الثلاثاء، 29 مارس 2011

कार्यालयहरु बन्द, गोली प्रहारको जिम्मा दुई समुहले लिए




महोत्तरी समाचारदाता
जलेश्वर, चैत १५ गते । गाउँ विकास समिति महोत्तरीका एक सचिव माथि भएको गोली प्रहारको विरोधमा मंगलबार महोत्तरीका सम्पुर्ण सरकारी कार्यालयहरु बन्द गरिएको छ ।
बन्दका कारण टाढा टाढाबाट आएका सेवाग्राहीहरु रित्तै घर फर्किन वाध्य भएका थिए ।
अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समुहले गाविस सचिव हकहित संरक्षण केन्द्र महोत्तरी तथा नेपाल मधेशी निजामती कर्मचारी मञ्च महोत्तरीका अध्यक्ष तथा बलवा गाविसका सचिव शिवराम पाण्डेयलाई सोमबार साँझ गोली हानी घाइते तुल्याएका थिए । सोही गोली प्रहारको विरोधमा कर्मचारी सम्बद्ध विभिन्न संगठन, संघ, युनियन, मञ्चको आब्हानमा कार्यालयहरु बन्द गरिएको हो । कर्मचारी सम्बद्ध नेपाल निजामती कर्मचारी संगठन, यूनियन, कर्मचारी मञ्च, गाउँ विकास कर्मचारी संघ नेपाल, स्थानीय निकाय कर्मचारी संघ लगायतका संगसंगठनहरुले विज्ञप्ति निकाली गरेको आब्हानका कारण कार्यालयहरु बन्द रहे । संगठनका जिल्ला अध्यक्ष मोहन भगत, यूनियनका अध्यक्ष जितेन्द्र प्रसाद सिंह, मञ्चका कावा अध्यक्ष जीबछ मिश्र, गाविस कर्मचारी संघका अजयकुमार शर्मा, गाविस सचिव हकहित संरक्षण केन्द्रका कोषाध्यक्ष चन्देश्वर प्रसाद सिंह, स्थानीय निकाय कर्मचारी संघका सचिव निलाम्बर शर्मा लगायतकाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दे यस्तो आब्हान गरेका थिए । विज्ञप्तिमा सुरक्षाको ग्यारेन्टी गर्न सरकारसंग माँग गर्दे दोषी अपराधिलाई तत्काल पक्राउ गरी कानुन वमोजिम सजाय समेत गर्न माँग गरिएको छ । कर्मचारी सम्बद्ध संघ, संगठन, युनियनहरुको आब्हानकोे कारण अत्यावश्यक सेवाहरु बाहेक सबै बन्द भएका थिए । कर्मचारीहरु कार्यालय आइसके पश्चात थाहा भएका कारण कार्यालय खुले पनि कर्मचारीहरुले काम नगरेपछि सेवाग्राहीहरु रित्तै हात फर्कन वाध्य भएका छन् ।
सोमबार साँझ सदरमुकाम जलेश्वरबाट काम सकेर साइकलबाट आफ्नो घर पिगौना गईरहेका बेला बाटोमा ढुकेर बसेका मोर्चाका दुई कार्यकर्ताले गोली प्रहार गरेका थिए । उनको पेटको बायाँ भागमा गोली लागेर निस्केको वताइएको छ । उनको उपचार जनकपुर अंचल अस्पतालमा सम्भव नभएपछि थप उपचारको लागि राजधानी लगिएको छ । उनको उपचार अहिले त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ । अवस्था खतरामुक्त रहेको नेपाल निजामती कर्मचारी यूनियनका अध्यक्ष जितेन्द्र प्रसाद सिंहले जानकारी दिनुभयो ।
व्लवा गाविसका सचिव पदको जिम्मेबारी सम्हालेका पिगौना २ निवासी पाण्डेयलाई गोईत निकट अखिल जनतान्त्रीक तराई मुक्ति मोर्चाका पोलिट व्युरो सदस्य पृथ्वीले कारवाही स्वरुप गोलि प्रहार गरेको सञ्चारकर्मीलाई टेलिफोन गरि सोमबार साँझ नै जिम्मा लिएका थिए । मोर्चाले सचिव पाण्डेयले जिम्मेवारी सम्हालेका गाविसहरुमा अनिमियतता गरेको आरोप लगाएको छ ।
यसैबीच जनतान्त्रिक तराई मधेश मुक्ति मोर्चाले समेत यसको जिम्मेबारी लिएको छ । अनियमितता गरेको आरोपमा महोत्तरी क्षेत्र नम्बर ३ का विकास त्यागीको नेतृत्वमा गएको टोलीले गोली हानेको धनुषा महोत्तरी इन्चार्ज जिवन त्यागीले संचारकर्मीलाई वताएको छ । यता अखिल जनतान्त्रिकका पोलिटव्युरो सदस्य पृथ्वीले मुक्ति सेनाको मोहम्मद अब्बास र मोहम्मद अलीको कमाण्डमा गएको टोलीले गोली हानेको वताएको छ ।

ليست هناك تعليقات:

إرسال تعليق