नागेन्द्रकुमार कर्णका केही मुक्तकहरु
१)
ढुङगाको काप फोरेर पिपल उमे्र झै, मेरो दिलमा उम्रयौं तिमी ।
चैत्रको पारिलो घामले तताए झै, मेरो दिललाई ततायौं तिमी ।।
कल्पना नै थिएन मलाई, इन्द्रेणी बन्छौ तिमी वर्षात पछिको ।
मरुभुमिको मृगतृष्णा झै, दिलको गहिराईमा छाएर गयौं तिमी ।। बरेल
२)
राजनीतिको मियो हल्लिएको बेला, सियो पाउनै गाह्रो भा’ छ ।
लुँछाछुँडी र खिचातानीको बेला, सहमती गर्ने गाह्रो भा’ छ ।।
के गर्नु कराएर हजुर, शान्ति भुमि यो बुद्धको देशमा
पैसा पद र पहुँच बिनाको माया पाउन पनि गाह्रो भा’ छ ।। बरेल
३)
चिन्नु भो भन्छौ, विर्सु म कसोरी ।
नठान मलाई तिमी बैगुनी सरी ।।
भन्थ्यौ भने रगत पनि दिन्थे ।
तर छोडेर गयौ नर्फकने गरी ।। बरेल
स्थानिय पत्रकार तथा साहित्यप्रेमी नागेन्द्रकुमार कर्ण “मैथिल संदेश साप्ताहिक” का सम्पादक एवं प्रकाशक हुनुहुन्छ। समाज, संस्कृतिको संरक्षण र जनचेतनामूलक लेखनमार्फत निरन्तर सक्रिय रहनुहुन्छ। प्रकाशक तथा सम्पादक कर्ण गाेरखापत्र दैनिककाे महाेत्तरी समाचारदाताकाे रुपमा पनि विगत डेढ दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ ।
ليست هناك تعليقات:
إرسال تعليق