ज्वाला समुहका महोत्तरी धनुषा ईन्चार्जको ठाउँमा परिक्षामा सामेल नक्कली परिक्षार्थि पक्राउ ।
महोत्तरी समाचारदाता
जलेश्वर, चैत १४ गते । जनतान्तिक तराई मुक्ति मोर्चा ज्वाला समूहका महोत्तरी धनुषा इन्चार्ज जिवन त्यागिका ठाउँमा एस एलसी परिक्षा दिई रहेका एक जना नक्कली विधार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीको भ्रमरपुरा– ९ घर भएका जिवन त्यागी उपनामका ईन्द्रजीत यादवको ठाउँमा परिक्षा दिई रहेका सोनमा– २ का नागेन्द्र कुमार यादवलाई प्रहरीले जिल्लाको पिपरा परिक्षा केन्द्रवाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक संजय राज शर्माले बताए ।
त्यागीको प्रवेश पत्रमा टाँसिएको फोटो उप्काई नागेन्द्र यादवले आफनो फोटो टाँसी परिक्षा दिई रहेकै बखत उनलाई आइतबार नै पक्राउ गरिएको उपरीक्षक शर्माले बताए ।
शर्माका अनुसार शंका लागि जाचँवुझ गर्दा पक्राउ परेका यादव जनकपुर स्थित एक क्याम्पसमा विएड तेस्रो वर्षमा अध्ययनरत रहेको पाइएको छ ।
आइतबार प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको भन्दै नाम सार्वजनिक गरेको थिएन ।
त्यसैगरी चिट चोराउने कार्यमा लागेका अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको । पक्राउ पर्नेमा बलबा ६ घर भएका दिपक कुमार यादव रहेको छ । यस अघि आईतबार पनि प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।
चिट चोराउने, अनैतिक काम गर्ने तथा नक्कली परिक्षार्थी बनि परिक्षा दिई रहेको चार जनालाई विभिन्न परिक्षाकेन्द्रबाट पक्राउ गरेको हो ।
जलेश्वर स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयमा चिट चोराउदै तथा प्रश्नपत्रको फोटोकाँपी गरिरहेका जलेश्वर नगरपालिका—९ बस्ने रामवीर यादव तथा रधुनाथपुर घर भई हाल जलेश्वरमा बस्दै आएका शत्रुधन साहलाई प्रहरीले पक्राउ गरेको हो भने नक्कली परिक्षार्थी बनि परिक्षा दिदै गर्दा पक्राउ परेका दुई जनाको नाम प्रहरीले भने सार्वजनिक गरेको थिएन ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखि आवश्यक प्रक्रिया अघि बढाइएको उपरीक्षक शर्माले बताए ।
महोत्तरीमा १९ वटा परिक्षाकेन्द्रमा ५३ सय ५० जना परिक्षार्थि एसएलसीमा सहभागि भएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।
स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
الاشتراك في:
تعليقات الرسالة (Atom)
ليست هناك تعليقات:
إرسال تعليق