न्यायको लागि सदरमुकाम भौतारिदैं खातुन ।
महोत्तरी समाचारदाता
जलेश्वर, फागुन २१ गते । संगै मर्ने, संर्गे बाँच्ने कसम खाएर विवाह गरेका पतिले घर निकाला गरे पछि अहिले महोत्तरी लक्ष्मीनीयाकी एक महिला न्यायको लागि भौतारिदै सदरमुकाम आई पुगेकी छिन् । दुई जना नावालक छोरा सहित घर निकाला गरिएकी लक्ष्मीनिया– ३ वैरगीयाकी लाडली भन्ने रहमती खातुन अहिले न्यायका लागि सदरमुकाममा भौतारिन बाध्य भएकी हुन ।
आफनै श्रीमान्द्वारा घर निकाला गरिएपछि खातुन न्यायका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी दिन पुगेकी हुन ।
१२ वर्ष अघि श्रीमान् दुबैद शेष संग विवाह बन्धनमा बाधिएकी खातुनलाई उनको श्रीमानले अर्की स्वास्नी घर भित्रयाउँदै एक महिना अघि खानालाउन समेत नदिई घर निकाला गरेको थियो । श्रीमानले घर निकाला गरे पछि खातुन विगत एक महिना देखि भारत विहारको सितामढी स्थित माईतमा बास लिन पुगेकी छिन । आफुलाई सोध्दै नसोधि अर्की स्वास्नी किन घर भित्रयाए प्रश्न गर्दा आफुलाई जथानाम गालिगलौज गर्दै कुटपिट गरेर घर निकाला गरेको उनले भने ।
एक जना ७ वर्षिय र अर्का ३ वर्षिय छोरा सहित जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी दिन पुगेकी खातुनले आफुलाई न्याय दिलाई दिन सहयोग गर्न सबै संग आग्रह गरिन ।
श्रीमान दुवैद शेषले बालबच्चा सहित घर निकाला गरि खान लाउन समेत नदिएपछि उनी वेसाहारा भएकी छिन । “ दुई जना छोरा सहित आफुलाई कुटपिट गरि घर निकाला गरेपछि खानलाउन समेत धौधौ परेको छ ।”उनले भने आफु र आफना बालबच्चा बाच्नलाई खाना खान समेत समस्या परेको छ । श्रीमानको पहिले देखि नै आफु प्रति मनसाय ठिक नरहेकोले आफना छोराहरुलाई जन्मदर्ता समेत नगराइ दिएको उनले वताए । यसैबीच खातुनले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा खानलाउन र गाउँमा वस्न पाउँ भनेर दिएको उजुरीको आधारमा कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आदेश पठाएको प्रशासकिय अधिकृत नागेन्द्र चौधरीले बताउनु भयो ।