सचिवलाई गोली हानी घाइते बनाइयो




महोत्तरी समाचारदाता
जलेश्वर, चैत १४ गते । अखिल तराई जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समुहले गाविस सचिव हकहित संरक्षण केन्द्र महोत्तरीका अध्यक्ष तथा दुई गाविसका सचिव शिवराम पाण्डेयलाई गोली हानी घाइते तुल्याएका छन् ।
सोमबार साँझ सदरमुकाम जलेश्वरबाट साइकल चढी आफ्नो घर पिगौना गईरहेका बेला बाटोमा ढुकेर बसेका मोर्चाका दुई कार्यकर्ताले गोली प्रहार गरेका थिए । उनको पेटमा गोली लागेको छ । अहिले उनको अवस्था गम्भिर रहेको छ । उनलाई उपचारको लागि अंचल अस्पताल जनकपुर पठाइएको छ ।
पल्सर मोटरसाइकलमा आएका दुई जनाले उनलाई गोली प्रहारका गरेका थिए ।
वलवा, पिपरा गाविसका सचिव पदको जिम्मेबारी सम्हालेका पिगौना २ निवासी पाण्डेयलाई गोईत निकट अखिल जन्तान्त्रीक तराई मुक्ति मोर्चाका पोलिट व्युरो सदस्य पृथ्वीले कारवाही स्वरुप गोलि प्रहार गरेको सञ्चारकर्मीलाई टेलिफोन गरि जनाएको छ । उनले सचिव पाण्डेयले जिम्मेवारी सम्हालेका गाविसहरुमा अनिमियतता गरेको आरोप लगाएको छ ।
यसैबीच घटनालगतै जिल्ला प्रहरी कार्यालय महोत्तरी र सशस्त्र प्रहरी वल जलेश्वरबाट व्यापक रुपमा प्रहरी परिचालन गरि अपराधिलाई खोजवीन तिव्र पारिएको प्रहरीले जनाएको छ ।
यसैबीच मानवअधिकार संरक्षण केन्द्र महोत्तरी र मानवअधिकार जवाफदेहिता तथा निगरानी समितिले एक विज्ञप्ति जारी गर्दे घटनाको धोर निन्दा गरेको छ । संरक्षण केन्द्रका अध्यक्ष मदनकुमार झा तथा समितिका सहसंयोजक महेशकुमार दासले विज्ञप्ति जारी गर्दे घटनाको निन्दा गर्नुभएको हो ।