने जवाफ पाएकाले आर्थिक पाटो मजबुत गर्न सबै प्रकारको ठेक्का गरिएको छ ।' यो वर्ष भारतबाट राँगा ल्याउन रोक लगाइए पनि 'वैकल्पिक बाटो' अपनाएर राँगा ल्याउनेको संख्या ठूलो भएको उनले बताए ।
पाँचवर्षे गढीमाई मेलामा व्यवसायमार्फत आर्थिक लाभ लिने व्यवसायीहरूको आकर्षण बढेको छ । प्रायः स्थानीय व्यवसायीहरू अस्थायी व्यवसाय थप्दै कमाउने दाउमा छन् । खाना होटल, मनोरञ्जन, खाद्यान्न्ा, तयारी पोसाक तथा कपडा र कस्मेटिक व्यवसायमा बढी आकर्षण थपिएको छ । बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साहले जिल्लामा स्थायी व्यवसाय साढे दुई हजारको हाराहारीमा रहे पनि मेलाको कारणले अहिले त्यसको दोब्बर अस्थायी व्यवसाय थपिएको बताए ।
बिहार, उत्तर प्रदेश, बंगाललगायतका ठाउँबाट मनोरञ्जनका साधन थपिएका छन् । जसमा ८० प्रतिशतभन्दा बढी भारतीय व्यवसायीहरूको लगानी रहेको मेला समितिले जनाएको छ । मेलामा 'डबल ट्रेकर मौतका कुवाँ', रोटेपिङ, चाँदतारा, ब्रेक डान्स, रेल, जादु, नागनागिन, वैष्णोदेवी गुफा, डुंगा, थिएटर आदिमा भारतीयहरूको बढी लगानी छ । जग्गा व्यवस्थापन उपसमितिका संयोजक राजकुमार कुशवाहाका अनुसार मेलामा व्यापार प्रयोजनका लागि सशुल्क र निःशुल्क गरी ५ हजारभन्दा बढी स्टलबाट व्यापार भइरहेको छ । साढे दुई बिघा क्षेत्रफलमा झन्डै दुई करोड खर्चिएर दुईवटा वैष्णोदेवी गुफा निर्माण गरिएको छ । कोलकाताबाट मिस्त्री झिकाई एक महिनादेखि गुफा तयार गरिएको हो ।
अघिल्लो गढीमाई मेलामा बलि नै नदिई एक दिन पहिले वधशालामा हालिदिने, केहीलाई बलि चढाउने, बाँकीलाई जिउँदो राख्ने समेत गरियो । यो वर्षसमेत त्यसले निरन्तरता पाएको छ । हामी मेलास्थलबाट बाहिरिँदै गर्दा कानमात्रै काटेर जिउँदै फर्काइएका राँगाहरू देखिरहेका थियौं । वधशालाबाहिर रातो पहिरनमा आएको ठूलो हुल ठेक्कामा राँगा किन्न तयार भएर बसेको थियो । राँगाको टाउको जमिनमा गाड्ने, जिउको भाग बिक्रीका लागि लैजान उनीहरू आइसक्युब लिएर आएको हामीले देख्यौं । 'वास्तवमा माईलाई चढाएको भाकल बिक्री गर्नर् नहुने हो,' प्रत्यक्षदर्शी एक स्थानीयले भने, 'तर यहाँ धर्मको नाममा व्यापार चल्न थालेको छ ।' धर्मको नाममा व्यापार भएको भन्दै दर्शनार्थीले ठेक्का समितिविरुद्ध शुक्रबार बिहान हुटिङ समेत गरे । हिन्दु मान्यताअनुसार भगवानलाई चढाएको फूल निर्माल्य, त्यसलाई पवित्र ठाउँमा बिसाउने काम गरिन्छ । गढीमाईमा भने बिक्री चलिरहेको दृश्य अनौठो भएको सप्तरीबाट मेला भर्न आएका रामावतार यादवले भने ।
किंवदन्ती र इतिहासको दसगजा
गढीमाई मेला कहिलेदेखि कसरी सुरु भयो भन्नेमा स्थानीयबीच एक मत पाइन्न । एकथरी स्थानीय पौराणिक कालदेखिका किंवदन्तीसँग यसको इतिहास जोड्छन् । अर्काथरी तिनको विरोध गर्छन् । दुवै थरीले दिने जानकारीमा कहाँदेखि दन्त्यकथा सकिन्छ र इतिहास सुरु हुन्छ, ठम्याउन अलि गाह्रै छ । इतिहास अध्येता ऋषिकेश लोहनीका अनुसार एघारौं शताब्दीमा तिरभुक्ति राज्यअन्तर्गत रहेको सिम्रौनगढ घुम्दै आएका राजा नान्यदेवले भौगोलिक अनुकूलता हेर्दै आफ्नो राजधानी त्यहाँ बसाउनु उपयुक्त ठाने । कलैयादेखि २२ किमि पूर्वदक्षिणको सिम्रौनगढमा उनले मन्दिर खडा गरे ।
गढीमाई छेउमा रहेको त्यस मन्दिरको सुरुवाती नाम कंकाली माई थियो । पछि तुलजा भवानी नाम दिइएको यो मन्दिर राजा हरिसिंह देवका पालामा मुगल सम्राट समसुद्दिनको आक्रमणसँगै कालान्तरमा काठमाडौं उपत्यका सारियो । शक्तिशाली सम्राट समसुद्दिनले हरिसिंह देवलाई युद्धमा हराएसँगै मन्दिर उपत्यका सार्नुपरेको आहान छ ।
सिम्रौनगढमा सात पुस्ता शासन गरेका सेन वंशका तेस्रो पुस्ताका नाति शिवसिंहले राज्यकालमा विदेह राज्यका संस्थापकहरूसँग सम्बन्ध जोडेको सन्दर्भ जोडिन्छ । गोरखपुरदेखि पारिसम्म उनको राज्य थियो । अन्तिम राजा हरिसिंह देवले समसुद्दिनसँगको लडाइमा राज्य हारेपछि यहाँको राजनीतिक मानचित्र बदलिएको विश्वास छ । स्थानीय जानकारका अनुसार पहिले गढीमाईको मन्दिरमा त्रिशूल थियो । माटाको मन्दिर थियो । कलैया बरेवाका साहेब उपेन्द्रविक्रम शाहले पत्थरको मूर्ति खडा गर्न लगाए । त्यो मूर्ति अहिले गढीमाईमा छ । राजा राजेन्द्रवीरविक्रम शाहका कान्छा भाइ उपेन्द्रविक्रम शाहले पाँच वर्षको अन्तरमा मेला लगाउन थालेको लोहनी बताउँछन् । उनको यो तर्कमा भने प्रायः सबै स्थानीय सहमत देखिए ।
यी सबै कथामध्ये प्रायः सबैले भन्ने गरेको कथाचाहिँ भगवानदास चौधरीको हो, जसको नामसँग गढीमाईको इतिहास जोडिन्छ । सत्रौं शताब्दीताका बारा, बरियारपुरका भगवानदास चौधरी चोरीको कसुरमा तत्कालीन शासकबाट समातिएका थिए । उनलाई मकवानपुर गढीस्थित जेल लगिँदै थियो । त्यसै क्रममा उनले देवीको प्रार्थना गरे- म निर्दोष हुँ, मलाई छुटकारा दिनुहोस् ।
देवीले उनलाई सपनामा दर्शन दिइन् । मलाई तिमीले आफ्नो ठाउँमा लगेर स्थापना गरिदियौ र पूजाआजा गर्ने व्यवस्था मिलायौ भने तिमी छुट्छौ । देवीको कुरा मान्ने वचन दिएसँगै भगवानदासले गढीमाईमा रहेका त्रिशूल रातारात बरियारपुरमा गाडे । त्यही बेलादेखि यो मेला थालनी भएको मानिन्छ । उनै भगवानदासका एघारौं पुस्ताका सन्तान मानिन्छन्, मंगल । २०५१ सालदेखि गढीमाई मन्दिरका मूलगुरु रहीआएका मंगल पशुबलि नेपाली संस्कृतिको अभिन्न अंग भएको जिकिर गर्छन् । उनी कुनै चलनलाई शक्तिको बलमा रोक्न खोजिए राम्रो नहुने चेतावनी दिन्छन् । बरु उनको सल्लाह छ- 'सक्छौ भने प्रचारप्रसार गरेर, चेतना जगाएर बलि रोक्न प्रयास गर ।'
त्यसो त गढीमाईका नाममा आलोचनाहरू पनि छन् । बलिका क्रममा हुने पशुवध व्यवस्थापन गर्न नसक्दा २०५१ सालमा पीपीआर नामक महामारी रोग फैलिएको गुनासो छ । मेला व्यवस्थापन समितिका पदाधिकारीले बलि दिइएको ठाउँमा एउटा झिंगागासमेत नभन्कने दाबी गरे पनि उक्त वर्ष भेडाबाख्रा सखाप भएको समाचार त्यस बेला विभिन्न पत्रिकामा छापिएको थियो ।
चिसो र भीडले मृत्यु
यसैबीच, मेलामा शुक्रबार वृद्धा र बालिका गरी दुईको मृत्यु भएको छ । भारत छाप्रा बनियापुरका माका तिवारीका एक वर्षीया छोरीको चिसोले मृत्यु भएको हो । यस्तै, भारत सितामढी भवदेव १५ का ६५ वर्षीया पानकुमारी देवीको भीडमा किचिएर मृत्यु भएको हो ।
पाँच: अंक र अर्थ
गढीमाईसँग पाँच अंक जोडिएर आउँछ । पाँच वर्षमा दिइने पञ्चबलिमा गढीमाईका पुजारीले आफ्नो शरीरका पाँच अंगको रगत बलि देवीलाई चढाउँछन् । मेला लाग्नु पाँच महिनाअघि गढीमाई आसपासका गाउँको सिमाना छेकबार गरिन्छ । तान्त्रिक विधिको सहायताले सिमाना छेकबार लगाएपछि माइतीले चेलीको बिहाबारी गर्दैनन् । घरमा आएका कुनै जोगीलाई भिक्षा पनि दिन्नन् । तराईका मधेसी समुदायका बाहुन, थारू, हजाम, लोहार, धोबी पाँच जातिहरू पूजाकर्ममा सहभागी हुन्छन् ।
र, पाँच अंकको यो खेलमा अलिकति राजनीति पनि जोडिएर आउँछ । जुन जनप्रतिनिधि काठमाडौंबाट फर्केर बेलाबेला निर्वाचन क्षेत्रमा झुल्किन्छन्, मतदाताहरू व्यंग्य गर्छन्- ओहो, पाँचवर्षे गढीमाई फेरि आएछ !
त्यो गढीमाई, यो गढीमाई
पछिल्लो दुई दशकको अवधिमा पाँच/पाँच वर्षको अन्तरालमा सम्पन्न चार पटकको गढीमाई मेला, द्वन्द्वकै अवस्थामा बित्यो । यस अवधिमा द्वन्द्वकै वरिपरि चारपटक मेला सम्पन्न भयो । दस वर्ष (दुईपटकको मेला) तत्कालीन माओवादी र त्यसपछिका अरू वर्षहरूको अवधिमा मधेस केन्दि्रत तराईका विभिन्न भूमिगत संगठनको दबदबा थियो । दुवै समयताका हिंसा जारी थियो । बन्द/हड्ताल भइरहन्थ्यो । अपहरण र चन्दा आतंकसँगै धम्की पनि त्यत्तिकै थियो ।
मेला अवधिमा मेला समिति र मनोरञ्जनको साधनमार्फत तथा अन्य व्यवसाय गर्नेहरू चन्दाको धम्की खेप्थे । यस्ताखाले गतिविधिले सबैतिर त्रास र तनाव रहन्थ्यो । त्यसबेला नेपाल-भारतका दर्शनार्थीसँगै यहाँको सुरक्षा निकाय, मेला समितिलाई सुरक्षाको डर हुन्थ्यो । सुरक्षा अधिकारीहरू सुरक्षाको बन्दोबस्त मिलाउन र निगरानी गर्न जनशक्ति परिचालन गर्न चिन्तित हुन्थे ।
जिल्लाका सम्पूर्ण सुरक्षा युनिटलाई चौबिसै घन्टा 'एलर्ट' रहन मेला अघि र पछिसम्म सुरक्षा अधिकारीहरूले 'बि्रफिङ' गर्थे । सुरक्षा पोस्ट खडा गरी चेकजाँच र सूचना संकलन उत्तिकै चल्थ्यो । तर दुई दशक यता द्वन्द्वपछिको यो पहिलो मेलामा भने सुरक्षा र त्रासको चिन्ता छैन । त्यसताका हुने हिंसात्मक गतिविधि यसपटकको मेला आउँदासम्म रोकिएको छ, जसले सीमा वारि र पारिका सर्वसाधारणसँगै सरोकारवाला उत्साही देखिन्छन् । 'द्वन्द्वताका मेला हुँदा दुवैतिर सुरक्षा एलर्ट गर्नुपथ्र्यो तर अहिले उक्त अवस्था नभएर सबैलाई सहज छ,' सहायक प्रमुख जिल्ल्ाा अधिकारी योगेन्द्र दुलालले भने । यसपालि थपिएको कुराचाहिँ मूलतः काठमाडौंबाट उठेको बहसमात्र हो- पशुबलिलाई निरन्तरता दिनु उचित हो कि होइन भन्ने विषयमा ।
विदेशी भूमिमा आफ्नै साथीले फुटाई दिए आँखा



मधेसको राजनीतिलाई ध्वस्त तुल्याउनमा भारतीय गुप्तचरको भूमिका महत्वपूर्ण
विचार
ck-lal
सिके लाल
काठमाडौं सहर चार महिनाभित्रै पुनः मोदीमय भएको छ। सार्क सम्मेलन त बहानामात्रै हो। लाग्छ, नेपालको स्थायी संस्थापन दक्षिणका देउताको रथयात्रा गराउन आतुर थियो। देउताको रिस पनि आशिषै मानिने धर्म परम्परामा संविधान छिटो तर सहमतिमै बनाउनुपर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक हप्की पनि सायद काठमाडौंका सम्भ्रान्तलाई ननिको लागेन। तिनलाई प्रियतावादी कलाकार मोदीको नाटकीय अभिव्यक्तिको अन्तर्य तुरुन्तै तातिने र तत्कालै चिसिने सर्वसाधारणलाई भन्दा निकै बढी थाहा छ। उसै पनि संयम सम्भ्रान्तहरूको गुण हो।
पशुपति दर्शनका लागि काठमाडौं आएका बेला भारतीय प्रधानमन्त्रीले मधेसीहरूलाई सार्वजनिकरूपमा तिस्कार गरेर अनौपचारिक भेटघाटमा आश्वस्त पारेका थिए। यसपटक उनको यात्रा विशुद्ध कामकाजी भएकाले उनलाई कारोबारको दोस्रो पक्ष नेपालको स्थायी संस्थापनलाई ठेगानमा राख्नुथियो। त्यसैले मधेस शब्द उच्चारण गरे। सहमतिका कुरा गरे।
बार्धक्य, रोग र पारिवारिक शोकले पनि होला भारतीय प्रधानमन्त्रीले प्रधानाध्यापकको जस्तो व्याख्यान दिइरहँदा आतिथेय राष्ट्रका कार्यकारी प्रमुख सुशील कोइरालाको अनुहार टेलिभिजनको पर्दामा पाठ नबुझाएको छात्रजस्तो देखिन्थ्यो। पछि निजी भेटघाटमा आश्वस्त पारिएकाले पनि हुनसक्छ सार्क सम्मेलन आयोजक राष्ट्रका प्रधानमन्त्रीका हैसियतमा भने उनी प्रफुल्लताका साथ प्रस्तुत भएका थिए। रातारात देखिएको उनको भावभंगीमामा आएको चमत्कारी परिवर्तन भारतीय प्रधानमन्त्रीले नेपाली राजनीतिक दलका नेतासँगको भेटघाटमा सम्प्रेषण गरेको भिन्नै राजनीतिक सन्देशबाट पनि हुनसक्छ।
स्थायी सत्ताको इसाराबेगर बिरलै मुख वा कलम चलाउने काठमाडौंका विचार निर्माताहरूले भारतीय प्रधानमन्त्रीको सार्वजनिक गर्जन सुनेर अर्थपूर्ण मौनको नीति त्यसै अंगीकार गरेका हैनन्। दूध दिने गाईको लात्ती त सहनुपर्छ। एक खर्ब ऋणको बोझ अन्ततः सामान्यजनले नै बेहोर्नु परे पनि त्यत्रो ठूलो लगानीको तात्क्षणिक फाइदा त स्थायी सत्ताका व्यापारिक हिस्सेदारले न पाउने हुन्। नाफा क्षेत्रले गर्ने लगानी स्वभावतः आर्थिक प्रतिफलका लागि नै गरिने हो। बिजुली निर्यात गरेर सामान्यजनको हित हुने भए पेट्रोल बेचेर धनी भएका अरब मुलुकहरूको मानव विकास सूचकांक दुनियाँमा सबैभन्दा राम्रो हुन्थ्यो। पक्का हो, जलविद्युत्मा विदेशी लगानी आउन थालेपछि थप केही दलाल पुँजीपति भने डलर अर्बपतिमा रूपान्तपरित हुनेछन्। र, भारतीय प्रधानमन्त्री मोदीको उदय नै नाफा क्षेत्रको हित सुनिश्चित गर्नका लागि भएको हो।
सामान्यजनप्रतिको उपेक्षाभाव नयाँ दिल्लीमा होस् वा काठमाडौंमा परम्परागत स्थायी सत्ताको चरित्र नै हुनेगर्छ। ब्राह्मण—बनियाँ बाहुल्यको भारतीय जनता पार्टी होस् वा बाहुन—क्षेत्री वर्चस्वको नेपाली कांग्रेस, नेकपा ९एमाले०, सांस्कृतिक आर्थिक अग्रता पाएका समूहहरू सामान्यतः दक्षिणावर्त ९राइटिस्ट० राजनीति नै रुचाउँछन्। अंग्रेजीको ‘राइटिस्ट’ भन्दा नेपालीमा दक्षिणपन्थीको परिभाषा केही भिन्न छ।
पश्चिमा राजनीति विज्ञानअनुसार परम्परामा विश्वास गर्ने र यथास्थितिलाई निरन्तरता दिन चाहने ‘राइटिस्ट’ हो। नेपाली शब्दकोशमा भने दक्षिणपन्थलाई उग्रवादी वा क्रान्तिकारी मतविरुद्ध क्रमिक, वैधानिक र सरल तरिकाले विकास गर्नुपर्छ भन्ने राजनीतिक पक्ष वा सिद्धान्तका रूपमा अर्थ्याइएको छ। यी दुई परिभाषालाई पछ्याउने हो भने भारतीय जनता पार्टीजस्तै नेपालका कांग्रेस, एमाले पनि दक्षिणावर्त राजनीतिक संरचना हुन् — मूलतः यथास्थितिवादी। पूर्व पञ्च एवं अन्य माले—मण्डलेहरू स्वभावतः प्रतिगामी प्रवृत्तिको पक्षधर रहेकामा शंका गर्नुपर्दैन। भित्री मनसाय जेजस्तो भए पनि माओवादीहरूमध्ये उग्रवादीदेखि क्रान्तिकारी भएका दाबी गर्नेहरूलाई फगत परिवर्तनका कार्यसूची स्वीकार्य छैनन्। दुईदुईपटक आम निर्वाचनमा भाग लिएर हारजित भोगिसकेका कतिपय क्रान्तिकारीको छलाङ मोह अझै भंग भएको छैन।
त्यसो भए नेपाली राजनीतिमा दक्षिणपन्थी शक्तिका रूपमा कुन समूहलाई मान्न सकिएलारु प्रश्न सरल भए पनि उत्तर स्पष्ट छैन। सन् १९९० पछि पूर्वपञ्चहरू प्रतिगामी एवं तत्कालीन नेपका ९एमाले० मदन भण्डारीको चमत्कारी नेतृत्वमा उग्रवादी रहिरहँदासम्म गणेशमान सिंहले नेपाली कांग्रेसको क्रान्तिकारी छविलाई कायम राख्न सकेका थिए। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेस यथास्थितिवादी दलमा रूपान्तरिक हुँदै गएको हो। तर, उनमा क्रान्तिको धुकधुकी बाँकी रहेकाले उनले माओवादीदेखि मधेसवादी समूहसम्मलाई मूलधारमा ल्याउने आँट देखाउन सकेका हुन्।
नेपाली शब्दकोशको परिभाषाअनुसार गिरिजाप्रसाद कोइराला ‘दक्षिणपन्थी’ देखिन्छन् तापनि ‘प्रयोगवादी राजनीतिकर्मी’ शब्द सायद उनका लागि बढी उपयुक्त हुनेछ। परिवर्तनको मोह लगभग समाप्त भएको नेपाली कांगे्रस अब पूर्णतः ‘राइटिस्ट’ अर्थको दक्षिणवर्त राजनीतिक संयन्त्रमा रूपान्तरित भएको छ। एमाले त सुस्तरी प्रतिगामी नै बन्दै गएको छ भने पनि हुन्छ। उखान टुक्काको राजनीति प्रतिक्रियावादी नै हुने जो गर्छ।
सिंहदरबारको दक्षिणावर्त प्रवृत्ति टड्धकारोसँग भारतीय प्रधानमन्त्रीको प्रस्तावित भनिएको जनकपुर भ्रमण कार्यक्रम निर्माण, खारेजी, पुनर्विचार, एवं असफलता प्रकरणमा उदाङ्गियो। जनकपुर भ्रमण प्रकरणका अन्य कुटिल, व्यावहारिक, कारुणिक एवं प्रहसनात्मक पक्ष नभएका हैनन्। समग्रतामा भने जनकपुर भ्रमण प्रकरणले दक्षिणावर्त राजनीतिको खोक्रोपनलाई राम्रोसँग उजागर गरेको छ। सिद्धान्तहीन राजनीतिको एकमात्र निश्चितता अनिश्चय नै हुने रहेछ।
स्वार्थहरूको बाझाबाझ
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सम्भवतः चार कारणले विश्वका वैष्णवहरूको मामाघर ९ जगज्जनी जानकीको माइती० जनकपुर आउन चाहेका थिए। अम्बानी—आडानी नाफा पथ छनौट गरेदेखि अयोध्या र राम जन्मभूमिप्रतिको आस्थाले गर्दा भाजपामा लागेका उत्तरभारतका हिन्दुत्ववादी ठुस्स परेका छन्। तिनका लागि जनकपुर भ्रमण ठूलो सन्देश हुन्थ्यो। राजनीतिमा प्रतीकको ठूलै अर्थ जो हुन्छ।
जनकपुरसँग सीमा जोडिएको विहार राज्यमा चुनाव हुनेवाला छ। बाह्रबिघामा गरिने प्रधानमन्त्री मोदीको सम्बोधन मूलतः सीमापार लक्षित हुने पक्का थियो। वारिपारि कायम रहेको घनिष्ठ सम्बन्धका बारेमा थाहा पाएका भाजपाका योजनाकारहरू आफ्ना प्रभावशाली प्रचारकलाई अपेक्षाकृत तटस्थ भूमिबाट पनि उपयोग गर्न चाहन्थे।
प्रधानमन्त्री मोदीलाई भारतको हित प्रवर्धन गर्न मूलतः नेपालको वर्चस्वशाली समूहसँग लेनदेन गर्नुपर्ने हुन्छ। ठोस कूटनीतिमा रोटीबेटी सम्बन्धको खासै महत्व हुँदैन। तर, वर्चस्वशाली समूहसँग मोलतोल गर्दा मधेसी पत्ताको उपयोगिता बारे मोदीलाई पक्कै हेक्का हुनुपर्छ। साइकल बाँडेर सहजै रिझाउन सकिने समुदायलाई प्रशन्न तुल्याएर उनी आफ्नो मोलमोलाइ गर्ने शक्ति काठमाडौंमा बढाउन चाहन्थे।
चौथो र अन्तिम स्वच्छ कारण पनि हुनसक्छ। जनकपुरमा सीमा क्षेत्रका भारतीय राज्यबाहेक सबभन्दा धेरै धार्मिक पर्यटक सम्भवतः गुजरात राजस्थानतिरकै वैष्णवहरू आउँछन्। पशुपति यात्रा मूलतः धार्मिक कूटनीतिको जिम्मेवारी थियो। जनकपुर भ्रमण आस्था अभिप्रेरित पनि ठहरिन सक्थ्यो। त्यसै हो भने उनको जनकपुर आगमन अहिले सोचेभन्दा छिटो पनि हुनसक्छ। प्रियतावादी राजनीतिकर्मीको वाचाको भरोसा त हुन्न तर तीर्थाटन गर्ने चाहना उनले सार्वजनिकरूपमै दोहोर्यााएका छन्।
नयाँ दिल्ली संस्थापन पनि चार कारणले गर्दा सुरुदेखि नै मोदीको जनकपुर भ्रमणको विपक्षमा थियो। गएको २५ वर्षमा भारतको हस्तक्षेपकारी कूटनीतिक संस्थापनले मधेसमा न त अरू विदेशीलाई केही गर्न दिएको छ न आफैँले केही गरेको छ। भिठ्ठामोड—जलेश्वर—जनकपुर बाटो त एउटा दृष्टान्तमात्रै हो। मोदी स्थल मार्गबाट आएका भए उनले आफ्नै संस्थापनको नालायकी देख्न पाउने थिए। दोस्रो, मधेसको राजनीतिलाई ध्वस्त तुल्याउनमा भारतीय गुप्तचर निकायको भूमिका महत्वपूर्ण रहने गरेको छ। त्यो कुरा त सन्तमहन्तले पनि गर्थे होलान् तर तिनलाई कूटनयिकहरूले देखी जो सहँदैनन्।
मधेस मैत्री संविधान बन्नसक्ने सम्भावना अत्यन्त न्यून रहेको अवस्थामा भारतीय प्रधानमन्त्रीको जनकपुर भ्रमण असफल मानिन सक्ने जोखिमप्रति संस्थापन सचेत रहनु स्वाभाविक पनि हो। चौथो तर सबैभन्दा महत्वपूर्ण कारण सम्भवतः नितान्त व्यवस्थापकीय थियो। जोखिमपूर्ण सीमा क्षेत्रमा अति विशिष्ट पाहुनालाई सुरक्षा प्रदान गर्नसक्ने नेपालका सुरक्षा निकायहरूको क्षमतामा सायद भारतीय रणनीतिकारहरूलाई विश्वास भएन। नेपालको संस्थापनले विश्वास दिलाउन पनि चाहेन वा सकेन।
बाह्रबिघा वा जानकी मन्दिर परिसर विवादले जनकपुरका राजनीतिकर्मीलाई विभाजित गर्ने परिस्थिति निलम्वित सभासद् सञ्जय साहद्वारा रिक्त गरिनसक्ने स्थानको सम्भावित उपनिर्वाचनका कारणले पनि हुनसक्छ। तर, त्यस विवादको भूमिका निर्णायक मान्न सकिँदैन। दोस्रो कारण सायद बढी महत्वपूर्ण ठहरिएको हुनसक्छ। जनकपुर क्षेत्रको अवस्था विहार, उडिसातिरका दरिद्रतम इलाकाभन्दा खासै राम्रो छैन। गफमै भए पनि काठमाडौंका सम्भ्रान्त कर्णालीतिरको अविकासको कुरा गर्न रुचाउँछन्। संख्यात्मकरूपमा भने सिंगो कर्णाली अञ्चलभन्दा विपन्नको संख्या महोत्तरी क्षेत्रमा मात्रै पनि बढी छ। निरीहताले असम्भव अपेक्षा जन्माउने रहेछ। मोदी भ्रमणको चमत्कारी असरको आशामा रहेका सामान्य मधेसी अपेक्षालाई कारुणिकबाहेक अरू केही भन्न सकिँदैन।
हास्यास्पद प्रतिक्रिया भने काठमाडौं संस्थापनको उत्ताउलोपनमा देखियो — बोक्रा सुद्दै नरिवल खाने हतारमा। मोदीको जनकपुर तीर्थाटनको तिथिमिति कूटनीतिक तवरमा निश्चित हुन नपाउँदै भारतीय सञ्चार माध्यममा सम्प्रेषित प्रायोजित ‘समाचार’ का भरमा सवारी मन्त्रीका रूपमा विमलेन्द्र निधिलाई खटाउनु भुल नभएर अपरिपक्वता नै थियो। संविधान सभामै भ्रमणको औचित्यमा प्रश्न उठाउनुलाई पनि उर्बौलो प्रवृत्ति प्रदर्शन भने हुन्छ। नेपालीहरूको खोक्रो राष्ट्रवादको नौटंकीले अब मनोरञ्जन पनि दिँदैन। प्रहसनात्मक पाटो भने निश्चितै नभएको तीर्थाटन रद्द भएपछिको तमासामा देखियो। त्यसमा विनम्रता, निरीहता, वीरता, आँट, स्वाँग, विसंगतिजस्ता यावत् भावहरूको अभिव्यक्ति देख्न सकिन्थ्यो।
सुनिएअनुसार, दक्षिणाधिपतिलाई भ्रमण रद्द नगर्न बिन्ती गर्नेहरूमा राष्ट्राध्यक्षदेखि सरकार प्रमुखसम्म थिए। सुरक्षाको प्रत्याभूति दिन गृह मन्त्री तम्सिए। निश्चित नै नभएको भ्रमण रद्द गरिएको नाटकका विदूषक अन्ततः नेपाल सरकारले तोकेका सवारी मन्त्री ठहर्यातइए। दक्षिणावर्त राजनीतिक नाटक हो। र, यस विधामा भाजपाका रणनीतिकारहरू पोख्त छन्। कांग्रेस एमालेका नौसिखुवाहरू कच्चा खेलाडी त ठहरिनु नै थियो। यस करुण हास्य प्रसंगले मधेसको राजनीतिलाई भने थप गिजोल्न सक्छ।
चरणामृतको चाहना
सुन्दा नमीठो लागे पनि नेपालमा राजनीतिक रूपान्तरणको कार्यसूची अलपत्र हुन पुगेको यथार्थ स्वीकार गर्नैपर्छ। मोहन वैद्यले परिवर्तनको सम्भावनालाई अन्तरध्वंशबाट समाप्त गरेका थिए। विप्लवले प्रतिगमनको आधारभूमि तयार गर्दैछन्। एउटै पुस्ताले दुईपटक क्रान्ति गर्दैन। माओवादीहरूको क्षमता अझै पनि क्षयोन्मुख नै छ। एनेकपा ९माओवादी० सँग ‘हिंग बाँधेको टालो’बाहेक अरू केही बाँकी छैन।
गैसस कर्ममा अग्रता एवं एकाधिकार कायम गरेकाले दलित एवं जनजाति अगुवा अझै पनि एमालेको परिक्रमापथबाट उम्किन सकिरहेका छैनन्। औपचारिकरूपमा नै ‘भुइँको टिप्न खोज्दा पोल्टाको पोखिने डर’ रूपी आतङ्कबाट एमालेका दलित जनजाति ग्रस्त छन्। हुन त पोल्टो खाली नै छ तर टिप्न निहुरिने हो भने पिठ्युँको भारीको पोल खुल्छ। बल्खु दरबारका रणनीतिकारको व्यवस्थापन क्षमतालाई मान्नै पर्छ। र, एमालेका दलित—जनजातिको कम्तीमा मौन समर्थनबिना पद्मरत्न तुलाधरको आन्दोलन कतै जानेवाला छैन। त्यो यथार्थ सायद उनलाई पनि थाहा छ।
नेपाली कांग्रेसका मधेसी सभासद् भने अपेक्षाकृत बढी मुखर देखिएका छन्। तिनलाई थाहा छ, मधेस विरोधी छवि भएका कृष्णप्रसाद भट्टराईलाई एक हाँकमा पर्साबाट चुनाव जिताउन सक्ने गिरिजाप्रसाद कोइरालाको हैसियतको कुनै पहाडी नेता आजका मितिमा छैनन्। अर्को निर्वाचन लड्नु नै छैन भने बेग्लै हो नभए पहाडी मूलका अमृत अर्याल होउन् वा थारु राजनीतिकर्मी पद्मनारायण चौधरी तराई—मधेसमा राजनीति गर्ने महत्वाकांक्षा बोकेका कुनै पनि व्यक्तिले मधेसीहरूको कार्यसूची परित्याग गर्न सत्तै्कन। तिनको संख्या र प्रभाव न्यून रहेकाले कांग्रेसका मधेसवादीहरूले राम्रो खासै केही गर्न नसके पनि नराम्रो हुनबाट रोक्न भने सक्छन्।
विडम्बनाजस्तो देखिए पनि मधेसवादी दलहरूमा दक्षिणावर्त आकर्षण बढ्दै गएको छ। माओवादीसँग मधेसवादीको वैचारिक भिन्नता रहनु स्वाभाविक हो। प्रायः मध्यमवर्गीय पृष्ठभूमि एवं संसद्वादी राजनीतिक संस्कार बोकेका मधेसवादीलाई माओवादीको अर्थराजनीति नपच्नु अनौठो होइन। साथै, यथार्थ के पनि हो भने संघीयता एवं समावेशिताजस्ता मधेसीका कार्यसूचीप्रति एमाओवादीबाहेक अरू कुनै राजनीतिक शक्ति प्रतिबद्ध छैनन्। गणतन्त्र तथा धर्मनिरपेक्षता घोषणाको यश इतिहासका पानामा जीपी कोइरालाले सुनिश्चित गरिसकेकाले संघीयता र समावेशितामात्र आफ्नो राजनीतिक योगदान ठहरिन सक्ने सम्भावनाप्रति पुष्पकमल दाहाल सचेत छन्। त्यसैले गर्दा २२ दलीय प्रतिपक्ष मोर्चा सम्भव भएको हो। केही मधेसवादीहरूको दक्षिणावर्त भ्रान्तिले त्यो भत्किन सक्छ।
नरम धार्मिक कट्टरता ९ सफ्ट हिन्दुत्व० सिद्धान्तको बुटी पिलाइएका केही मधेसवादीहरू मोदीले नै मधेसीको संकटमोचन गर्ने मोहभ्रममा फस्नसक्ने सम्भावनाको संकेत संयुक्त मधेसी मोर्चाको पुनर्जीवनमा देख्न सकिन्छ। यसको तात्कालिक फल मोदीको सम्बोधनमा मधेसी शब्दको उच्चारणरूपी ललिपप एवं संविधान सहमतिमै बनाइनुपर्ने उपदेशजस्तो केटाकेटीलाई भुलाउनेजस्तो झुनझुनामा नदेखिएको पनि होइन। यथार्थ के हो भने अझै पनि मधेसीहरू भारतीय संस्थापनाका लागि परेको बेला प्रयोग गरिने पत्ताभन्दा बढी केही होइनन्। दक्षिणावर्त राजनीतिलाई स्थायी सत्ताले सञ्चालन गर्ने गर्छ। र त्यसको बाझाबाझ, वार्ता, लेनदेन, समझदारी, सम्झौता र सहमति पनि अर्को स्थायी सत्तासँग मात्र हुनेगर्छ। संघर्ष र परिवर्तनको कार्यसूचीलाई अरू कसैको छातामुनिबाट अगाडि बढाउन सकिँदैन।
राजनीतिमा असफलता भन्ने शब्द अवसरवादीले मात्र प्रयोग गर्ने गर्छन्। पछाडि पर्नु अनौठो होइन। संघर्ष पुस्तौँपुस्ता चल्ने कुरा हो। भारतको निगाहाबाट मधेसीको हित सुनिश्चित हुने भए पहिलो संविधान सभाको अवसान हुन दिनुपर्ने अवस्थै आउने थिएन। मधेसवादी राजनीतिकर्मीको प्रायोजित तेजोबधपछि तिनमा निरीहता आएको छ। त्यसको ओखती संघर्षमात्र हुनसक्छ। समर्पण त राजनीतिक मृत्यु हो। कार्यसूचीका आधारमा परिवर्तनकामीहरूसँगको सहयात्राको विकल्प दक्षिणावर्त राजनीतिको जडता कदापि हुनसत्तै्कन। त्यसो भयो भने विप्लवको मधेसी संस्करणको उदयलाई सीके राउतजस्ता राजनीतिकर्मीले पनि रोक्न सक्नेछैनन्।
मोदीका मायावी शब्दजाल एवं मोहनीबाट मुक्त हुनुपर्ने सबैभन्दा बढी आवश्यकता मधेसवादी राजनीतिकर्मीलाई छ। अरूलाई त हाँसे पुग्छ।
Nagarik
जवानी खोज्दै जनकपुर
Tula Narayan Sah
जतिबेला देशमा कहीं कतै सडक थिएन, जनकपुरमा रेल चलेको थियो। तर आज देशको कुना कन्दरामा सडक पुगेको छ, जनकपुर र यस वरपर एउटै राम्रो सडक छैन।
6
मंसिर ५ -
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण हुने खबरपछि फेरि एकपटक त्यस क्षेत्रमा विकासको बहस सुरु भयो। विकास-पुरुषको नामले समेत चिनिएका मोदीले आफ्नो अघिल्लो भ्रमणका क्रममा तर्राई, पहाड, हिमाल सबैतिर विकास हुनुपर्ने र त्यसका लागि भारतले सहयोग गर्ने मनसाय व्यक्त गरेका थिए। त्यसकारण जनकपुर वरपरका क्षेत्रमा अनेकौं अडकलबाजी थालियो । कसैले 'स्मार्ट सिटी' का रूपमा जनकपुरलाई विकास गरिदिनुुपर्ने आशय राखे। कसैको धारणा धार्मिक पर्यटनका लागि भौतिक पर्ूवाधार विकासमा भारतको सहयोग रहुनपर्छ भन्ने थियो । ५ अर्ब रुपैया“सम्मको जनकपुर विकास प्याकेज मोदीबाट घोषणा हुन सक्ने अनुमान थियो । पछि आएर मोदीको जनकपुर भ्रमण रद्द भयो, तर यसले यो नगरीको विकास बहस भने छेडेको छ ।
जनकपुर मिथिलाको मुटु हो। जनकपुरको विकासले समग्र मिथिलाञ्चललाई प्रभावित गर्नेछ। हाल कोसी पश्चिम र बागमती पर्ूवका नेपालका ५ जिल्लालाई मात्र मिथिला मानिन्छ। कुनै बेला पर्ूवमा कोसी पश्चिममा गण्डक, उत्तरमा हिमालय दक्षिणमा गंगासम्म फैलिएको थियो मिथिला। मिथिलाञ्चलको समाज एवं जीवन पद्धतिबारे चलेका अनेक किंवदन्तीहरू अहिले पनि चलनचल्तीमै छन्। तिनले आज पनि मिथिला समाजको तस्बिर पस्किन्छन्। इतिहासमा अत्यन्त समृद्ध रहेको मिथिलाञ्चल नेपालमा मात्र होइन भारतीय क्षेत्रको भूभागमा पनि अनेकौं प्रकारले संकटग्रस्त बन्न पुगेको छ।
मिथिलाञ्चल नै संकटग्रस्त भएको बेला जनकपुर त्यसबाट अछुतो रहनु असम्भव थियो। परिणामतः आज जनकपुर पर्ूण्ारूपमा जर्जर भइसकेको छ। देश विदेशका मानिसहरू रामायण र सीताको बयान पढेर/सुनेर जनकपुर नपुगुन्जेल उत्साहित रहन्छन् तर जब पुग्छन् अनि निराश बन्छन्। इतिहासमा सबैलाई लोभ्याउने जनकपुरको वर्तमानको कुनै पनि पक्ष यस्तो छैन जसले कसैलाई लोभ्याउन सकोस्। आखिर के थियो इतिहासमा र के भयो आज- आज हामीले जनकपुरको विकास योजना बनाउ“दै गर्दा कुन पक्षलाई ध्यान दिनु जरुरी छ त-
'पग पग पोखैर, पान, मखान, यैह थीक मिथिलाके पहिचान' अर्थात् पाइला पाइलामा पोखरी, पान र मखान नै मिथिलाको पहिचान हो।
'बाबन कुट्टी बहत्तर कुण्डा, फिरे सन्त जन झुण्डही झुण्डा' अर्थात् ५२ वटा कुटी, मठ, मन्दिर र ७२ वटा पोखरी भएको सहर जहा“ सन्त महन्तहरू झुण्डको झुण्ड घुमिराखेका हुन्छन्।
उल्लेखित दर्ुइ पुराना भनाईले समग्रमा मिथिला र त्यसको मुटु मानिने जनकपुरको एतिहासिक तस्बिर प्रस्तुत गर्दछन्। मिथिलाको नामले पनि विशेष अर्थ दिन्छ। मिथिको अर्थ मन्थन र लको अर्थ बुद्धि रे। अर्थात् बुद्धिको मन्थन हुने, विद्वान्हरू बस्ने ठाउ“लाई कुनै बेला मिथिला भनिन्थ्यो।
मिथिलाको समाज मूलभूत रूपमा ग्रामीण र कृषिमा आधारित थियो/छ। त्यसैले यहा“ पानीको महत्त्व अलि बढी हुन्छ। कृषिका लागि मिथिलाञ्चल राम्रो ठाउ“ हो। तुलनात्मक रूपमा धेरै नदीनाला भएको समतल मैदान भएर होला मिथिलाञ्चलमा असंख्य पोखरी जताततै पाइन्छ, उल्लेखित पौराणिक भनाइजस्तै। ओसिलो माटोमा उब्जिने पान पनि जताततै उपलब्ध छ।
बृहतर जनकपुर क्षेत्र विकास परिषद्द्वारा गरिएको अनेकौं अध्ययन प्रतिवेदनअनुसार जनकपुर क्षेत्रमा आज पनि कम्तीमा ७२ वटा पोखरी, ६/७ वटा कुण्ड र सयवटाभन्दा बढी कुटी छन्। यी सबै संरचनाले जनकपुरलाई पोखरी र मन्दिरको सहरका रूपमा स्थापित गरेको छ। आज पनि हरेक वर्षजनकपुर वरपर १ सय ३० किमि लामो परिक्रमा हुन्छ। त्यसमा नेपाल र भारतका गरी लाखौं मानिस १५ दिन लगाएर पैदल यात्रा गर्छन्। परिक्रमा सडकको केही भाग भारतमा पनि पर्दछ। त्यसैले जनकपुरको विकासको कुरा गर्दा यहा“को धार्मिक पक्ष, धार्मिक पर्यटनको सम्भावना, मठ, मन्दिर, पोखरी र कुण्डहरूमा आधारित योजना बनाइएन भने यसले मूलमर्मलाई समेट्न सक्दैन।
हालैको भ्रमणका क्रममा यो पंक्तिकारले स्थानीय केही बुद्धिजीवी र व्यापारीलाई जनकपुरको पुनर्जागरण कसरी गर्न सकिन्छ भनेर जिज्ञासा राख्दा आएको उत्तर मार्मिक थियो। उनीहरूको भनाइ थियो- जनकपुरको सबैभन्दा महत्त्वपर्ूण्ा पक्ष धार्मिक पर्यटन र शिक्षालय विकास हो। जतिबेला देशमा कहीं कतै सडक थिएन, जनकपुरमा रेल चलेको थियो। तर आज देशको कुना कन्दरामा सडक पुगेको छ, जनकपुर र यस वरपर एउटै राम्रो सडक छैन। १५ दिनको पैदल यात्रा गरेर लाखौं भक्तजन बर्सर्ेे परिक्रमा यात्रा गर्छन् तर न बासका लागि उपयुक्त धर्मशाला छ, न त हि“ड्न बाटो नै। परिक्रममा परिधिभित्र सयौं ऐतिहासिक मठ मन्दिर छन् तर दर्शनका लागि समुचित सडक बाटो छैन। जनकपुरको मुटुमै रहेका मन्दिर र वरपरका पोखरी, कुण्डहरूको अस्तित्व संकटमा छ।
जनकपुरको पुनर्जागरण गर्ने हो भने यहा“का धार्मिक धरोहर -मन्दिर, पोखरी, कुटी) हरूको पुर्रर्निर्माण र उचित व्यवस्थपन सबैभन्दा पहिला गर्नुपर्छ। विभिन्न मठमन्दिर जोड्ने सडकको पुनर्निर्माण गरिनर्ुपर्छ। १ सय ३० किमि परिक्रमा सडक र त्यसबीचमा बासका लागि ठाउ“ ठाउ“मा धर्मशाला निर्माण जनकपुर पुनर्निर्माणका प्राथमिक र्सतहरू हुन्। त्यसपछि जनकपुरलाई शिक्षा आर्जनका लागि आकर्ष ठाउ“का रूपमा पनि विकास गर्न सकिन्छ।
त्यसो त केही दशकअघि मिथिलामा निर्वाहमुखी कृषिलाई व्यापारमुखी बनाउन, केवल सौर्न्दर्य र पानी भण्डारणमा प्रयोग भइराखेका पोखरीहरूको विकास र त्यसबाट आय आर्जनको प्रयास नगरिएको होइन। २०१५ सालको बीपी कोइरालाको सरकारले रुसको सहयोगमा जनकपुर चुरोट कारखाना निर्माण गराउने प्रक्रिया थालेको थियो। २०४८ यताको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले त्यसलाई बन्द गराउने प्रक्रिया थाल्यो। हजारौं मानिस बेरोजगार भए। जागिर गुमाएकाहरू जनकपुर छाड्ने क्रम त्यही“बाट सुरु भएको हो।
यस क्षेत्रका असंख्य पोखरीहरूलाई व्यवसायीकरण गर्न जापान सरकारले नेपालकै ठूलो माछापालन केन्द्र निर्माण गरिदिएको थियो। राजा वीरेन्द्रको सपनाअनुरूप निर्माण भएको उक्त केन्द्र हाल मृतप्रायः छ। यस क्षेत्रमा फलफूल विकासका लागि रामानन्द चोकमा रहेको विशाल क्षेत्रफल ओगटेको बागवानी फार्म पनि मृतप्रायः छ। राष्ट्रपति रामवरण यादवको गाउ“ नजिक विशाल क्षेत्रमा हर्दिनाथ धानबाली अनुसन्धान केन्द्र छ तर मिथिलाञ्चलमा धानको उत्पादनमा वृद्धि हुनसकेको छैन। पञ्चायती ब्यवस्था टिकाउन जनकपुरको उत्तरी भेगमा पञ्चायत प्रशिक्षण प्रतिष्ठान खोलिएको थियो, अचेल त्यसको नाम ग्रामीण प्रशिक्षण प्रतिष्ठान राखिएको छ तर कुनै रचनात्मक काम भएको छैन।
कुनै बेला विज्ञान र वाणिज्य संकायका लागि ख्याति कमाएका रामस्वरूप, रामसागर बहुमुखी क्याम्पस अचेल खण्डहरमा परिणत हु“दै छन्। सम्पर्ूण्ा पहाडी क्षेत्रको स्कुल र कलेजमा विज्ञान र गणितको शिक्षक आपर्ूर्ति गर्ने मिथिला भूमि आज खाडी र मलेसियामा र्सवाधिक अदक्ष मजदुर निर्यात गर्ने अवस्थामा पुगेको छ। आज पनि काठमाडौंको नाम चलेका उच्च माविहरू र मेडिकल, इन्जिनियरिङका कोचिङहरूमा भौतिक, रसायन, जीव विज्ञानलगायत गणित पढाउने उत्कृष्ट शिक्षकहरू प्रायः जनकपुर क्षेत्रकै हुन्छन्। तर जनकपुर क्याम्पसमा त्यसको पढाइ ह“ुदैन। कृषि मेरुदण्डको रूपमा रहेको मिथिलामा कृषि विश्वविद्यालय छैन। तर, प्रस्तावित राजषिर् जनक विश्वविद्यालयले मिथिलाञ्चलको यो चुनौती चिर्ने योजनाका साथ आउनेमा आशा गर्न सकिन्छ।
जनकपुर प्रवेश गर्ने मुख्य नाका रामानन्द चोकमा एउटा विशाल प्रवेशद्वार बनाइएको छ। त्यसैमा गौरब गर्दै अधिकांश जनकपुरियाहरू भन्ने गर्छन्- यो प्रवेशद्वारा एसियाकै सबैभन्दा अग्लो हो रे, यस्तै दाबीहरू सुनेर विश्लेषक सीके लालले एकपटक लेखेका थिए, 'रामानन्द चोकको प्रवेशद्वारा एसियाकै ठूलो हुन पनि सक्छ, नहुन पनि सक्छ तर सत्य के हो भने जनकपुरमा एउटै व्यवस्थित र्सार्वजनिक शौचालय छैन।' देवालयभन्दा शौचालय महत्त्वपर्ूण्ाको नारा दिएको मोदी प्रशासनको विकासे प्याकेजले जनकपुरको यो पक्षलाई पनि समेटिदिए हुन्थ्यो †
जनकपुरमा चोक-चोकमा युवा क्लबहरू छन्। सुरुसुरुमा धार्मिक गतिविधिमात्र गर्ने त्यस्ता क्लबहरू अहिले जनकपुरको राजनीतिलाई हा“क्ने स्तरमा पुगेका छन्। पोखरीको व्यवसायीकरण भएपछि ग्रामीण समाजमा द्वन्द्वको नया“रूप देखियो। ऐलानी जग्गामा रहेका अधिकांश पोखरीमा माछापालन हुन थालेपछि भोग गर्दै आएका र गाविस पदाधिकारीबीच द्वन्द्व सुरु भयो। समाजमा अनुशासनहीनता र शिक्षा क्षेत्रमा राजनीतीकरण बढ्दै गएपछि यस क्षेत्रमा पढ्ने पढाउने संस्कृतिमा व्यापक ह्रास आयो। नतिजास्वरूप युवाहरूको विदेश पलायन बढ्यो। आज मिथिला क्षेत्रको ग्रामीण समाज पर्ूण्ारूपमै युवाविहीन छ, जसको प्रत्यक्ष प्रभाव कृषि र सामाजिक मूल्य मान्यतामा परेको छ। विदेशबाट आउने पैसाले छोराछोरीलाई पढाउने नाममा गाउ“घर खाली हु“दैछ र अव्यवस्थित सहरीकरण बढ्दो छ। जसले सुदूर भविष्यसम्म जनकपुरलगायतका मिथिला जीवनमा नया“ चुनौती थप्दै जानेछ।
तर्सथ जनकपुरको विकास केवल संरचनाको निर्माण मात्रले हु“दैन। समाजको बदलि“दो तस्बिरलाई मध्यनजर राखेर समग्र मिथिलाको विकास र समृद्धिको सोचका साथ योजना बन्नर्ुपर्छ। अनि मात्रै मोदीको भ्रमणबाट जनकपुरको आस र जनकपुरको विकासबाट समग्र मिथिलाञ्चलको आस पूरा हुनेछ।
प्रकाशित मिति: २०७१ मंसिर ६ ०७:५५
घर भित्र कैदी जीवन………
princu-1–
राजकरण महतो
महोत्तरी, ८ मंसिर । महोत्तरीको बर्दिवासका तीन बालबालिका आफ्नै घरमा कैदी जीवन बिताउन बाध्य छन् ।
बर्दिवास गाविसका विभिन्न वडामा बसोबास गर्ने तीन आपाङ्ग बालबालिकाहरू न बोल्न सक्छ । न हातखुट्टा चलाउन सक्छ ।
जसका कारण उनीहरू दिनरात घर भित्रै बन्द कोठामा कुनै अपराधनै नगरी कैदी जीवन बिताइ रहेका छन् ।
बालबालिकाहरूलाई नुहाउन, खाना खुवाउनका लागि मात्र घरबाट बाहिर निकालिन्छ । त्यस बेला उनीहरू आफन्तको सहयोगमा खेल्न र घुम्न पाउँछन् ।
बर्दिवास– १ का १२ वर्षीय अनिल थापा मगर ५ वर्षको हुँदा उनी कक्षा १ मा पढ्न दिदीसंग स्कूल जाने गर्थे । तर एक्कासि उनी बोल्न, हिड्न र हात खुट्टा नचल्ने गरी अचेत भई आपाङ्ग भए । अनि अनिलले बिताउन थाले घर भित्रको कैदी जीवन ।
अनिलका बाबु उनकी आमा माया तमाङलाई छोडेर बस्न थालेका छन् । अनिल अहिले बर्दिवासमा ममावलीमा बस्दै आएका छन् । अनिलको आफ्नो घर सुनसरीको झुम्मकामा छ । अनिलका बुवाले आमालाई छोडी दिएपछि अनिल अहिले पूर्ण रुपमा आपाङ्ग भएका छन् ।
अनिलकी आमा मायाले ज्यालामजुरी गरेर गुजारा चलाइ रहेकी छिन् । कतै काम गर्न जाँदा मायाले अनिललाई कोठा भित्र थुनेर जाने गर्छिन् । उनको यो रहर नभै बाध्यता हो ।
anil-1जन्मजात आपाङ्ग भएर जन्मेका बर्दिवास– १ का ७ वर्षीय प्रिन्सु शाहीको आत्म कथा अनिलकै जस्तो छ । प्रिन्सुपनि बोल्न, हिड्न र हातखुट्टा चलाउन सक्दिनन् । विक्रम शाही र पिङ्की शाहीको पहिलो सन्ता प्रिन्सु नै हो । उनको थुप्रै स्थानमा उपचार गरिए पनि निको नभएको बाबु आमाको भनाइ छ ।
बर्दिवास– २ की १५ वर्षीय सरस्वती कुमारी चौधरी पनि पूर्ण रुपमा आपाङ्ग छिन् ।
सरस्वतीका बुबा शिवजी चौधरी सुकुम्बासी हुन् । उनी जनता उच्च मावि बर्दिवासको जग्गामा भाडा तिर बसीरहेका छन् । सरस्वतीले आफै काम गर्न नसक्दा उनी पनि घरमै थुनिएर बस्नु पर्ने बाध्यता छ ।
बाबु आमाको सहयोगमा बाहिर आउने सरस्वती घरको झ्यालबाट दिन भरि हेर्न बाध्य छिन् ।
बालबालिकाहरूलाई गाविसले अपाङ्ग भत्ता दिएको छैन । उनीहरूको अपाङ्ग परिचय पत्र नहुँदा राज्यबाट पाउने सुविधाबाट समेत बञ्चित भएका छन् ।
- See more at: http://www.puleso.com/?post_type=news&p=47738#sthash.NLxdUkQ2.Lnvdb4o4.dpuf
भ्रष्टाचार र जीवन पद्दति
एकजना पूर्वप्रशासक, जसले आफ्नो जिवनको लामो समय शक्तिको वरिपरि बिताए कहिले प्रमुखजिल्लाअधिकारी भएर, कहिले अञ्चलशिक्षाअधिकारी भएर, कहिले अञ्चलाधिशभएर त कहिले शिक्षा सचिव भएर । हुकुमप्रमाङ्गीको त्यो जमानामा ८००० जतिलाई त उनले जागीर नै ख्वाए । आफ्नो कार्यकौशलताको कारण गोरखा दक्षिण बाहु जस्तो सम्मानित मानपदवी पनि पाए । कस्तो होला त तिनको अवस्था अहिले ? कसरी बिताइरहेका होलान आफ्नो रिटायर्ड जिन्दगी ?
काठमाण्डौँमा भव्य महल, फरक–फरक मोडलका विलासी गाडी, प्रशस्त धन–सम्पत्ति, नोकर चाकर, प्रशस्त राजनितिक प्रभाव अनि रवाफ सहितको गजबको जिन्दगी - यस्तै हुनुपर्ने हो सामान्यतया सोच्दा | यो सोच आउनु नौलो कुरो होइन, किनकि त्यस्ता धेरै पूर्व–प्रशासकहरु अहिले यस्तै जिन्दगी बिताइरहेका देखिन्छन । तर यहाँ देखिने पात्रको जिन्दगी भने ठ्याक्कै उल्टो छ ।
ढल्न लागेको झुपडिको बास, सम्पत्तिको नाममा घर रहेको त्यहि एउटा जग्गा, विलासी गाडी त निकै परको कुरा हो, यीनीसँग एउटा मोटरसाईकल पनि छैन । पूर्व–प्रशासक नारायण झा, जलेश्वरको दनौलीगा.बि.स. मा शादगीपूर्ण जिवनविताइरहेका छन् । यीनका बारेमा सुनेर कौतुहल बनेको यो पंतिकार उनीकहाँ पुग्दा, पुरानो जापानी रेडियोमा समाचार सुन्दैै थिए उनी । रेडियो एउटा माध्यम हो यिनका लागि, विश्वभर भइरहेका विकासक्रमका बारेमा जानकारी लिने । तब त यीनलाई फेसबुक बाट सुरु भएको ट्युनिसियाको जलआन्दोलन, अनि त्यसकै प्रभाव स्वरुप सुरु भएको अरब आन्दोलन देखि भारतीय राजनितीमा आमआदमी पार्टिको रुपमा उदाएको नयाँ शक्ति, त्यसले भारतिय राजनितिमा बढाउँदै लगेको प्रभाव सम्मको जानकारी छ । कुरा सुन्दा दार्शनीक जस्तै लाग्ने यीनको दिनचर्या रेडियो सुनेर, विभिन्न समसामयीक पुस्तक, पत्रपत्रिका पढेर, चिन्तन गरेर अनि लेखेर वित्छ । यिनको विगतकाबारेमा कुरा गर्दा, यीनी विशिष्ट श्रेणीका सरकारी कर्मचारी, सचिव थिए । प्रमुख जिल्ला अधिकारी, अञ्चल शिक्षा अधिकारी, अञ्चलाधिश हुँदै करिब एक दशक शिक्षा सचिव भएर काम गरेको अनुभव छ यीनीसँग । राजपरिवारसँग सिधा अनि राम्रो सम्पर्क भएका यीनी निर्णय लिनमा खप्पीस मानिन्थे । त्यसैले त मन्त्री देखी प्रधानमन्त्री कार्यालय सम्मका अनिर्णीत विषयहरु अन्तिम निर्णयका लागि यिनीसम्म आईपुग्थे । तत्कालिन समयमा कम्युनिष्टहरुको झापा आन्दोलन अन्तर्गतको शिरच्छेदन अभियान नियन्त्रण गर्न यिनले ठुलो भुमिका खेले । सोहि भुमिकाका लागि उनले गोरखा दक्षिण बाहु जस्तो सम्मानीत पदवी पाए ।
आफ्नो कार्यकालमा झापा देखि मुगु सम्म पुगेका यीनले ८००० भन्दा बढीलाई रोजगारी दिए अर्थात भनौँ जागीर ख्वाए । १७ दिन हिँडेर मुगु पुग्दा त्यहाँका मानिसको दुःख महसुस गर्न पाएका यीनै नारायण झा हुन, मुगुको ताल्चाविमान स्थलको निर्माण सुरु गर्ने व्यक्ति । नेपालमात्र हैन, यीनीसँग जापान, बेलायत, अमेरिकालगायतका १२ विभिन्न मुलुक घुमेको अनुभव छ । यात्राका क्रममा धेरैपटक पहाडी ओढारहरुमा रात विताएका यीनले अमेरिकाको पाँचतारे होटल शेराटनको विलाशिताको पनि अनुभव गरेका छन । एक दशकभन्दा बढी समय देशको सर्वोच्च प्रशासकिय निकाय, मन्त्रालयमा बसेर शक्ति के हो भन्ने बुझेका , १३ महिना अमेरिका बसेर विलासिता देखे भोगेका यीनको जिवनभने त्यती विलासि थिएन । किन त ?
यीनले आफ्नो पद तथा अख्तियारको दुरुपयोग कहिल्यै गरेनन् । कानुनी रुपमा सरकार बाट पाउने पारिश्रमिक नै यीनको एक मात्र आम्दानीको श्रोत थियो । नतिजा स्वभाविक थियो , यिनले अतिरिक्त आम्दानी गरेनन्, गर्न सकेनन् । आफ्नो सेवाकालमा यिनी विरलै आकर्षक कार्यालय÷स्थानहरुमा परे, यीनको रोजाईमा प्राय सधैँ मुगु, हुम्ला, मनाङ्ग जस्ता विकट, कम विकसित र पिछडिएका क्षेत्र नै परे । हुन त यीनले ८००० भन्दा बढी लाई जागीर ख्वाए तर बदलामा केहि पनि मागेनन्, बरु तिनलाई कार्यक्षेत्रमा जाँदा लाग्ने खर्च पनि आफैँ दिएर पठाउँथे कहिले काँहि । त्यसैले गर्दा उनी धेरै पटक आफैँ बेखर्ची भएको अनुभव सुनाउँछन उनी । आफ्ना कार्यालय सहयोगी सँग सापटि लिएर घर खर्च पठाएको अनुभवपनि छ यीनीसँग । भ्रष्टाचार यिनको व्यक्तिगत शब्दकोषमा थिएन, छैन । त्यसैले त उनी अहिले पनि शारदा भुषालको भ्रष्टाचार बिरुद्घको अभियानमा सघाईरहेका छन् । शारदा भुषालसँगमिलेर आफ्नो गाउँलाई भ्रष्टाचारमुक्त गाउँ बनाउन लागिपरेका छन् यिनी अहिले । आखिर के पाए त उनले यो सब गरेर ?
आत्मसम्मान र साथमा पाएका छन् गाउँबासीको सम्मान । आजसम्म कसैको अगाडि झुक्नु नपरेकोमा गर्व गर्छन् उनी । जव गाउँ भरिका मानिसहरु “भाईजी” भन्दै सल्लाह माग्न आउँछन, त्यहि सम्मानमा उनी आनन्दित हुन्छन् । उनको सम्पत्ति भनेकै त्यहि सम्मान हो । जब उनले जागिरमा लगाइदिएकाहरु उनलाई सम्झँदै उनको दैलोमै आइपुग्छन, उनका लागि सबैभन्दा ठुलो उपलब्धी नै त्यहि मान्छन् उनी । उनको विचारमा सरकारी जागिर सेवाका लागि हो, जुन उनले गरे, पैसा कमाउन र सम्पत्ती जोड्नका लागि हैन, जुनअरुले गरिरहेका छन् । “अहिलेका सरकारी कर्मचारिहरुमा सदाचारको कमी छ र भ्रष्टाचार बढ्दो छ । भ्रष्टाचार जिवन पद्घति बनी सकेको छ ।”उनी भन्छन् “अशिक्षितहरुले नगन्यमात्रामा भ्रष्टाचार गर्छन, ठूला बडा अनि शिक्षित भनाउँदा नै हुन् भ्रष्ट अनि भ्रष्टाचारमा रमाउने । उनीहरुलाई बढी आउँछन् जालझेलका कुरा ।”आखिर के गर्ने त यो भ्रष्टाचार रोक्न?
उनको निष्कर्ष छ, “यी थोत्रा मानिसहरुबाट भ्रष्टाचार रोक्न सम्भव छैन ।”उनले यसो भन्दै गर्दा उनकी श्रीमती स्थानीय भाषमा भन्दै थिइन“तपाईँ एकजना जोगी भएर संसार बदलीँदैन ।”उनी भन्छन, “शक्तिमा रहँदा केहि गर्न नसकेकोमा उनको परिवारको ठूलो चित्त दुखाई छ ।” तर उनी त्यसको पर्वाह गर्दैनन् । बरु प्रश्न गर्छन्, “के मैले जति सम्मान यहाँका भ्रष्टहरुले पाएका छन् ?”यसो भन्दै गर्दा उनी सन्दर्भ जोड्दै थिए उनका समकालिन प्रहरी प्रमुखले भ्रष्टाचार मुद्घामा ८ बर्षे जेल सजाय पाएको, उनको अकुत सम्पत्तिजफत भएर परिवारको विचल्ली भएको ।
निष्कर्ष
यहाँ कोहि व्यक्ति विशेषलाई प्रचार गर्न खोजिएको हैन । यो त प्रसंगको सुरुवात मात्र हो । हाम्रो देशमा बढ्दो भ्रष्टाचारका लागि अशिक्षा मात्र जिम्मेवार छैन । खोक्रो आडम्वर अनि देखासिकिले जकडिएको सामाजिक संरचनापनि धेरैे हदसम्म जिम्मेवार छ । सबैलाई नै देखाउनुपरेको छ । महँगो सवारीसाधन चढ्नु परेकै छ । आफ्नो आवश्यक्ता अनि क्षमताभन्दा माथी गएर विलासीताका वस्तुहरु प्रयोग गर्नु परेको छ । किनकिहामीले देखाउनुपर्ने भएको छ ।
एक विद्यार्थी, जसको आम्दानीको कुनै श्रोत छैन तर पनि उसले महँगो मोबाइल सेट बोक्नै पर्छ । सकेसम्म चल्तीको बाइक चढ्नै पर्छ । खल्तीमा केहि हजार रुपैँया नगद हुनै पर्छ । किनकी उसले देखाउनुपरेको छ उसका साथीहरुलाई, उ सम्पन्न अनि फेशनेबल छ भनेर ।
एक सामान्य गृहीणी, उनमापनिआफ्ना साथीहरुलाई देखाउनुपर्ने भुत सवार हुन्छ । घरमा महँगो सोफा, टि.भी., माईक्रो ओभन चाहिन्छ, नत्र साथीहरु आउँदा लाज हुन्छ । बाहिर फेर हिँड्दा लगाउन फेशन अनुसारको लुगा अनि गरगहना त छँदैछ, सकेसम्म एउटा कार्यक्रम, समारोहमा जाँदा लगाएको लुगा दोहो¥याएर लगाउनु हुँदैन । सार्वजनिक यातायातको साधनमा हिँडेको छीमेकिले देखे भने त लाजैमर्दो हुन्छ, त्यसैले ट्याक्सी त चढ्नै प¥यो नी आफ्नै गाडी नभएपनि ।
एक व्यक्ति, पेशाले सामान्य सरकारी कर्मचारी, जसको आय मरेर २०००० नाघ्छ । उनका पनि आवश्यक्ताहरु प्रशस्त छन् । अफिस जाँदा मोटरसाईकलमा जान सकेन भने त सहकर्मी साथीहरुले हेपेरै भन्छन् । सरकारी जागिर खाएर एउटा घर पनि बनाउन सकिएन भने त नाकै काटिन्छ । यस्ता अनगिन्ति व्यक्तिगत, पारिवारिक अनि सामाजिक आवश्यकताको कुरा त यहाँ गरि साध्यै छैन । एउटा सामान्य कर्मचारी वा नागरिकले यस्ता असामान्य अनि अनगीन्ती आवश्यकता सँग जुध्नु परेपछी त भ्रष्टाचार मौलाउने नै भयो नि हैन र ?किनकि यहाँ मानिसको योग्यतालाई हैन सम्पत्तिलाई सम्मान गरिन्छ ।
माथिको प्रसंगमा भनिए जस्तै भ्रष्टाचार हाम्रो जिवनपद्घति बनिसकेको छ । यो अशिक्षाको कारणले भएको होइन । यो त असिमित सपना, चाहनालाई काबुमा राख्न नसक्दाको परिणाम हो । असाधारण जिवनशैलीको चाहनाले निम्त्याएको भयावह अवस्था हो । व्यक्ति–ब्यक्ति, परिवार–परिवार, अनि समुदाय–समुदायबिच सम्पन्न बन्ने अनि बनेको देखाउने अस्वस्थ प्रतिस्पर्धाको नतिजा हो । त्यसैले यदी हामी भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्छौँ भने त्यसका लागि सर्वप्रथम हामीले आफुलाई नै सुधार्नु जरुरी छ । अरुका लागि होईन आफ्नो लागि बाँच्न सुरु गर्नु जरुरी छ । अरुले निर्धारण गरिदिएको आवश्यकता होइन, आफ्ना वास्तविक आवश्यकता बुझ्नु जरुरी छ । सम्मान धन र सम्पत्तिलाई होइन, मानिसको इमान्दारिता, योग्यता र क्षमतालाई गर्नु जरुरी छ । आफ्ना सन्तानलाई आवश्यकता भन्दा बढी फेशनेवल भएर हैन बौद्घिक भएर देखाउन सिकाउनु जरुरी छ । हरेक श्रीमतिहरुले साथीसंगीलाई सम्पन्नता देखाउनमा हैन बरु श्रीमानको अवस्था र क्षमतालाई बुझेर त्यहि अनुसार जिउन सिक्नु जरुरी छ । हरेक व्यक्तिले आफ्नो इमान्दारितालाई कायम राख्दै निष्ठावान हुन जरुरी छ । अनि मात्र सम्भव हुन्छ, भ्रष्टाचार मुक्त समाजको सपना ।
मोदीको जनकपुर भ्रमण किन भयो रद्द ?
sneha jhaस्नेहा झा
करिब साढे तीन महिना पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक नेपाल भ्रमणमा आएका थिए । १७ वर्षपछि भएको कुनै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबाट नेपालले धेरै अपेक्षा गरेको थियो । अपेक्षाअनुरुप मोदीले नेपाली नेता र जनतालाई खुशी पार्न सफल पनि भए । भारतकोे नामपनि सुन्न नचाहने भारत विरोधी राष्ट्रवादीहरुले पनि खुलेरै मोदीको प्रशंसा गरे । त्यही मोदी अहिले नेपालकै एक मुख्य शहर जनकपुरको भ्रमणमा जान लाग्दा चौतर्फि विवाद सृजना भएको छ । उनले जनकपुर र लुम्बिनीमा गर्ने भनिएको सार्वजनिक सम्बोधन पनि विवादित बन्यो । र अन्ततः तीनटै ठाउँको भ्रमण नै रद्द भयो ।
मोदी पहिलो पटक नेपाल आउँदा नै जनकपुर र लुम्बिनीको भ्रमण गर्ने योजना थियो । तर त्यतिबेला मधेशका कुनै पनि क्षेत्रमा भ्रमण गरेनन् । त्यति बेला पनि सरकारले जनकपुरमा मोदीलाई आवश्यक सुरक्षा दिन नसकिने बताएको थियो । मोदीको जनकपुर भ्रमण रद्द भएपछि र मोदीले आप्mनो भाषणमा मधेश शब्दको प्रयोग नै नगरेपछि निराश भएका मधेशी जनतालाई निकट भविष्यमै जनकपुर भ्रमण गर्ने आश्वासन दिएका थिए । त्यसैले पनि मोदीको आसन्न जनकपुर भ्रमण र उनको सम्बोधनलाई अनपेक्षित रुपमा लिएर ससंकित हुनुपर्ने कारण देखिएको थिएन ।
उनले आप्mनो पहिलो नेपाल भ्रमणकै समयमा जनकपुर भ्रमण गर्ने उद्घोष गरेका थिए । सोही अनुरुप यसपटक नेपाल आउँदा उनी जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण गर्ने योजना बनाएका थिए । तर अनावश्यक रुपमाउनको जनकपुर भ्रमण भने विवादमा तानियो र सबै भ्रमण स्थगित भयो । उनका अन्य भ्रमण भन्दा पनि जनकपुर भ्रमण नै किन यसरी विवादमा तानिदैछ त ?
मोदीको जनकपुर भ्रमणलाई विशेषतः सुरक्षाको कारण देखाउँदै रोक्ने प्रयास भएको थियो त्यसबेला । सडक मार्गबाट जनकपुर आउने बताएपछि सुरक्षाको संवेदनशिलता देखाउँदै सरकारले हवाईमार्गबाटै आउन आग्रह गरेको थियो । त्यसै अनुरुप जनकपुरमा आवश्यक तयारी पनि थालिएको थियो । तर अन्ततःमोदीले सडकमार्ग भएरै आउने बताएपछि सरकारलाई थप टाउको दुखाई भएको थियो । उनी महोत्तरीको सिमा सुरसण्ड हुँदै सडकमार्ग भएर जनकपुर आउने निश्चित भईसकेको थियो । यता मोदीको जनकपुरको जानकीमन्दिरमा पुजापाठसँगै सार्वजनिक सम्बोधन र विद्यार्थीलाई साइकलवितरणको पनितयारी रहेको थाहा पाएपछि सरकार विचलित नै भएको थियो । काठमाडौंको चावहिल र बानेश्वरमा मोदीले सडकमै ओर्लेर नागरिकको अभिनन्दन स्वीकार गरेको सम्झिदा उनी महोत्तरी हुँदै जनकपुर आउने क्रममा स्थानियहरुसँग गाडीबाट ओर्लेरै कुराकानी गर्न सक्ने त्रास पनि सरकारलाई नभएको होइन ।
मुख्यतः मोदीले जनकपुरमा सार्वजनिक सम्बोध गर्ने भनेपछि उनले के भन्ने छन ्भने विषयमा सरकार चिन्तित थियो । सरकारको प्रयास सकेसम्म मोदीलाई स्थानीय जनतासँग नजिकिन नदिने रहेको प्रष्ट देखिन्छ । प्रश्न उठ्छः आखिर उनले त्यस्तो के भन्थे जसले गर्दा सरकार डराईरहेका थिए ? मधेशी जनताले त्यस्तो के सुनाउथे जसले नेपालको राष्ट्रिय हितविपरित काम गर्नेछ ? होइन भने मोदीको यो भ्रमणलाई मधेश र मधेशीको विकासमा कसरी प्रयोग गर्ने भन्ने रणनीति बनाउनुको साटो सरकार किन मोदीको भ्रमणलाई लिएर पूर्वानुमानमा व्यस्त भएको हो ? यो विषयलाई अलिकति आन्तरिक राजनीतिसँग जोडेर हेर्ने हो भने मधेशप्रतिको सरकारी विभेद प्रष्ट देखिन्छ । काठमाडौं मधेशप्रति कहिल्यै जिम्मेवार देखिएन र मधेशले काठमाडौंसँग कहिल्यै अपनत्वभावको अनुभव गरेनन् । आप्mनै देशका मधेशीजनतासँग दोस्रो दर्जाको नागरिक सरहको व्यवहार उहिले देखि हुँदै नै आएको हो । त्यसैको अर्को कडी हो मोदीको जनकपुर भ्रमणमा सरकारी पूर्वाग्रह । सार्क सम्मेलनको तयारी स्वरुप जहाँ राजधानीका सडक छेउछाउका घर सरकारी खर्चमा रंगरोगन गरिँदैछन्, त्यँही महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेका भुमिहिनका झोपडी अर्को विकल्पको व्यवस्था नगरिक नै भत्काइएको छ । अनाधिकृत रुपमा बनाइएका टहरा भत्काउनु सरकारी अधिकारको कुरा भएपनि मोदी आउने बाटोमा पर्ने ती टहराहरु मधेशका वास्तविक चित्र हुन् । जसलाई सरकारले लुकाउन खोज्दैछ ।
हुन त मोदी सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउन लागेका हुन् । तर विवाह पञ्चमीको अवसर पारेर पहिले जनकपुर जाने र त्यसपछि मात्र काठमाडौं आउने मोदीको योजना पनि शासकवर्गलाई अपचहुनु स्वभाविक हो । जनकपुरमा विवाहपञ्चमी हरेक वर्ष धुमधामका साथ मनाइन्छ । विवाहपञ्चमीमा छिमेकी मुलुकबाट ठूलो संख्यामा प्रत्येक वर्ष पाहुनाहरु आउने गर्छन, यो कुनै नौलो विषय होइन । तर यसपटक सार्क शिखर सम्मेलन जस्तो महत्वपूर्ण सम्मेलनका लागि मोदी जनकपुर हुँदै आउने भएका छन्, त्यो पनि स्थलमार्गबाट । मधेशलाई कहिल्यै मुख्यधारमा ल्याउन नचाहने एउटा निश्चित वर्गका लागि टाउको दुखाईको विषयहुने नै भयो ।
अति विशिष्ट एक व्यक्तिलाई देशको एउटा सुलभ जिल्ला सदरमुकाममा आवश्यक सुरक्षादिन सक्दिन भन्नुले के नेपालको सुरक्षा संयन्त्रमाथि प्रश्न उठाउँदैन ? सरकारले कुन आधारमा जनकपुरलाई मोदी भ्रमणका लागिसुरक्षा संवेदनशीलताको घेरामाराखेको छ, सोच्नै पर्छ । मोदीको भ्रमणपछि मधेशी जनतामा कस्तो सन्देश जानेछ भन्ने विषयमा चिन्तित देखिन्छ सरकार । कुटनीतिक रुपमा यो चिन्तालाई गलत मान्न सकिँदैन तर सार्वजनिक सम्बोधनलाई नै रद्द गराउने प्रयास गर्नु कुनै हालतमा सही मान्न सकिन्न ।
अर्को कुरा मोदीले जनकपुरमा विद्यार्थीहरुलाई साइकल वितरण गर्ने भनेपछि त्यो पनि विवादित विषय बन्न पुगेको छ । मोदीले सार्क सम्मेलनमा नेपाल आउने क्रममा नै काठमाडौंमा ट्रमा सेन्टरको उद्घाटन गर्नेछन् । त्यस्तै मुिक्तनाथमा खानेपानी परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि थियो र त्यसपछि उनले त्यँहाका जनतालाई त्यस क्षेत्रको विकासमा भारतको सहयोग रहने सन्देश दिने कार्यक्रम पनि थियो । उनले लुम्बिनीमा पनि सार्वजनिक सम्बोध नगर्ने र अरु कार्यक्रमहरुमा पनि सहभागी हुने बताइएको छ । मोदीको यो भ्रमण तालिकामा नेपाल सरकारलाई मुख्य टाउको दुखाईको विषय बनेको जनकपुर भ्रमण नै बनेको थियो ।
भारत र मधेश, त्यसमा पनि जनकपुरसँगको भावनात्मक सम्बन्धलाई कदर गरेरै भएपनि नेपाल सरकारले मोदीको भ्रमणको तयारी सकारात्मक रुपमा गर्नुपर्ने थियो । मोदीलाई सार्वजनिक सम्बोधन गर्नबाट रोक्ने प्रयासमा लाग्न ुभन्दा उनको सम्बोधनलाई मधेश र मधेशीको हितमा आउने गरी कसरी ल्याउन सकिन्छ भनेर कुटनीतिक प्रयासबाट छलफल गरिनुपर्ने थियो । यदि जनकपुर भ्रमण सुरक्षाका दृष्टिले संवेदनशील छ भने पनि त्यँहा पूर्ण सुरक्षाको तयारी गर्नुपर्ने थियो । मोदीको भ्रमणपछि जनकपुर चर्चामा आउने कुराले त्रसित सरकारको सोच जनकपुरलाई लुकाएर राख्नु उपयुक्त हुने बुझियो । मधेशी जनताले मोदीले मधेश विकासकालागि केही महत्वपूर्ण घोषणा गर्छन कि भनेर उनको प्रतिक्षामा थिए । संसद भवनमा नेपाललाई सहयोग स्वरुप दस हजार करोडको ऋण सुविधाको घोषणा गरेका मोदीले जनकपुरमा पाँच सय करोडको सहयोगको घोषणा गर्ने बताइएको छ । मोदीको सम्बोधनप्रति संसकित हुनु साटो उनको मधेश भ्रमणलाई देशको हितमा प्रयोग गर्ने नीति बनाउने तर्पm लाग्नु सरकारकालागि उपयुक्त थियो अब त्यो मौका पनि गुमाई सकेको छ ।
मोदी भ्रमण, प्रचण्ड र माईक्रोम्यानेज्मेन्ट
अशोक मैनाली (टिप्पणी)
बिश्व मानचित्रमा ‘सानो ‘ तर सांस्कृतिक र प्राकृतिक सौन्दर्यको दृष्टिले बिश्वका मानिसहरूको ‘आकर्षक गन्तव्य’ नेपाल आफ्नै आन्तरिक दन्द्व र राजनैतिक बेईमानीको भुमरीमा एक पछि अर्कों गर्दै फसेको आभास मिल्छ। नेताहरू आन्तरिक र बाह्य सरोकारका क्षेत्रमा असफलताको यात्रामा छन् । हाम्रा दल र नेताहरू स्व कवि भुपी शेरचनले भने झैँ क्यारमबोर्डका गोटी जस्तै छन् जुन आफै चल्दैनन् अरूले चलाउने पर्ने । हाम्रा दल र नेताहरूको गतिबिधी हेर्दा लाग्छ उनिहरू छिमेकी मुलुक भारतकै वरीपरी वा उसैलाई रिझाउन नै तल्लिन छन् ।
उनिहरूमाथी आफ्नो विवेक र जनचाहाना अनुसार भन्दा पनि भारतकै ‘ईन्टेस्ट’मा काम गरेको आरोप लाग्ने गरेको नयाँ भने होईन । सत्तामा हुंदा भारत रिझाउने र बाहिर हुंदा भारतलाई घुर्काउने नेताहरूको शैली देखि अपरिचित सायद कमै होलान् । काठमाण्डौमा आयोजना हुन लागेको दक्षिण एसियाली सहयोग संगठन (सार्क)को पुर्वसन्धायामा जसरी भारतिय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको ‘धार्मिक भ्रमण’को चर्चा चुलियो त्यत्तिकै विवादित पनि बन्यो । फेरी एकपटक हाम्रो राष्ट्रिय स्वाभिमानको खिल्ली उडाईयो र हाम्रो राष्ट्रिय अस्मितामाथी फेरी धावा बोल्ने कार्य भयो । योसंगै नेपाली कुटनितीको असक्षमता र निकम्मापनको पर्दाफास भयो ।
यहाँनेर विचारणीय पक्ष के छ भने अहिले विश्वमा नरेन्द्र दामोदर मोदीलाई भारतिय प्रधानमन्त्रीको रूपमा मात्रै भन्दा पनि एकजना कुशल र चतुर नेताको रूपमा समेत हेरिएको छ । उनका भाषण र उठबस बिश्वका धेरै मानिसका लागी चासो र चर्चाको बिषय हुने गरेको छ । झन् नेपालको त ‘रोटी देखी बेटी सम्म’को सम्बन्ध रहेको भनिएको छिमेकी राष्ट्रको प्रधानमन्त्री प्रति चासो हुनु स्वाभाविक नै हो । अझ भारतबिरोधी मनोविज्ञानले जरा गाडेको नेपाली समाजमा उनको ‘नेपाल प्रशंसा’ले धेरै नेपालीलाई भारत प्रतिको सोचाईमा परिवर्तन गराईदियो र उनलाई नेपाली जनताले एउटा बैग्लै आखाँले हेर्न वातावरणको सृजना भयो ।जुन सकारात्मक मात्र होईन भारत बिरोधी मनोबिज्ञानमा केही हदसम्म कमि देखियो । नेपालमा राजनैतिक नेतृत्व प्रति चरम घृणा रहेको अवस्थामा मोदीले नेपाली हृदयमा सहजै स्थान पाउन सफल भए । त्यतिमात्र होईन हाम्रा नेता र सांसद समेत मोदीको भाषणमा लठ्ठिए र उनले नेपाल एक ‘सार्वभौम मुलुक’ हो भनेर नेपालको संसदमा बोल्दा तालीको बर्षा गरेर आफ्नो हिन भावनाको नांगो प्रहसन गरे । अहिले फेरी उनै मोदीको जनकपुर भ्रमण ‘स्थगित ‘ वा ‘यथावत’को जुन किसिमको धाराप्रवाह भनाई आईरहेका छन् यसले समस्या भारत या मोदी होईन नेपाली राजनितिज्ञ र हाम्रो कुटनिती हो भन्ने तथ्य दिनको घाम जस्तै छर्लंग पारेको छ ।
नेपालमा दुई थरी अतिवादीहरू जसले यो भ्रमणलाई अनावश्यक उछाल्ने कार्य गरेर विवादको भुमरी जागिदिएर आफ्नो कुत्सित उदेश्य पुरा गर्न गरेको हर्कत विचारणिय छ । अहिले एकथरी कट्टर हिन्दुवादी तत्व छ जुन नेपालले अँगालेको धर्मनिरपेक्षतालाई चुनौती दिन मोदीको जनकपुर भ्रमणलाई आफु अनुकूल बनाउने चेष्टा गर्न चाहन्छ भने केही दल र व्यक्तिहरू उनको जनकपुर आगमनलाई साक्षात ‘राम’को आगमन हुंदै छ जस्तै गरी ‘ख्वामित’को दर्शण गर्न आतुर छन् ।अर्कों थरी मोदीले जनकपुरको बाह्र बिघा मैदानमा भाषण गर्दा आकाश नै खस्छ जमिन नै भासिन्छ जस्तै गरेर कोकोहोलो गर्दैछन्। तर एकाएक उनको भ्रमण स्थगनको हल्ला जब जनकपुर हुंदै नेपाल भरी हावासरी फैलियो तब परिस्थितिले बैग्लै रूप लियो । अनि भ्रमण रद्दको दोष एक अर्कालाई लगाएर दलालीकरणको भद्दा नमुना प्रदर्शन गरेर लाचारी प्रदर्शन गरे ।
सो भ्रमण र स्वागतको चाजोंपाजो मिलाउने मुख्य जिम्मेवारी पाएका जनकपुरबासी भौतिक तथा निर्माण आयोजना मन्त्री विमलेन्द्र निधीले बिज्ञप्ती नै निकालेर भ्रमण रद्द हुनुको दोष एमाओवादी नेतृत्वको २२ दललाई लगाए भने २२ दलको तर्फबाट त्यहाँको नेतृत्व गरेका एमाओवादी नेता रामचन्द्र झाले दोष सरकारको भएको भन्दै आन्दोलनको उद्घोष नै गरे फलस्वरूप मोदीको व्यग्र प्रतिक्षामा रहेको जनकपुर क्षेत्र क्षणभरमै रणभुमीमा परिणत भयो ।
यि दुवै थरीका हर्कत कुनै पनि दृष्टीमा उपयुक्त थिएन ।यो त केवल थियो मोदीको भ्रमणको जस आफुले लिने र आफ्नो अभिष्ठ पुरा गर्ने चाहनाको भित्री खुलासा। बताईए अनुसार मोदीले नेपाल भ्रमणको बेलामा नै आफ्नो नेपाली समकक्षी शुसील कोईरालसंग जनकपुर भ्रमणको ईच्छा राखे बमोजिम उनको भ्रमण तय भएको हो । तर विवादको मुख्य कारण उनको ‘अभिन्नदन तथा सम्बोधन ‘ स्थल बन्यो । जुन अनावश्यक थियो । मोदीले चाहेकै ठाउंमा उनलाई भाषण गर्न दिंदा केही बिग्रदैनथ्यो । प्रधानमन्त्री कोईराला मोदीले नै चाहेको ठाउंमा भाषण गर्न दिन राजी भए पनि नेपाली राजनितीमा चतुर ,अस्थिर र आफ्नो अडान लिन नसक्ने परिचय बनाएको सत्तारूढ नेकपा एमालेको कारण कोईरालाको ईच्छाको केहि चलेन र जसको परिणाम आज देखिंदै छ। यहाँनेर सरकार नराम्ररी चुकेको छ । यति सम्म कि भ्रमण ‘रद्द’र ‘रद्द भएको छैन’ भन्दै सरकारका जिम्मेवार मन्त्रीहरू गैरजिम्मेवार अभिव्यक्ति दिएर जगत हसाँउदै छन् ।उता मोदीले जनकपुरमा भाषण गर्दा हाम्रो राष्ट्रिय अस्मिता खतरामा पर्छ भन्ने तर्क पनि समय सापैक्ष छैन ।
जनताको मनमा रहेको राष्ट्रभक्ती उनको दुई चार मिनेटको भाषणले न डग्मगाउने थियो न त छ । न त स्थानको प्राविधिक बिषयलाई लिएर बितण्डा मच्चाउनु नै आवश्यक थियो र छ। कारण जे सुकै भए पनि सतहमा देखिएको ‘निधी’ र ‘झा’ शैली अपरिपक्क ,सनक र लज्जाको मानक बनेको छ । बिडम्वना भारतले नेपालको राजनितीमा ‘माईक्रोम्यानेज्मेन्ट’ गरेको भनेर असन्तुष्टी प्रकट गर्दै आएका र भारतकै कारण गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्रीको कुर्सी गुमाउन बाध्य पारिएको भनेर ‘प्रभु’को अगाडी नझुक्ने बताएका प्रचण्डकै दलकै अगुवाईमा अभिन्दन स्थलको लागी भारतयिय बाणिज्य दूतावास सम्म पुगेर बिन्ती पत्र हालेर सामान्य कुटनितिक मर्यादाको समेत धज्जी उडाईयो र ‘माईक्रोम्यानेज्मेन्ट’लाई खुल्ला आमन्त्रण गरियो । यो भन्दा राष्ट्रिय लज्जाको बिषय अर्कों के होला ?
जनयुद्दको एउटा कठिन बाटो हुंदै यहाँसम्म आईपुगेका प्रचण्डले यि र यस्ता खाले गतिबिधीमा बढो सुझबुझ र बुद्दी पुर्याउनु पर्ने हुन्छ । किनभने आजको दिन सम्म यो मुलुकमा जे जस्तो कमजोरी नै भए पनि प्रचण्ड नै यस्ता नेता हुन् जो समकालीन नेता भन्दा ‘अग्ला’र स्व गिरिजा प्रसाद कोईरालाको रिक्त स्थान पुर्ती गर्न सक्छ्न् । तर एक पछि अर्कों उनको भनाई र गराईले जनमानसमा ठुलो आशंकाको डेरा जमाएको लुकाईरहनुपर्ने बिषय परेन। यो पनि सत्य हो कि खुल्ला रूपमा भारतले नेपाली राजनितीमा ‘माईक्रोम्यानेज्मेन्ट’गर्यो भनेर साहस गर्ने उनै हुन् तर ‘जनकपुर घटनामा’उनि नेतृत्वको २२ दलिय मोर्चाको स्थानिय नेतृत्वले जस्तो व्यवहार देखायो त्त्यसले नेपालको राष्ट्रिय स्वाभिमानलाई किमार्थ राम्रो गर्दैन बरू नेपालमा बाह्य हस्तक्षेप अझ निम्ताउने मार्ग बिस्तारित हुनेछ। वर्तमान नेतृत्वलाई हेक्का रहोस् !
(अध्यक्ष नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा)
- See more at: http://www.ratopati.com/2014/11/22/184534.html#sthash.tN0hT6D5.dpuf
महोत्तरीका किसानलाई मूल्यको चटारो

राम–जानकी विवाहमा आज आउने जन्तीको सम्पूर्ण तयारी पूरा
Mahottari
मंसीर ७ – आज राति राम–जानकी विवाह महोत्सवका लागि भारतको अयोध्याबाट महोत्तरीको मटिहानी आउने भगवान् श्रीरामको जन्तीको स्वागत, विश्राम, पूजाआजा तथा वैदिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
यसैक्रममा भारतको मधवापुरदेखि महोत्तरीको मटिहानीसम्म दर्जनौँ तोरणद्वार निर्माण गरिएको छ भने लक्ष्मीनारायण मठको रङ्गरोगन कार्य सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बिओपी मटिहानी, मटिहानी प्रहरी चौकी, स्थानीय बासिन्दा र महोत्तरी उद्योग वाणिज्य सङ्घले जन्ती जाने मटिहानी सडकको सरसफाइ गरेका छन् ।
जन्तीमा आउने साधु, सन्त, महात्मा र जोगी सन्यासीको सुरक्षाका लागि सशस्त्र प्रहरी बिओपी मटिहानी, मटिहानी प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद पौडेलले बताए ।
भारतको अयोध्याको कार सेवक परम जानकीघाटबाट मङ्सिर १ गते सोमबार सुरु भएकोे जन्तीको लस्कर आज राति महोत्तरीको मटिहानी आइपुग्नेछ ।
एघार सिंहासनसहितको रथ, बस, कार र जिप गरी १०० भन्दा बढी सवारीसहितको लस्कर आउने सो जन्तीमा ५०० साधुसन्त महन्थ सहभागी रहनेछन् ।
धर्मयात्रा महासङ्घ दिल्लीको आयोजनामा रामको जन्मभूमि अयोध्याबाट निस्केको जन्ती भारतको आजमगढ, बक्सर, विहारको पटना, बघनगरी, सीतामढी, पुपरी बासोपट्टी, अहिल्या स्थान, बिसौल, फुलहर, मधवापुर हुँदै आज राति महोत्तरीको मटिहानी आइपुग्नेछ ।
मटिहानीमा एक रात विश्रामपछि जन्तीको लावालस्कर जलेश्वर हुँदै जनकपुर जानेछ । जनकपुरमा मङ्सिर ८ गतेदेखि रामका जन्ती पुग्ने र वैवाहिक प्रक्रिया अघि बढाउने कार्यक्रमसमेत रहेको छ ।
यता भारतका प्रधानमन्त्री नरेन्द्र मोदी त्यही जन्तीमा सामेल हुने भएकाले त्यही किसिमले तयारी अगाडि बढाइएको छ । यसपटक भारतीय जनता पार्टीका एक नेताको नेतृत्वमा आयोध्याको मणिराम छाउनी मठका महन्थ कमलनयन दास, बडेभकमालका महन्थ कौशल किशोर दास र गोलाघाटका महन्थ सम्मिलित ठूलो सङ्ख्याको जन्ती भारतको अयोध्याबाट आउन लागेको हो ।
जनकपुर मिथिला क्षेत्रको सर्वाधिक लोकप्रिय धार्मिक पर्व रामजानकी विवाह महोत्सवमा सहभागी हुन रामायणकालीन झझल्को दिने झाँकीकासाथ करिब ५०० को सङ्ख्यामा आउने जन्तीलाई स्वागत गर्नका लागि लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जगन्नाथ दास शास्त्रीको संयोजकत्वमा १०१ सदस्यीय स्वागत समिति गठन गरिएको छ ।
रामजानकी विवाहका लागि मटिहानीबाटै लगेको माटोले जनकपुरमा जग्गे (विवाहमण्डप) बनाइएकाले यस स्थानको धार्मिक एवम् पौराणिक महत्व रहेको तथा छ वर्षपछि अयोध्याबाट धार्मिक जन्तीको लस्कर आउन लागेकाले यो अवसरलाई यहाँ उत्सवको रुपमा मनाउन लागिएको हो ।
यसअघि २०६१ र २०६५ सालमा पनि यस्तो जन्ती आएको थियो । जन्ती प्रत्येक पाँच वर्षमा भारतको अयोध्याबाट जनकपुर आउने परम्परा रहेको छ ।
जन्तीमा दशरथको भूमिकामा अयोध्यास्थित मणिराम छाउनी मठका महन्थ कमलनयन दास, गुरु वशिष्ठको भूमिकामा कौशलकिशोर दासलगायतको सहभागिता रहनेछ ।
मटिहानीबाट मङ्सिर ८ गते राजा जनकका इष्टदेव जलेश्वरनाथ महादेवको दर्शनपश्चात् जन्ती जनकपुर प्रस्थान गर्नेछ ।
जन्तीले रामजानकी विवाह समारोहमा मङ्सिर ९ गते तिलकोत्सव, १० गते मटकोर पूजा, ११ गते रामसीता विवाहोत्सव, १२ गते रामकलेवा जस्ता धार्मिक समारोहमा सहभागी भई मंसीर १४ गते वीरगन्ज हुँदै अयोध्याका लागि प्रस्थान गर्ने तालिका रहेको छ ।
- See more at: http://www.ratopati.com/2014/11/23/184778.html#sthash.oxC2EyTz.dpuf
मोदीको भ्रमण रद्द भएपछि पुर्नलेखन गरेको आर्टिकल

मोदीको आगमन र नेपाली राजनीति

महोत्तरीमा शिक्षाको बेरुजु ५० करोड ४७ लाख
महोत्तरी समाचारदाता
जलेश्वर, मङसिर ६ गते । महोत्तरीस्थित जिल्ला शिक्षा कार्यालयको बेरुजु ५० करोड ४७ लाख रुपैया रहेको रहस्य खुलेको छ ।
जिल्ला शिक्षा अधिकारी अरबिन्द लाल कर्णले यस्तो रहस्य सार्वजनिक गर्नुहुदै यस वर्षमा २९ करोड पेश्की फछयौंट गर्ने लक्ष्य कार्यालयको रहेको खुलासा समेत गर्नुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा रहेको कारणले पनि यस्ता रहस्यहरु खुल्दै गएको हो ।
मधेश आन्दोलन भएदेखि पेश्की फछ्र्यौट गर्ने परम्परा नै नरहेको जस्तो देखिएको छ । शिक्षा कार्यालयले २०६३÷६४ देखिकै बेरुजु फछ्र्यौट गराउन सम्बन्धित ठाउँहरुमा पत्राचार गरिसकिएको छ ।
विद्यालयको भौतिक पूर्वाधारका लागि पटक पटक रकम लिएर जाने विद्यालयहरु अनियमिता गरेकाले फछ्र्यौट नै नगराएको तर्क शिक्षा कार्यालयको रहेको छ ।
कार्यालयमा पाँच वटा सहायक शिक्षा अधिकारी, विद्यालय निरीक्षकसहितकाहरुको दरबन्दी रिक्त रहेको अबस्थामा कार्य सम्पादनमा समेत समस्या आएको गुनासो गर्नुहुदै शिक्षा अधिकारी कर्णले यसको कारणले पनि काम गर्नमा कठिनाई भइरहेको बताउनुभयो ।
जलेश्वर नगरपालिकामा एकहप्ते सरसफाई अभियान शुरु

मोदी भ्रमणमा जनकपुरको अपेक्षा
डेटलाइन तराई :
chandra-kishwor
Ekantipur
नेपाल र भारतबीच जनस्तरको सम्बन्धको पारम्पारिक सूचकको रूपमा 'बेटी र बुद्ध'लाई भनेर परिभाषित गर्ने गरिन्छ। यसरी भन्दा दुवै पक्ष गर्व पनि गर्छन्। बेटी भनेको मिथिलाकी छोरी सीता हुन्। उनको माइती भनेर जनकपुर विश्वविख्यात छ। त्यसैगरी लुम्बिनीका छोरा सिद्धार्थ जो पछि गएर बुद्धका रूपमा प्रसिद्धि पाए। यी दुवै ठाउँ नेपालको राजनीतिक भूगोलभित्र पर्छन्। प्राचीन मिथिलाका केही भाग अहिलेको भारततिर परे पनि जनकपुरलाई केन्द्रविन्दु मानी परम्परादेखि गरिने मिथिला परिक्रमाको यात्रापथ आज पनि दुवै मुलुकको भूगोल भएर गुजि्रन्छ। त्यसैगरी बुद्धको जन्मभूमि लुम्बिनीसंँग बोधगया, सारनाथ र कुशीनगर अभिन्न रूपमा जोडिएका छन्। लुम्बिनी बाहेक बुद्धका जीवनसंँग जोडिएका यी बाँकी तीन स्थलहरू भ्ाारतमा छन्। सामान्य पाठकलाई पनि जानकारी भएका यी सन्दर्भहरू यहाँ पस्कनुको तात्पर्य भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्क सम्मेलनको क्रममा जनकपुर जाने कुरापछि देखापरेको बहस हो।
उसो त मोदी लुम्बिनी र म्ाुक्तिनाथ पनि जाने कुरो छ। जनकपुरको सन्दर्भ आउने बित्तिकै अनेकौं कोणबाट कुरा काट्न थालिएको छ। यसमा सरकारीतर्फबाट प्रस्तुत अलमलले पनि भूमिका खेलेको छ। मोदीले गत साउनमा नेपाल भ्रमणका बेला संसदमै भनेका थिए, 'अब आउँदा जनकपुर र लुम्बिनीको पनि यात्रा गर्छु।' छिमेकी राष्ट्रका प्रधानमन्त्रीले यसरी जनाउ दिइसकेपछि नेपाल सरकारले कूटनीतिक तवरबाट उनको आगामी यात्रा व्यवस्थापनबारे गृहकार्य गर्नुपथ्र्यो। एउटा मित्रले आफ्नो आस्थाको थलोमा शिर निहुर्याउँदा विभाजित र विवादित मनोविज्ञान देखाउनु हुँदैनथ्यो। त्यसैगरी भारतीय पक्षबाट पनि कूटनीतिक प्रयत्न हुनुपथ्र्यो। उनको जनस्तरको सम्बन्धलाई आत्मबोध गरेको रूपमा स्थलमार्गबाट आउने तथा स्वागतसभामा मितेरीका कुरा राख्ने पक्षहरूलाई निकै पहिलेदेखि नै विवादमुक्त ढंगले टुंग्याउनुपथ्र्यो। यो भ्रमणसँंग जोडिएर सुरक्षा, सुविधा, सद्भावना र सहयोगका कुरालाई दुवै पक्षले समन्वयात्मक ढंगबाट किनारा लगाउनुपथ्र्यो। नेपाल-भारत सम्बन्धले एउटा नयाँ अध्याय लेख्न सुरु गरेका बेला यसरी बेमौसमका रागहरू ग्ाुञ्जिँदा निश्चित रूपमा यसले मितेरी माहोललाई दूषित बनाउँछ।
पछिल्लो यात्रामा मोदीका अभिव्यक्तिहरूबाट क्षेत्रीय शक्तिका रूपमा उदाएका मधेसी दलहरूले महत्त्व पाएनन् वा दिइएन भन्ने व्याख्या विश्लेषण काठमाडौंदेखि दिल्लीसम्म भयो। यतिखेरको जनकपुर भ्रमणको योजनालाई काठमाडांैले मधेस भ्रमणका रूपमा लिएको यस क्षेत्रका वासिन्दाहरूको गुनासो छ। प्रशस्त सम्भावना भएर पनि लामो समयदेखि अलमलको भुमरीमा जनकपुर परिराखेको परिप्रेक्ष्यमा मोदीको भ्रमणले अन्तर्राष्ट्रिय चर्चा पाउने र सहयोगका सवालमा यस क्षेत्रले प्राथमिकता पाउने लोकविश्वास थियो। पछिल्ला केही घटनाक्रमबाट मधेसी समाजमा फेरि आफूलाई नियोजित रूपमा उपेक्षा, अवहेलना र आलटाल गरिएको बुझाइ छ।
जनकपुर हिन्दुहरूका लागिमात्र होइन, बौद्ध र जैन धर्मावलम्बीहरूका लागि पनि महत्त्वपूर्ण थलो हो। भन्ािन्छ, द्वापर युगमा श्रीकृष्ण पनि जनकपुरमा तीनपटक आएका थिए। यहाँका कतिपय स्थल र सरोवरका नाम आज पनि उनको दिव्य चरण निक्षेपको स्मृति दिलाउँछ- रुक्मिणीसर, मुरल्ाीसर आदि। जानकी मन्दिरको स्थापत्यमा पनि मुगल कलाको समन्वय रहनुका पछाडि मुस्लिम कालिगढहरूको श्रम र सीप खर्चेको बताइन्छ। जनकपुर क्षेत्रमा मुस्लिमहरूका आस्थाका केन्द्रका रूपमा कतिपय मजारहरू छन्। यसले जनकपुर सामाजिक सम्बन्धको अनुपम थलो पनि हो। त्यसैगरी समकालीन नेपाली राजनीतिमा वंशविशेषको शासन चल्दैन भनेर त्यहाँका लागि चीरप्रतिरोध जनकपुरबाट हुँदै आएको इतिहास छ। यस अर्थमा जनकपुरमा आएर मोदीले पूजाअर्चना गर्दैमा न नेपालमा हिन्दुत्वको राजनीतिले नै मलजल पाउँछ, नत समाप्त भइसकेको राजतन्त्र नै ब्युँतिन सक्छ। ज्ञानेन्द्र शाहको हालैको भारत भ्रमण वा नेपाली कांग्रेसभित्र देखापरेको हिन्दु राज्यका अभियन्ताहरूका गतिविधिसँग जनकपुरको मोदी भ्रमणलाई जोडेर हेर्दा यसबाट शून्य नै फेला पर्छ।
सरकारका प्रतिनिधिका रूपमा मोदीको जनकपुर भ्रमणको तारतम्य मिलाउने जिम्मेवारी पाएका मन्त्री विमलेन्द्र निधिले हालै सरोकारवाला सबै पक्षको बैठक बोलाउँदा त्यहाँ पनि जानकी मन्दिरको प्राङ्गणको साटो रङ्गभूमिको फराकिलो मैदानमा अभिनन्दन सभा गर्नुपर्ने कुरा बडो व्यापकतासाथ उठ्यो। उसो त त्यहाँ पनि कार्यक्रम गरे निकै ठूलो संख्यामा मानिसहरू भेला हुनबाट बञ्चित हुन्छन् नै। कारण मोदीजस्ता अग्ला र लोकपि्रय नेतालाई सुन्न नेपाल तथा उत्तरी भारतका विभिन्न क्षेत्रबाट ठूलो संख्यामा उपस्थिति हुने स्थिति छ। संँगै विवाह पञ्चमीको मेलासमेत लाग्ने भएको हुनाले लाखौंको उपस्थिति स्वतः रहन्छ। यसरी खोजेको र चाहेको सबैले रङ्गशालामा समेत अटाउन सक्ने स्थिति छैन। अहिलेको समयमा सञ्चार प्रविधिको प्रयोग गरेरै आकांक्षी सबैलाई लाभान्वित गर्ने हो। तर जेजसरी कुरा तेस्र्याएर ती कुराको सार्वजनीकीकरण गरेर बाह्रविगाह मैदानको भेलालाई रोक्ने प्रयत्न भयो, त्यसले जनकपुरलाई दुःखायो।
भारतको पुनर्जागरणका लागि प्रयत्नशील मोदीले नेपालसंँगको सम्बन्धलाई पनि त्यत्तिकै महत्त्व दिएर बहुआयामिक विकासका कार्यनीतिमा सहयोग र समन्वय गर्न चाहेका छन्। ती प्रत्येक सूत्र र पक्षहरू, ज्ाो सीताको माइती क्षेत्रका वासिन्दाहरूलाई उन्नतशील बनाउँछन्, त्यसमा भारतले प्रोत्साहन गर्नुपर्छ। सीताको जन्मकथा स्वयंमा कृषि कर्मको प्रतीक हो। अहिले जनकपुर क्षेत्रमा कृषितन्त्र समाप्तप्रायः भएर त्यस क्षेत्रका वासिन्दाहरू रोजगारीका लागि अन्यत्र जानुपर्ने स्थिति छ। मोदीको भ्रमणमा यी विषयहरूले प्राथमिकता पाउनुपर्छ। त्यसैगरी मोदीको आगमन मात्रको चर्चाले हौसिएको जनकपुर क्षेत्रले उनको स्वागतको छोटो अवधिमा मैथिली भाषा र संस्कृतिको चिनारी दिने अवसरको रूपमा छोप्नुपर्छ। अभिनन्दन पत्र मैथिलीमा भए वेश।
जनकपुरमा सबभन्दा बढी आउने भारतीय पर्यटकहरू नै हुन्। वास्तवमा उनीहरू भारत र भारतका प्रधानमन्त्रीका सांस्कृतिक प्रतिनिधि हुन्। उनीहरू दैनिक रूपमा आइरहँदा देखेको र भोगेको जनकपुरको वर्णन नै त्यहाँ फर्केर सुनाउँछन्। ऐतिहासिक सहरका वासिन्दाको जिम्मेवारी पनि महत्त्वपूर्ण हुन्छ। अर्थात् जनकपुर क्षेत्रमाथि गौरव गर्ने पक्षले जहिले पनि आफ्नो भूमिकाप्रति सजग रहनुपर्छ। भारतीय प्रधानमन्त्री मोदीले आफ्नो मुलुकमा स्वच्छता अभियान चलाएका छन्। जनकपुरवासीले आफ्नोतर्फबाट सहर स्ाफा राख्ने संकल्प र प्रयत्न गर्नु नै उनीप्रतिको सच्चा अभिनन्दन ठहरिनेछ।
web site
http://www.gorkhapatraonline.com/epaper/showimage?img=uploads/epaper/2014-11-20/52fa7ca701676178459fe1dcb27d0442.jpg
उपभोक्ता ठगिर्दै गएको गुनासो पछि बर्दिबास बाजारमा अनुगमन
महोत्तरी समाचारदाता
जलेश्वर, मंसिर १ गते । बजारमा उपभोक्ताहरु ढक, तराजु लगायतबाट ठगिदैं गएको गुनासो बढन थालेपछि महोत्तरी जिल्लाको बर्दिबासमा संयुक्त टोली बनाएर अनुगमन शुरु गरिएको छ ।
बर्दिबासमा राष्ट्रिय उपभोक्ता मञ्च महोत्तरीले सर्वपक्षिय सम्मिलित टोली बनाई अनुगमन शुरु गरेका हुन् । अनुगमन समितिका संयोजक दिपेन्द्र पराजुलीका साथसाथै इलाका प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ बर्दिबास, नापतौल विभाग जनकपुर सहितका संयुक्त टोलीले अनुगमनलाई निरन्तरता दिदैं अवैध ढक, तराजुहरुलाई नियन्त्रणमा लिएका हुन् ।
पराजुलीको नेतृत्व टोलीले बर्दिवासमा शनिबार र बुधबार सातामा दुई पटक लाग्ने बजारबाट १०२ थान अवैध ढक र ३ थान काठे डन्डीवला तराजु नियन्त्रणमा लिएको जनाएका छन् ।
खाद्य वस्तु तौलिदै गर्दा कम तौल भएको ढक र पासन ( घटी बढि भएको ) डन्डीको तराजु नियन्त्रणमा लिएको टोलीले जनाएको छ । नाप तौल अनुगमनको क्रममा पहिलो दिन १ किलोको १९ थान, ५०० ग्रामको १७ थान, २०० सय ग्रामको १५ थान, १०० ग्रामको ६ थान , ५० ग्रामको ७ थान ढक र २ थान काठे डन्डी गरी ६४ थान ढक र २ थान तराजु नियन्त्रणमा लिएको थियो ।
त्यस्तै अर्को बाजारको दिन पनि १ किलोको ५ थान, ५०० ग्रामको ६ थान, २०० ग्रामको १४ थान, १०० ग्रामको ७ थान, ५० ग्रामको १० थान गरी ४२ थान ढक र एक थान काठे डण्डीबाला तराजु नियन्त्रणमा लिएको जनाएका छन् ।
टोलीले बर्दिबास बाजारमा छडके अनुगमन गरेर यसरी ढक र तराजु लिन थालेपछि व्यापारीहरु ठगिन विस्तारै बन्द गर्न थालेको स्थानीय युवा विक्रम रौनियारले जानकारी दिनुभयो । युवा रौनियारले, उपभोक्ताहरुको गुनासोको आधारमा संयुक्त टोलीले अनुगमन थालेपछि बाजारमा उपभोक्ताहरु ठगिन अहिले बन्द हुँदै गएको जानकारी दिनुभयो ।
मापदण्ड विपरितका ढक र तराजुलाई निस्तेज गरी सर्वसाधारण उपभोक्ता र व्यापारीबीच मैत्रीपूर्ण वातावरण बनाउन टोली लागिपरेको टोली संयोजक पराजुलीले बताउनुभयो । उहाँले यस्ता अनुगमन जिल्लाको हरेक बाजारमा हुनुपर्ने बताउनुहुदैं उपभोक्ता र व्यापारीमैत्री बाजारलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
नातीको उपचार चिन्ताले शोकमग्न छिन् भनसरिया
महोत्तरी समाचारदाता
जलेश्वर, मंसिर १ गते । महोत्तरी जिल्लाको सुगाभवानीपट्टी बस्ने एक बालक आर्थिक अभावमा उपचार गराउन नसकी जीवनमरणको दोसाँधमा पुगेका छन् ।
जिल्लाको सुगाभवानीपट्टी वडानं. १ बस्ने कमलेश मण्डलका १२ वर्षिय छोरा रुपेशकुमार मण्डल अहिले आर्थिक अभावको कारण उपचार गराउन नसकी छटपटाइरहेका छन् ।
धरानमा एक महिना लामो उपचारपछि घर फिरेका कमलेशलाई अझै उपचारको खाँचो छ तर आर्थिक कारणले उपचारमा अब समस्या हुन सक्ने उनका वर्षिय ७० वर्षिय हजुरआमा भनसरीया देवीले वताइन् ।
उनले विलौना गर्दै भनिन्, ‘सम्पत्तिको नाउँमा डेढ धुर घडेरी छ, घरमा कमाउने कोही छैनन्, नातीको उपचार कसरी होला’ । उनले घरको मूलीकै रुपमा रहेका नातीको यो अवस्थाले गर्दा वंश नै सक्किने चिन्ता लागेको बताउदै उनलाई उपचारार्थ सहयोग गरिदिन आग्रह गरिन ।
अरुले गरेको सहयोग, चन्दा र कर्जा लिएर अहिलेसम्म नातिको उपचार गराए, अहिले केही निको भएपनि अझ उपचारको खाँचो भएकोले अब कसरी उपचार गराउने चिन्ता बढेको उनको भनाई थियो । उनले भनिन्, ‘धरानको औषधी पसलमा अहिले पनि ६०÷७० हजारको औषधीको बिल तिर्नु छ, घरमा केही छैन्, अहिले सम्म चन्दा र सहयोगले उपचार गरियो अब कसरी हुन्छ ?’
अहिले सम्म कुन रोग हो खुल्न नसकेको बताउदै रुपेशकी आमा मिना देवीले शरिर गल्दै गएको, छोरा सुस्त मनस्थिती जस्तो व्यवहार गरिरहेको, टाउकोहरु दुख्ने समस्या रहेको बताइन ।
धरानमा एक महिना उपचार गराए पनि चिकित्सकहरुले कुन रोग हो नभनेको बताउदै आमा मिनाले एक महिलापछि पुनः डाक्टरले आउन भनेपछि कसरी उपचार होला भन्ने घरमा चिन्ता छाएको वताइन ।
घरमा कमाउने रुपेशको वुवाको मृत्यु दुई वर्ष अगाडी मात्रै भएको थियो । घरमा हजुरआमा तथा आमा मिना देवीले अरुको घरमा कामकाज गरेर घरको गुजारा गर्दै आएकी छिन् ।
सोही वडा बस्ने युवा नागेन्द्र पासमानले अरुले दिएको सहयोगमा अहिले सम्म उपचार भएको वताउनुहुदै उनलाई उपचारार्थ सबैले सहयोग गर्नुपर्ने वताउनुभयो ।
सुगाकै शुकदेव उच्च माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत रुपेश राम्रो विद्यार्थी रहेको बताउदै शिक्षकहरुले पनि उनीको जीवनरक्षाको लागि सबैसंग आग्रह गर्नुभएको छ ।
उनलाई सहयोग गर्न चाहने महानुभावले मोबाइल नं. ९८०४८३४६३१ मा सम्पर्क गर्न सक्ने बताउर्दै उनका छिमेकी सुखरिया मंडलले उनको जीवनरक्षाको लागि सबैसंग आग्रह गर्नुभएको छ ।
जलेश्वर नगरपालिका आफ्नो स्वरुप फेर्दै
.jpg)
.jpg)
मुद्दाको फैसला १८ महिनामै गरिने
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक २८ गते । मुद्दा फैसलामा बढी समय लिने भएको कारणले अदालतप्रति सर्वसाधारणहरुको विश्वास गुम्दै गएको बेला जिल्ला अदालत महोत्तरीले कुनै पनि मुद्दाको फैसला १८ महिनामै गरिने गरि कार्ययोजना ल्याएको छ ।
जिल्ला अदालत महोत्तरीले न्यायीक काम कारवाहीको सुचना सम्प्रेषणमा संचारकर्मीको भूमिका र गैरसरकारी संस्थासंगको सहकार्यको लागि आयोजना गरेको एक कार्यक्रममा यस्तो कार्ययोजना अगाडी सादैं अब मुद्दा दर्ता गरेकै दिन मुद्दाको चरणवद्ध कारवाहीको पूर्वजानकारी समेत दिइने जनाएको छ ।
कार्यक्रममा जिल्ला अदालत महोत्तरीका ४ नं. न्यायधिश कृष्णमुरारी शिवाकोटीले जिल्ला अदालतको तेस्रो कार्ययोजना सार्वजनिक गर्नुहुदै यस्तो कार्ययोजनाबाट सर्वसाधारणको विश्वास जित्न सकिने बताउनुभयो ।
यो भन्दा अगाडी जिल्ला अदालत महोत्तरीले कुनै पनि मुद्दालाई दुई वर्ष भित्र सम्पन्न गर्ने गरी कार्ययोजना ल्याएको थियो । यो लक्ष्य अनुसार पनि जिल्ला अदालत महोत्तरी फैसला गर्नेमा नेपालमैं उच्चस्थानमा रहेको जानकारी दिनुभयो ।
न्याय सम्पादनको कार्यलाई छिटोछरितो तुल्याउने, न्यायिक प्रक्रियालाई अनुमानयोग्य बनाउने, न्यायप्रणालीलाई पहुच योग्य बनाउने र न्यायपालिकाप्रति आस्था र विश्वास अभिवृद्धि गर्ने गरी रणनीतिक कार्ययोजना अगाडी सारिएको जानकारी समेत न्यायधिश शिवाकोटीले दिनुभयो । उहाँले भन्नुभयो,‘मुद्दाको फैसला र फैसलाको तयारी तोकिएको समयावधि भित्र गर्ने प्रबन्ध मिलाउने, पुराना वक्यौता मुद्दाहरुको न्यूनीकरणमा जोड दिने, मुद्दामा हुने चरणवद्ध कारवाहीको पूर्व जानकारी हुने प्रणाली लागु गर्ने जस्ता कार्यलाई यस रणनीतिक योजनामा समावेश गरिएको छ’ ।
कार्यक्रममा अर्का न्यायधिश शिव बहादुर राणाभाटले नागरिक अधिकार रक्षाको दायित्व बोकेको न्यायपालिका र संचारक्षेत्र दुवैलाई संगसंगै लिएर जानुपर्ने आवश्यकताको बोध गर्दै यस्तो कार्यक्रम थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, हामीले थुप्रै राम्रो काम गरेका छौं तर संचारक्षेत्रसंग समन्वय नभएको कारणले बाहिर आउन नसकेको हो ।
उहाँले न्याय सम्पादनलाई छिटो छरितो बनाउनु, न्यायलाई सर्वसाधारणको पहुँचयोग्य बनाउनु र न्याय प्रणालीप्रति सर्वसाधारणको आस्था बढाउनु कठिन भएपनि जिल्ला अदालत महोत्तरी यो पुनित कार्यमा लागेको स्पष्ट गर्नुभयो ।
कार्यक्रममा कैद जरिवाना लागेको व्यक्ति अन्तिम फैसला भएको मितिले ६० दिन भित्र स्वयं उपस्थित भै आफुलाई लागेको दण्ड जरिवाना र कैद सजाय भुक्तान गर्न आएमा निजलाई लागेको कैद जरिवानामा २० प्रतिशत छुट दिइने, फैसला बमोजिम कैद वा जरिवाना लागेको व्यक्तिलाई कसैले अदालत समक्ष उपस्थित गराएमा उपस्थित गराउनेलाई प्रोत्साहन स्वरुप जरिवानाको हकमा २५ प्रतिशत र कैदको हकमा एक महिना कैद वरावर १५० रुपियाँका दरले प्रोत्साहन रकम उपलव्ध गराइने जानकारी समेत दिइएको थियो ।
त्यसैगरी दण्ड जरिवाना लागेको व्यक्तिको मृत्यु भएमा सोको प्रमाण सहित निवेदन दिएमा नियमानुसार लगत कट्टा गरिने तथा अदालतबाट लागेको दण्ड जरिवाना भुक्तान नगरेमा राज्यको विभिन्न निकायहरुबाट प्रदान गरिने नागरिकता, राहदानी, लाइसेन्स, इजाजतपत्र, टेलीफोन धाराविजुली जडान, जग्गा तथा सवारी नामसारी हस्तान्तरण लगायतका सवै प्रकारका सेवा सुविधा रोक्का हुने रणनीति समेत अगाडी सारिएको जानकारी कार्यक्रममा दिइएको थियो ।
जिल्ला अदालत महोत्तरीका मुख्य न्यायधिश प्रकाश खरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष ईश्वरी पौडेल, प्रेस स्वतन्त्रता सेनानी कुँवरकान्त झा, रबीन्द्र उप्रेती, पत्रकार राकेश चौधरी, मानवअधिकारकर्मी श्यामसुन्दरप्रसाद साह, रामछविला यादव, गैरसरकारी संस्थाक रंजित चौधरी, नईम अन्सारी, जितेन्द्र पासमान लगायतका वक्ताहरुले अदालतको यो पुनित कार्यको प्रशंसा गर्नुहुदै आफुहरुको सहयोग निरन्तर रहने आश्वासन दिएका थिए ।
الاشتراك في:
الرسائل (Atom)